Ntc summer Offer
Khabar Dabali २ माघ २०८१ बुधबार | 15th January, 2025 Wed
Investment bank

चीन-नेपालमैत्री औद्योगिक पार्क निर्माण प्रकिया अघि बढाउन 'पीडीए'सम्झौता

खबरडबली संवाददाता

दमक। चार वर्षअघि शिलान्यास भएर भौतिक प्रगती शून्य अवस्थामा रहेको चीन–नेपाल मैत्री औद्योगिक पार्क निर्माण प्रकिया अब अघि बढ्ने ढोका खुला भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन अवस्थामा प्रधानमन्त्री नै रहँदा २०७७ फागुन १६ गते शिलान्यास गर्नु भएको पार्कको काम अघि बढ्न सकेको थिएन ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा पार्क निर्माण प्रक्रिया चाँडै अघि बढाउने समझदारी भएपछि भौतिक निर्माणको कामले गति लिने स्थानीयको अपेक्षा छ । चीनको औपचारिक भ्रमणमा रहका प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी लीको उपस्थितिमा नेपाल र चीनबीच मंगलबार विभिन्न समझदारी पत्रमा हस्ताक्षर हुने क्रममा यो पार्क पनि समावेश भएको छ ।

पार्कको परियोजना विकास सम्झौता (पीडीए) हुन बाँकी छ । जतिसक्दो चाँडो पीडीएमा हस्ताक्षर गरेर चाँडो पार्कको निर्माण र सञ्चालन गर्ने दुई देशले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । लगानी बोर्ड नेपाल र ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजिकल डेभलपमेन्ट जोन इन्भेस्टमेन्ट डेभलपमेन्ट कम्पनीले पार्कलाई तिव्रता दिने र जतिसक्दो चाँडो पीडीए सम्झौतामा हस्ताक्षर गर्दै निर्माण सुरु गर्ने सहमति यसअघि पनि भएको थियो ।

२०८० भदौ ८ गते बसेको लगानी बोर्डको ५५औं बैठकले चीन–नेपाल मैत्री औद्योगिक पार्कको परियोजना विकास सम्झौता(पीडीए) को अन्तिम मस्यौदा तयार गर्न बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको संयोजकत्वमा वार्ता समिति गठन गरेको भएपनि पीडीएको काम अघि बढ्न नसकेको जनाइएको छ ।

पार्कका अध्यक्ष गोविन्द थापाका अनुसार ओली आफैले शिलन्यास गरेको योजना र अहिले स्वयं उनी नै प्रधानमन्त्री रहेकाले पनि अब पीडीएको काम चाँडो भएर काम अघि बढ्ने अवस्था छ । यसभन्दा अघि प्रधानमन्त्री ओलीको सरकार ढलेपछि पार्क निर्माणको काम अघि बढ्न नसकेको बताइने गरेको छ ।

थापाका अनुसार लगानी बोर्डको २०७६ साउन १७ गते बसेको बैठकले चीनको लगानीमा औद्योगिक पार्क निर्माण गर्ने निर्णय गरिसकेको छ । नेपालकै सबैभन्दा ठुलो दक्षिण एसियाकै नमुना हुने भनिएको पार्क निर्माणले १ लाखभन्दा बढिले रोजगारी पाउनेछन् । यो नेपालका लागि एउटा गर्वको परियोजना हुनेछ, थापाले भने।

चीनको महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत निर्माण हुने औद्योगिक पार्कको निर्माण र सञ्चालनको जिम्मा चिनियाँ कम्पनी ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीले पाएको थियो । पहिलो चरणमा कम्तिमा पनि १०० वटा उद्योग स्थापना गर्न ६४ अर्ब लगानी स्वीकृत पनि भइसकेको बताईएको छ ।

झापाको दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकाको संगमस्थलमा रतुवा र मावा खोलाको उकाश जमिन सहित गरेर २२ सय बिघा जग्गामा निर्माण हुने पार्कको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार भइसकेपनि काम अघि नबढ्दा स्थानीयहरुले चुनावी नारामात्र भएको भन्न थालिसकेका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा चिसो बढेपछि जनजीवन प्रभावित

बाँके । पश्चिम तराईमा चिसो बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन कष्ट...

नेपाल बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं। नेपाल बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । यस बैंकको पुस २९ गते बसेको सञ्चालक समिति बैठकले गत गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरध...

अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’

तनहुँ । व्यास नगरपालिका–१० दुम्सीका पशुपालक किसानले  अनुदानको आशा नराखी कृषि उपज बिक्री गर्न मझौला खालको ट्रक किनेका छन् । आफूहरूले उत्पादन गरेको गाईभ...

‘गली ब्वाईको सिक्वेलमा रणवीर र आलिया नहुने, बिक्की र अनन्या पाण्डे देखिने

मुम्बइ। मानिसहरूलाई हिप हप संस्कृतिको परिचय गराउने फिल्म ‘गली ब्वाई’ सन् २०१९ मा रिलिज भएको थियो । जोया अख्तरले निर्देशन गरेको यो फिल्ममा रणवीर सिं...

सीवाइसी नेपाल लघुवित्तको स्थगित साधारण सभा अब माघ १२ गते बस्ने

काठमाडौं। सीवाइसी नेपाल लघुवित्तले माघ १२ गते साधारण सभा बोलाएको छ । यसअघि डाकिएको सभामा गणपुरक संख्या (कोरम) नपुगेपछि पुस २९ मा स्थगित गर्नुपरेको थिय...

अमेरिकी राष्ट्रपतिमा निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिन्थे !

वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प चार वर्षपछि पुनः निर्वाचित नभएको भए सन् २०२० को चुनावको नतिजा उल्ट्याउने कथित प्रयासका लागि द...

स्वास्थ्य बिमा ऐन संशोधनः अब हरेक तहमा सेवाप्रदायक संस्था रहने

काठमाडौं। स्वास्थ्य बिमा सेवाका लागि अब हरेक तहमा एउटा सेवाप्रदायक संस्था रहने भएका छन् । स्वास्थ्य बिमा ऐन २०७४ मा भएको संशोधनअनुसार अब स्वास्थ्य बिम...

प्रधानमन्त्री कप : एपिएफको सानदार जित

काठमाडौँ। प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफ क्लबले कर्णाली प्रदशेमाथि सानदार जित निकालेको छ । धनगढीस्...

इजरायल–हमास प्रारम्भिक आदान–प्रदानमा गाजाबाट ३३ बन्धक मुक्त हुने

जेरुसेलम । कतारमा भइरहेको गाजा युद्धविराम सम्झौताको पहिलो चरणमा ३३ इजरायली बन्धक रिहा हुने वार्तासँग सम्बन्धित स्रोतहरू र इजरायली मिडियाले मङ्गलबार बत...

पूर्वजले देखाएको बाटोमा लागौँः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजले गरेको खोज, अध्ययनको बाटोमा सबैलाई लाग्न प्रेरणा लिएर अघि बढ्नुपर्ने बताएको छन। प्रधानमन्त्री ओलील...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy