बैतडी। गाउँमा यति छिटै बिजुली आउला र उज्यालोमा बसौँला भन्ने कल्पनासमेत नगरेका ७२ वर्षीय कल्याण टमटा गाउँमा बिजुली बलेपछि दङ्ग परेको छन् । नेपाल विद्युत् प्राधिकरणले दार्चुलाको मार्मा गाउँपालिकामा १२ करोड ७८ लाख रुपियाँ खर्च गरेर ३३ केभी विद्युत्को सबस्टेसन निर्माण गरेपछि टमटासहित यहाँका दुई पालिकाका २५ हजार बासिन्दा विद्युत्को पहुँचमा जोडिएका छन् ।
मार्मा गाउँपालिका–२, पारिबगर–लटैनाथ सबस्टेसन निर्माणको काम पूरा भएपछि आइतबार प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख जङ्गबहादुर चन्द र मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले संयुक्त रूपमा उद्घाटन गरे।
उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष धामीले सबस्टेसनबाट मार्मा गाउँपालिका, अपिहिमाल गाउँपालिका र शैल्यशिखर नगरपालिका–१ का २५ हजार बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित भएको बताए।
स्थानीय तहको पुनर्संरचना हुनुअघि मार्माली जनता झरो र टुकी बाल्दै आएको अध्यक्ष धामीले स्मरण गरे। उनले स्थानीय सरकारले अघि सारेको विद्युत्को मागलाई विद्युत् प्राधिकरणले महत्व दिएर बजेट विनियोजित गर्दा झरो बाल्ने गाउँमा बिजुली पुगेको बताए ।
शैल्यशिखर नगरपालिका–१, बलाँचमा रहेको चमेलिया जलविद्युत्बाट २० किलोमिटर टाढा मार्मा गाउँपालिका–१, पारिबगरसम्म लाइन तानेर ३३ केभी सबस्टेसन निर्माण गरिएको छ । योजनाका लागि २० करोड रुपियाँको लागत अनुमान भए पनि १२ करोड ७८ लाख मात्रै खर्च भएको विद्युत् प्राधिकरण सुदुरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जङ्गबहादुर चन्दले बताए।
ठेक्कामार्फत समयमै सबस्टेसन निर्माण भएपछि मार्मा गाउँपालिकाका १४ हजार ९५६ जनसङ्ख्या, अपिहिमाल गाउँपालिकाका छ हजार ७९८ र शैल्यशिखर नगरपालिका–१ का चार हजार जनसङ्ख्या गरेर २५ हजारभन्दा बढी जनसङ्ख्या लाभान्वित भएको विद्युत् वितरण केन्द्र दार्चुलाका कार्यालय प्रमुख इन्जिनियर आनन्द सापकोटाले बताए।
सबस्टेसन निर्माणपछि गाउँ गाउँमा विद्युत् विस्तार हुँदा स्थानीय खुसी भएको सामाजिक अगुवा नरबहादुर विष्टले बताए। चमेलिया नदीसँग जोडिएको दार्चुलाको मार्मा गाउँपालिकापछि प्राधिकरणले बैतडीको डिलासैनी गाउँपालिकामा पनि पूर्ण विद्युतीकरणको काम अगाडि बढाएको बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताए ।
दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीबाट हालसम्म सरकारको स्वामित्वमा रहेको बलाँचबाट ३० मेगावाट र निजी क्षेत्रको स्वामित्वमा ६५ मेगावाट गरी हाल ९५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।
बैतडी र दार्चुलालाई दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने उद्देश्यले बैतडीको मेलौली नगरपालिका, दोगाडाकेदार गाउँपालिका, सिगास गाउँपालिका र पाटन नगरपालिकामा ३३ केभी सबस्टेसन निर्माणको काम भइरहेको छ ।
दार्चुलाको मार्मा सबस्टेसनको काम १८ महिनामा सम्पन्न हुँदा बैतडीमा भने तीन वर्षसम्म पनि निर्माणको काम पूरा नहुँदा मेलौली नगरपालिकाका स्थानीयले बिजुली उपभोग गर्न नपाएकाले सबस्टेसनका लागि जग्गा दिन पूर्वनगरप्रमुख एवं स्थानीयवासी कृष्णसिंह नायकले गुनासो गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - १४:३६
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म मन्त्री पदबाट राजीनामा दिने वा नदिने विषयमा निर्णय गर्ने बताएका छन्।...
पौष ९ गते, २०८२ - १४:२४
काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्व...
पौष ९ गते, २०८२ - १४:१४
अङ्कारा । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । ल...
पौष ९ गते, २०८२ - १४:०१
काठमाडौं । विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै दायर पुरक रिटमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन्...
पौष ९ गते, २०८२ - १३:५२
काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट फरार भई ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन्। फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्रा...
पौष ९ गते, २०८२ - १३:०५
इनरुवा। बङ्गलादेशमा हिन्दु धर्म मान्ने दिपुचन्द्र दासमाथि कुटपिट गरी हत्या गरिएको र मृत्युपछि समेत अमानवीय व्यवहार गरेको घटनाको विरोधमा सुनसरीको इनरुव...
पौष ९ गते, २०८२ - १२:४८
काठमाडौ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नका साथै निर्वाच...
पौष ९ गते, २०८२ - १२:४१
काठमडौँ। जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते हुनु भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य सुधारोन्...
पौष ९ गते, २०८२ - १२:२९
महोत्तरी। अत्यधिक चिसो र शीतलहरका कारण महोत्तरीसहित सम्पूर्ण तराई–मधेश क्षेत्रको जनजीवन प्रभावित बनेको छ। पछिल्ला केही दिनयता तापक्रम तल झरेपछि बालबाल...
पौष ९ गते, २०८२ - १२:१२
कालीकोट। जमुना हिल्सा जोड्ने कर्णाली करिडोरमा सवारी दुर्घटना हुँदा छ जना घाइते भएका छन् । कालीकोटको पलाताबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०...




प्रतिकृया लेख्नुहोस्: