बैतडी। गाउँमा यति छिटै बिजुली आउला र उज्यालोमा बसौँला भन्ने कल्पनासमेत नगरेका ७२ वर्षीय कल्याण टमटा गाउँमा बिजुली बलेपछि दङ्ग परेको छन् । नेपाल विद्युत् प्राधिकरणले दार्चुलाको मार्मा गाउँपालिकामा १२ करोड ७८ लाख रुपियाँ खर्च गरेर ३३ केभी विद्युत्को सबस्टेसन निर्माण गरेपछि टमटासहित यहाँका दुई पालिकाका २५ हजार बासिन्दा विद्युत्को पहुँचमा जोडिएका छन् ।
मार्मा गाउँपालिका–२, पारिबगर–लटैनाथ सबस्टेसन निर्माणको काम पूरा भएपछि आइतबार प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख जङ्गबहादुर चन्द र मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले संयुक्त रूपमा उद्घाटन गरे।
उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष धामीले सबस्टेसनबाट मार्मा गाउँपालिका, अपिहिमाल गाउँपालिका र शैल्यशिखर नगरपालिका–१ का २५ हजार बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित भएको बताए।
स्थानीय तहको पुनर्संरचना हुनुअघि मार्माली जनता झरो र टुकी बाल्दै आएको अध्यक्ष धामीले स्मरण गरे। उनले स्थानीय सरकारले अघि सारेको विद्युत्को मागलाई विद्युत् प्राधिकरणले महत्व दिएर बजेट विनियोजित गर्दा झरो बाल्ने गाउँमा बिजुली पुगेको बताए ।
शैल्यशिखर नगरपालिका–१, बलाँचमा रहेको चमेलिया जलविद्युत्बाट २० किलोमिटर टाढा मार्मा गाउँपालिका–१, पारिबगरसम्म लाइन तानेर ३३ केभी सबस्टेसन निर्माण गरिएको छ । योजनाका लागि २० करोड रुपियाँको लागत अनुमान भए पनि १२ करोड ७८ लाख मात्रै खर्च भएको विद्युत् प्राधिकरण सुदुरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जङ्गबहादुर चन्दले बताए।
ठेक्कामार्फत समयमै सबस्टेसन निर्माण भएपछि मार्मा गाउँपालिकाका १४ हजार ९५६ जनसङ्ख्या, अपिहिमाल गाउँपालिकाका छ हजार ७९८ र शैल्यशिखर नगरपालिका–१ का चार हजार जनसङ्ख्या गरेर २५ हजारभन्दा बढी जनसङ्ख्या लाभान्वित भएको विद्युत् वितरण केन्द्र दार्चुलाका कार्यालय प्रमुख इन्जिनियर आनन्द सापकोटाले बताए।
सबस्टेसन निर्माणपछि गाउँ गाउँमा विद्युत् विस्तार हुँदा स्थानीय खुसी भएको सामाजिक अगुवा नरबहादुर विष्टले बताए। चमेलिया नदीसँग जोडिएको दार्चुलाको मार्मा गाउँपालिकापछि प्राधिकरणले बैतडीको डिलासैनी गाउँपालिकामा पनि पूर्ण विद्युतीकरणको काम अगाडि बढाएको बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए ।
दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीबाट हालसम्म सरकारको स्वामित्वमा रहेको बलाँचबाट ३० मेगावाट र निजी क्षेत्रको स्वामित्वमा ६५ मेगावाट गरी हाल ९५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।
बैतडी र दार्चुलालाई दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने उद्देश्यले बैतडीको मेलौली नगरपालिका, दोगाडाकेदार गाउँपालिका, सिगास गाउँपालिका र पाटन नगरपालिकामा ३३ केभी सबस्टेसन निर्माणको काम भइरहेको छ ।
दार्चुलाको मार्मा सबस्टेसनको काम १८ महिनामा सम्पन्न हुँदा बैतडीमा भने तीन वर्षसम्म पनि निर्माणको काम पूरा नहुँदा मेलौली नगरपालिकाका स्थानीयले बिजुली उपभोग गर्न नपाएकाले सबस्टेसनका लागि जग्गा दिन पूर्वनगरप्रमुख एवं स्थानीयवासी कृष्णसिंह नायकले गुनासो गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २८ गते, २०८३ - १७:५९
काठमाडौँ । सरकारले शिक्षा क्षेत्रलाई सुधार र समृद्धिको आधारका रूपमा स्थापित गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम प्रस्तुत ...
बैशाख २८ गते, २०८३ - १७:४२
काठमाडौँ। सरकारले सबै तहका पाठ्यक्रम र मूल्याङ्कन प्रणालीको पुनरावलोकन गर्ने भएको छ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै रा...
बैशाख २८ गते, २०८३ - १७:३६
काठमाडौँ। सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त गरिने जनाएको छ । सोमबार सङ्घीय संसद्को स...
बैशाख २८ गते, २०८३ - १७:२६
काठमाडौँ। सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्ष (२०८३–८४)को नीति तथा ...
बैशाख २८ गते, २०८३ - १७:१६
काठमाडौँ । सरकारले नेपाललाई परम्परागत श्रम–आधारित अर्थतन्त्रबाट डिजिटल, सेवा र प्रविधिमुखी अर्थतन्त्रतर्फ रूपान्तरण गर्ने घोषणा गरेको छ । आगामी आर्...
बैशाख २८ गते, २०८३ - १७:०२
काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षभित्र नेपालको संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ । सङ्घीय संसद...
बैशाख २८ गते, २०८३ - १६:५६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको न...
बैशाख २८ गते, २०८३ - १६:४६
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थामा सर्वसाधारणले जम्मा गरेको बचत फिर्ता गर्न एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गर्ने घोषणा गरेको छ। र...
बैशाख २८ गते, २०८३ - १६:३६
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक आज साँझ सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा बोर्ड स्रोतका...
बैशाख २८ गते, २०८३ - १६:०६
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेको छन् । सोमबार अपराह्न ४ बजे सुरु भएको संसद्को संयुक्त...


प्रतिकृया लेख्नुहोस्: