काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले सुदूरपश्चिमको समग्र विकास भएपछि मात्रै मुलुकले आर्थिक समृद्धि हासिल गर्ने बताएका छन् । सुदूरपश्चिम चेम्बर अफ कमर्सको नवनिर्वाचित कार्यसमितिलाई कैलालीमा बधाई तथा शुभकामना दिने क्रममा निवर्तमान अध्यक्ष मल्लले प्रदेशको कृषि, पर्यटन, जलविद्युत विकास मार्फत समृद्धिको मार्गचित्र कोर्नुपर्ने बताएका हुन् ।
मल्लले राजनीतिक दृष्टिकोणले सुदूरपश्चिम प्रदेश सधैँ केन्द्रमा रहेको र प्रदेशमा भएको प्राकृतिक श्रोत, कृषि, संस्कृति रहनसहनलाई प्रवर्द्धन गर्न व्यवसायीको पनि महत्त्वपूर्ण योगदान रहेको बताए । उनले प्रचुर सम्भावना भएर पनि सुदूरपश्चिम प्रदेशले विकासमा अपेक्षित फड्को मार्न नसकेको चर्चा गरे ।
सुदूरपश्चिम प्रदेशमा रहेको कृषि, पर्यटन, जलविद्युत क्षेत्रमा लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्नुपर्नेमा उनले जोड दिए । सुदूरपश्चिमका जिल्लाहरूबाट सामान्य मजदुरीका लागि समेत भारत जानुपर्ने बाध्यतालाई तत्काल हटाउने गरी औद्योगिक वातावरण बनाउनुपर्ने उनको धारणा छ ।
चेम्बरका उपाध्यक्ष सन्तोष पाण्डेले सुदूरपश्चिमको स्थानीय कृषि उपजहरूको बजारीकरण गर्नुपर्ने बताए । सुदूरपश्चिम प्रदेश अन्तर्गतका जिल्लाहरूमा उत्पादन हुने बस्तुहरुहरुको व्यावसायिक खेतीमार्फत उत्पादन वृद्धि गर्नुपर्ने र अन्य प्रदेशका मुख्य मुख्य सहरहरूमा बजारीकरण गर्नुपर्नेमा उपाध्यक्ष पाण्डेले जोड दिए । प्रदेशका विभिन्न क्षेत्रमा निजी क्षेत्रको लगानी आकर्षित गर्नका लागि चेम्बर अफ कमर्सले पनि सहजीकरण गर्ने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १७ गते, २०८३ - ०८:४५
तेह्रथुम । अब छथर गाउँपालिका भित्र कक्षा ८ उत्तीर्ण नगरेसम्म नागरिकको भविष्य नै रोकिने भएको छ। शिक्षा सुधारका नाममा गाउँपालिकाले यस्तो कडा नीति अघि सा...
बैशाख १७ गते, २०८३ - ०८:३७
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिक...
बैशाख १५ गते, २०८३ - २२:१६
रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ...
बैशाख १५ गते, २०८३ - २२:१०
काठमाडौं । नेकपाले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस...
बैशाख १५ गते, २०८३ - २२:०७
काठमाडाैं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गर...
बैशाख १५ गते, २०८३ - २२:००
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख...
बैशाख १५ गते, २०८३ - २१:५५
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् । काठमाडौँ महा...
बैशाख १५ गते, २०८३ - २१:४६
झापा । झापामा अवैध रूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजि स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब साढे १२ बजेको समयमा झापा गाउँपालिका–१ सालमा...
बैशाख १५ गते, २०८३ - २१:०६
काठमाडौँ । काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँको सुकुमबासी बस्ती हटाएसँगै अन्य जिल्लामा पनि सुकुमबासीको विवरण संकलन गर्न थालिएको छ । सुकुमबासीक...
बैशाख १५ गते, २०८३ - २१:०१
काठमाडौं । पटक–पटक कानुनको फन्दामा परिरहेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ परेका छन्। प्रहरीले लामो आपराधिक पृष्ठभूमि भएका उनलाई नियन्त्रणमा ल...


प्रतिकृया लेख्नुहोस्: