दमक। चार वर्षअघि शिलान्यास भएर भौतिक प्रगती शून्य अवस्थामा रहेको चीन–नेपाल मैत्री औद्योगिक पार्क निर्माण प्रकिया अब अघि बढ्ने ढोका खुला भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन अवस्थामा प्रधानमन्त्री नै रहँदा २०७७ फागुन १६ गते शिलान्यास गर्नु भएको पार्कको काम अघि बढ्न सकेको थिएन ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा पार्क निर्माण प्रक्रिया चाँडै अघि बढाउने समझदारी भएपछि भौतिक निर्माणको कामले गति लिने स्थानीयको अपेक्षा छ । चीनको औपचारिक भ्रमणमा रहका प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लीको उपस्थितिमा नेपाल र चीनबीच मंगलबार विभिन्न समझदारी पत्रमा हस्ताक्षर हुने क्रममा यो पार्क पनि समावेश भएको छ ।
पार्कको परियोजना विकास सम्झौता (पीडीए) हुन बाँकी छ । जतिसक्दो चाँडो पीडीएमा हस्ताक्षर गरेर चाँडो पार्कको निर्माण र सञ्चालन गर्ने दुई देशले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । लगानी बोर्ड नेपाल र ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजिकल डेभलपमेन्ट जोन इन्भेस्टमेन्ट डेभलपमेन्ट कम्पनीले पार्कलाई तिव्रता दिने र जतिसक्दो चाँडो पीडीए सम्झौतामा हस्ताक्षर गर्दै निर्माण सुरु गर्ने सहमति यसअघि पनि भएको थियो ।
२०८० भदौ ८ गते बसेको लगानी बोर्डको ५५औं बैठकले चीन–नेपाल मैत्री औद्योगिक पार्कको परियोजना विकास सम्झौता(पीडीए) को अन्तिम मस्यौदा तयार गर्न बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको संयोजकत्वमा वार्ता समिति गठन गरेको भएपनि पीडीएको काम अघि बढ्न नसकेको जनाइएको छ ।
पार्कका अध्यक्ष गोविन्द थापाका अनुसार ओली आफैले शिलन्यास गरेको योजना र अहिले स्वयं उनी नै प्रधानमन्त्री रहेकाले पनि अब पीडीएको काम चाँडो भएर काम अघि बढ्ने अवस्था छ । यसभन्दा अघि प्रधानमन्त्री ओलीको सरकार ढलेपछि पार्क निर्माणको काम अघि बढ्न नसकेको बताइने गरेको छ ।
थापाका अनुसार लगानी बोर्डको २०७६ साउन १७ गते बसेको बैठकले चीनको लगानीमा औद्योगिक पार्क निर्माण गर्ने निर्णय गरिसकेको छ । नेपालकै सबैभन्दा ठुलो दक्षिण एसियाकै नमुना हुने भनिएको पार्क निर्माणले १ लाखभन्दा बढिले रोजगारी पाउनेछन् । यो नेपालका लागि एउटा गर्वको परियोजना हुनेछ, थापाले भने।
चीनको महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत निर्माण हुने औद्योगिक पार्कको निर्माण र सञ्चालनको जिम्मा चिनियाँ कम्पनी ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीले पाएको थियो । पहिलो चरणमा कम्तिमा पनि १०० वटा उद्योग स्थापना गर्न ६४ अर्ब लगानी स्वीकृत पनि भइसकेको बताईएको छ ।
झापाको दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकाको संगमस्थलमा रतुवा र मावा खोलाको उकाश जमिन सहित गरेर २२ सय बिघा जग्गामा निर्माण हुने पार्कको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार भइसकेपनि काम अघि नबढ्दा स्थानीयहरुले चुनावी नारामात्र भएको भन्न थालिसकेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २४ गते, २०८२ - १०:२८
काठमाडौं । ओखलढुंगा जिल्ला मा विश्वराज पोखरेल ५ मतको झिनो अन्तरले विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार पोखरेलले कुमार लुईटेल लाई ५ ...
फाल्गुन २४ गते, २०८२ - १०:२०
बैतडी । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बैतडी जिल्ला मा हरिमोहन भण्डारी विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार भण्डारीले २२ हजार १३४ मत...
फाल्गुन २३ गते, २०८२ - १८:४०
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो निर्वाचन प्रम...
फाल्गुन २३ गते, २०८२ - १८:२४
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार शाहले ...
फाल्गुन २३ गते, २०८२ - १७:४४
विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की प्रतिनिधिसभा सदस्यमा निर्वा...
फाल्गुन २३ गते, २०८२ - १७:३४
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनको सफलताका लागि नेपाली जनता र सरकारलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल ...
फाल्गुन २३ गते, २०८२ - १७:२७
काठमाडौं । सर्वाधिक चासोको क्षेत्र मानिएको झापा–५ को मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ ...
फाल्गुन २३ गते, २०८२ - १७:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर क्षेत्र नं. ३ की उम्मेदवार तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। निर्वाचन परिणामअन...
फाल्गुन २३ गते, २०८२ - १७:०५
काठमाडौं। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धनेन्द्र कार्की विजयी ...
फाल्गुन २३ गते, २०८२ - १६:२५
गोरखा । लमजुङ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार धर्मराज केसी विजयी भएका छन्। उनले नेकपा एमाले का उम्मे...



प्रतिकृया लेख्नुहोस्: