झापा । गृह जिल्लामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज पनि दिनभर व्यस्त हुने भएका छन्।
प्रधानमन्त्री ओलीले आज खानेपानी आयोजना उद्घाटनदेखि बृहत् पार्टी कार्यकर्ता भेलाको सम्बोधन लगायत कार्यक्रम रहेको एमाले झापाका नेता एवं कोशी प्रदेश सभा सदस्य होम बहादुर थापाले जानकारी दिए।
ओलीले आज बिहान १० बजे प्रधानमन्त्री ओलीले दमक–२ स्थित बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन गर्नेछन्। मध्यान्ह १२ बजे गौरादह नगरपालिका अन्तर्गत महारानी झोडा (स्कुलचौन) जग्गाधनिपुर्जा वितरण कार्यक्रममा उनी सहभागी हुने कार्यक्रम रहेको छ।
दिउँसो साढे १ बजे प्रधानमन्त्री ओलीले गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गर्नेछन्। दिउँसो ३ बजे उनले बिर्तामोडस्थित सिटी सेन्टरमा एमाले झापा जिल्ला कमिटीको बृहत् पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्नेकार्यसूची रहेको ओलीको सचिवालयले जनाएको छ।
हिजो बिहान झापा पुग्नुभएका प्रधानमन्त्री ओलीले जिल्ला पुग्नासाथ मानवसेवा आश्रम जिल्ला शाखा झापाको भवन उद्घाटन तथा मानवीय स्मारकको शिलान्यास गरे।
त्यसपछि हिजो दिउँसो शहरी विकास मन्त्रालयले दमक नगरपालिका–३ मा आयोजना गरेको दमक बिजनेज टावर उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले सो टावरको उद्घाटन गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - ०९:१५
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची सार्वजनिक भएको छ। ...
पौष १७ गते, २०८२ - ०९:०१
सुर्खेत । जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस १३ गत...
पौष १७ गते, २०८२ - ०८:१४
काठमाडौँ । विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवम् टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो प...
पौष १७ गते, २०८२ - ०८:१०
काठमाडौँ । वैकल्पिक राजनीतिका प्रमुख तीन समूह रास्वपा, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीबीच एकता भएपछि पुराना दुई दल क...
पौष १७ गते, २०८२ - ०८:०५
काठमाडौँ । जाडोबाट जोगिन नागरिक दाउरा वा घुर बालेर आगो ताप्ने बढेका छन् । विशेषगरी बाक्लो हुस्सु, कुहिरो र शीतलहरले तराईको जनजीवन प्रभावित पारिरहेका ब...
पौष १७ गते, २०८२ - ०८:०१
काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...
पौष १७ गते, २०८२ - ०७:५५
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रत...
पौष १७ गते, २०८२ - ०७:५२
सिरहा । दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही सङ्घर्ष र सङ्कल्पका कारण सिरहाका सत्यनारायण साफीले प्रमाणित गरिदिएका छन्–...
पौष १७ गते, २०८२ - ०७:४९
बागलुङ । घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा भुनभुनाइरहने मौरीसँगै लोकबहादुरको दिनको सुरुआत हुन्छ र मौरीकै रेखदेखमा दिन बित्छ । बागलुङक...
पौष १७ गते, २०८२ - ०७:४५
भक्तपुर । आज अङ्ग्रेजी नयाँ वर्ष–२०२६ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाख...




प्रतिकृया लेख्नुहोस्: