Ntc summer Offer
Khabar Dabali १२ माघ २०८१ शनिबार | 25th January, 2025 Sat
Investment bank

सुदूरपश्चिमको विकास भए मात्रै देशको विकास हुन्छः चेम्बर निवर्तमान अध्यक्ष मल्ल

खबरडबली संवाददाता

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले सुदूरपश्चिमको समग्र विकास भएपछि मात्रै मुलुकले आर्थिक समृद्धि हासिल गर्ने बताएका छन् । सुदूरपश्चिम चेम्बर अफ कमर्सको नवनिर्वाचित कार्यसमितिलाई कैलालीमा बधाई तथा शुभकामना दिने क्रममा निवर्तमान अध्यक्ष मल्लले प्रदेशको कृषि, पर्यटन, जलविद्युत विकास मार्फत समृद्धिको मार्गचित्र कोर्नुपर्ने बताएका हुन् । 

मल्लले राजनीतिक दृष्टिकोणले सुदूरपश्चिम प्रदेश सधैँ केन्द्रमा रहेको र प्रदेशमा भएको प्राकृतिक श्रोत, कृषि, संस्कृति रहनसहनलाई प्रवर्द्धन गर्न व्यवसायीको पनि महत्त्वपूर्ण योगदान रहेको बताए । उनले प्रचुर सम्भावना भएर पनि सुदूरपश्चिम प्रदेशले विकासमा अपेक्षित फड्को मार्न नसकेको चर्चा गरे ।

सुदूरपश्चिम प्रदेशमा रहेको कृषि, पर्यटन, जलविद्युत क्षेत्रमा लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्नुपर्नेमा उनले जोड दिए । सुदूरपश्चिमका जिल्लाहरूबाट सामान्य मजदुरीका लागि समेत भारत जानुपर्ने बाध्यतालाई तत्काल हटाउने गरी औद्योगिक वातावरण बनाउनुपर्ने उनको धारणा छ ।

चेम्बरका उपाध्यक्ष सन्तोष पाण्डेले सुदूरपश्चिमको स्थानीय कृषि उपजहरूको बजारीकरण गर्नुपर्ने बताए । सुदूरपश्चिम प्रदेश अन्तर्गतका जिल्लाहरूमा उत्पादन हुने बस्तुहरुहरुको व्यावसायिक खेतीमार्फत उत्पादन वृद्धि गर्नुपर्ने र अन्य प्रदेशका मुख्य मुख्य सहरहरूमा बजारीकरण गर्नुपर्नेमा उपाध्यक्ष पाण्डेले जोड दिए । प्रदेशका विभिन्न क्षेत्रमा निजी क्षेत्रको लगानी आकर्षित गर्नका लागि चेम्बर अफ कमर्सले पनि सहजीकरण गर्ने उनको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुने सञ्चारमन्त्रीको दाबी

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङ सहकारी ठगीमा संलग्न भएका र आयोगले अभियोजन गरेका सबै जनालाई कारबाही हुन...

अखिल (क्रान्तिकारी) मा प्रचण्डको आश्वासन पाएकाहरु ‘हेडक्वार्टर’ को साथ रहेकोमा ढुक्क

अध्यक्ष र महासचिवका एक–एकजनाको उमेदवारी फिर्ता

देशका विभिन्न स्थानमा चार जनाको शव फेला

काठमाडौं । देशका विभिन्न स्थानमा चार जनाको शव फेला परेको छ। कास्कीको पोखरा महानगरपालिका-६ बसुन्धारा पार्क भित्र सोही महानगरपालिका-१५ ठुली मजुवा घर ...

पर्वत केन्द्रविन्दु भएर गयो भूकम्प

काठमाडौं । पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ। शुक्रबार साँझ ७ः०८ बजे पर्वतको क्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो। ३.८ म्याग्निच्युडको भूकम्प...

भरतमा भएको रेल दुर्घटनमा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी मुलुक भारतको महाराष्ट्र जलगाउँस्थित रेल्वेस्थान नजिक ...

प्रधानसेनापतिले गरे पाँचखालस्थित शान्ति तालिम केन्द्रको निरीक्षण

पाँचखाल । प्रधानसेनापति अशोकराज सिग्देलले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको आज निरीक्षण गरेका छन् । सो क्रममा उनले तालिम केन्द्रल...

राजेश पायल राई र शलोनी राईको ‘कलेजकी सुन्दरी’ गीत सार्वजनिक

काठमाडौ । लोकप्रिय गायक ‘राई इज किङ’ राजेश पायल राई र शलोनी राईको स्वरमा ‘कलेजकी सुन्दरी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । खगेन राई ‘खगेन...

प्रचण्डको अपिल: `हामी गल्ति सच्चाउँछौं, ०८४ बहुमत दिनुहोस्´

दाङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल गरेका छन् । तुलसीपुर नगरकमिटिले त...

सरकार परिवर्तन हुन्छ भन्ने हल्लाका पछि कोहीपनि नलाग्नुसः प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले  सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन भएको बताएका छन् । पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकी...

विद्यालयको गेट खस्दा एक विद्यार्थीको मृत्यु, एक घाइते

कैलाली । कैलालीको कैलारी गाउँपालिका– ९, गदरियास्थित जनता माविको गेट खस्दा एक विद्यार्थीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । सोही विद्यालयमा कक्...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy