Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

संसद्लाई प्रभावकारी र थप जिम्मेवार बनाउन सबैपक्ष एकजुट हुनुपर्छः सभामुख घिमिरे

खबरडबली संवाददाता

काठमाडौं । सभामुख देवराज घिमिरेले सङ्घीय संसद्लाई प्रभावकारी र थप जिम्मेवार बनाउन सबैपक्ष एकजुट भएर लाग्नुपर्ने खाँचो औँल्याएका छन् । 

सङ्घीय संसद् सेवा दिवसका अवसरमा संसद् सचिवालयले आज सिंहदरबारमा आयोजना गरेको ‘सङ्घीय संसद्को प्रभावकारितामा संसद् सेवाको भूमिका’ विषयक अन्तरक्रियामा सभामुख घिमिरेले संसद्लाई प्रभावकारी बनाउन सामूहिक प्रयत्न जरुरी रहेको भन्दै आपसी सहकार्य र समन्वयबाट कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए । उनले समयसापेक्ष संसदीय सेवालाई प्रभावकारी पार्ने र संसद्को महत्वलाई बढाउन नयाँ ढङ्गले कानुनी व्यवस्था गरेर जानुपर्नेमा बताए । 

“सङ्घीय संसद्लाई प्रभावकारी हामी सबैले आआफ्नो भूमिकालाई प्रभावकारी बनाउँदै एकता र समन्वयबाट अघि बढ्नुपर्छ”, सभामुख घिमिरेले भने, “कानुन निर्माण र संसद् सचिवालयले आवश्यक सहजीकरण गरेर यसको गरिमा र महत्वलाई प्रभावकारी बनाउँदै जानुपर्छ ।” सङ्घीय संसद्लाई कसरी प्रभावकारी बनाउन सकिन्छ, यसबारे मार्गनिर्देश गर्न सकेका अवस्थामा दवसको सान्दर्भिकता अझ बढ्ने उनको भनाइ छ । 

सभामुख घिमिरेले संसद् सचिवालयले दिने सेवासुविधाका आधारमा संसद्लाई प्रभावकारी बनाउन सकिने भन्दै यसमा सरोकार भएका सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए । “छुट्टै सेवाको आवश्यकता परेकाले ऐनको व्यवस्था भएर सोही अनुरूप संसद् सञ्चालन भइरहेको छ । अठार वर्षको सेवाको समीक्षा गरौँ, तुलनात्मक रूपमा प्रगति भएको पाउने छौँ”, उनले भने, “संसदीय अभ्यास र हामीले गरेका उपलब्धि अरु मुलुकको तुलनामा भन्दा पनि नेपालको विगतको तुलनामा हेरिनुपर्छ ।”

सभामुख घिमिरेले राज्यका प्रमुख तीन शक्तिहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको समन्वय, आपसी सहकार्य र सम्बन्धलाई प्रभावकारी बनाएर लैजानुपर्ने आवश्यकता औँल्याए । “कार्यपालिका र व्यवस्थापिकाबीचमा प्रभावकारी समन्वय जरुरी छ”, उनले भने, “कार्यपालिकाले व्यवस्थापिकालाई छल्न खोज्ने, व्यवस्थापिकाले कार्यपालिका विरुद्ध जानखोज्ने प्रवृत्तिले संसद्को काम कारबाही र संसदीय सेवालाई प्रभावकारी बनाउन सक्दैन, त्यसैले यो विषयलाई बहस र छलफल गरेर टुङ्ग्याइनुपर्छ ।” सभामुख घिमिरेले सङ्घीय संसद्को कार्यक्षेत्रलाई प्रदेशस्तरमा विस्तार गर्न पनि बहस पैरवी जरुरी रहेको उल्लेख गरे । 

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीय संसद्लाई प्रभावकारी बनाउन सबैको सामूहिक प्रयत्न आवश्यक पर्ने बताए । उनले भने, “संसद्को प्रभावकारिता संसद्ले गरेका निर्णयका आधारमा भरपर्छन् । निर्णयलाई व्यवहारिक कार्यान्वयनमा लैजान सकेमात्रै संसद्को प्रभावकारिता बढ्छ र यो कार्य सामूहिक प्रयत्नबाट सम्भव छ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending