झापा । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ आयोजना हुने भएको छ ।
नेपालका घरेलु, साना, मझौला, ठूला उद्योगहरूका अतिरिक्त विदेशी बस्तु, पहाडी जिल्लाका खनिजजन्य, कृषिजन्य वस्तुहरूको प्रचार, प्रर्वद्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।
महोत्सव आगामी माघ ११ गतेदेदि २३ गतेसम्म आयोजना गरिने भएको छ । जसका लागि बिर्तामोड उद्योग वाणिज्य संघको आज बसेको बैठकले मूल समारोह समिति समेत गठन गरेको छ । संघका उद्योग उपाध्यक्ष विशाल थापा संयोजक रहेको मूल समारोह समिति गठन गरिएको हो ।
त्यस्तै अनुगमन समिति संयोजकमा संघकी जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराई चयन भएकी छन् ।
मूल समारोह समितिले महोत्सव स्थल चयन लगायतका अन्य काम गर्ने बताइएको छ ।
महोत्सवमा व्यापार सहित नेपाल सहित भारत, बंगलादेश, पाकिस्तानका प्रर्दशकहरुको समेत सहभागिता रहने छ । त्यस्तै स्थानीय , राष्ट्रिय तथा प्रदेशका चर्चित कलाकारको दैनिक प्रस्तुति, फेशन शो, विद्यालय तथा कलाकेन्द्रको विविध सांस्कृतिक कार्यक्रम रहने छ ।
बालउद्यान क्षेत्रमा विभिन्न शहसिक तथा मनोरञ्जनात्मक खेलहरू रहने छन । खानपान क्षेत्रमा भेज तथा ननभेज फुडकोर्टको स्टल राखिने, मिडिया सेन्टर, कन्फरेन्स हल, फ्रि वाईफाइ जोन, प्राथमिक उपचार, शौचालय, खानेपानी तथा पार्किङ, सुरक्षाको राम्रो व्यवस्थापन गरिने बताईएको छ ।
सुस्ताएका अर्थतन्त्रलाई केही हदसम्म भएपनि सुढिृण र चलायमान बनाउन यो महोत्सवले सघाउ पु¥याउने महासंघका महासचिव कुशल खतिवडाले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३ गते, २०८३ - ०८:५१
काठमाडौं । आज विश्वभर विश्व खडेरीविरुद्ध संघर्षको दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । प्रत्येक वर्ष जुन १७ तारिखका दिन मनाइने यो दिवस यस वर्ष “चरन...
आषाढ़ ३ गते, २०८३ - ०८:४५
काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप २०२६ को पहिलो खेलमै ह्याट्रिक गर्दै सनसनीपूर्ण प्रदर्शन गरेका छन् । अमेरिकाको कान्सास सिट...
आषाढ़ ३ गते, २०८३ - ०८:४१
कैलाली । कर्णाली नदीको दौलतपुरघाटमा कैलाली र बर्दियालाई जोड्ने झोलुङ्गे पुल सम्झौता समयभन्दा झन्डै दुई वर्षअघि नै निर्माण सम्पन्न भएको छ । दुई वर्षभित...
आषाढ़ ३ गते, २०८३ - ०८:३२
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडकअन्तर्गत दरवाङ...
आषाढ़ ३ गते, २०८३ - ०८:२६
काठमाडौं । नेपालको बहुप्रतीक्षित नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आयोजनाले सुरुङभित्रका अधिकांश निर्...
आषाढ़ ३ गते, २०८३ - ०८:१५
म्याग्दी । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–३ मा पर्ने डाडाँगाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण बस्तीका रूपमा परिचित छ। दुईतर्फ भिरालो पाखाले घेरिएक...
आषाढ़ ३ गते, २०८३ - ०८:११
कैलाली । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नतिजामा आधारित अनुदान तथा शिक्षक–विद्यार्थी प्रोत्साहन कार्यक्रम ...
आषाढ़ ३ गते, २०८३ - ०८:०९
काठमाडौं । चितवनबाट एक किशोरलाई अपहरण गरी काठमाडौं ल्याएर फिरौती माग्ने पाँच भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। अपहरणमा परेका १६ वर्षीय रिसब गु...
आषाढ़ ३ गते, २०८३ - ०८:०८
रूपन्देही/दाङ । सामाजिक सञ्जालमा खुकुरी देखाएर युवतीलाई धम्काउँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि दाङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। तुलसी...
आषाढ़ ३ गते, २०८३ - ०८:०१
सिरहा । धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथिको पुल निर्माण सुरु भएको करिब डेढ दशक बितिसक्दा पनि सम्पन्न हुन नसक्दा स्थानीयवासी निराश र आक्रोशित बनेका ...



प्रतिकृया लेख्नुहोस्: