विराटनगर। मापदण्डविपरीत सञ्चालन र अनधिकृत उत्खनन गरेको भन्दै मोरङको चिसाङ खोला किनारमा सञ्चालित दुईवटा क्रसर उद्योग १३ दिनदेखि बन्द गरिएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा उद्योग बन्द भएपछि पूर्व–पश्चिम राजमार्ग विस्तारको कामसमेत प्रभावित भएको छ ।
प्रशासनले लेटाङ नगरपालिकामा कालिका कन्स्ट्रक्सनले सञ्चालन गरेको क्रसर र बेलबारी नगरपालिकाअन्तर्गत पर्ने चिसाङ खोलामै अम्बिका गुरागाईंले सञ्चालन गरेको कान्तिपुर क्रसर उद्योग बन्द गराएको हो ।
कालिका कन्स्ट्रक्सनले सडक निर्माणका लागि आवश्यक ‘अस्फाल्ट’ ९गिटी र अलकत्राको मिश्रण० उत्पादन गर्दै आएको थियो । उक्त उद्योग कन्स्ट्रक्सनले निर्माण अवधिभर निर्माण सामग्री र अस्फाल्ट उत्पादन गर्न सम्झौता गरी करारमा लिएको बताइएको छ । उद्योग बन्द हुँदा दैनिक ५०० मिटर सडक कालोपत्र गर्ने काम ठप्प भएको उद्योगका प्रतिनिधि उज्ज्वल प्रसाईंले बताए । उनका अनुसार दैनिक ८०० घनमिटर अस्फाल्ट उत्पादन रोकिएको छ, जसको बजार मूल्य प्रतिघनमिटर करिब तीन हजार रुपियाँ पर्दछ ।
जिल्ला प्रशासन कार्यालयले दुवै उद्योगबाट बिल भर्पाइ र आर्थिक कारोबारका कागजात नियन्त्रणमा लिएको छ । विस्तृत वातावरणीय प्रभाव मूल्याङ्कनबिना नै उत्खनन गरेको र वास्तविक बिक्री मूल्यभन्दा आधा कम देखाएर बिल काट्ने गरेको सूचनाका आधारमा प्रशासनले छानबिन सुरु गरेको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले उद्योगका बारेमा धेरै उजुरी परेकाले कागजात नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए। प्रशासनले आर्थिक अनियमितता र मापदण्ड उल्लङ्घनको पाटो केलाउन राष्ट्रपति चुरे संरक्षण कार्यालय मोरङका प्रमुखको नेतृत्वमा सात सदस्यीय प्राविधिक छानबिन समितिसमेत गठन गरेको छ ।
प्रशासनले नियमविपरीतका उद्योगमाथि कडाइ गर्ने नियमित प्रक्रियाअन्तर्गत यो कदम चालेको जनाए पनि सडक विस्तारजस्तो राष्ट्रिय गौरवको आयोजनामा प्रयोग हुने कच्चा पदार्थ रोकिएपछि निर्माण पक्ष भने दबाबमा परेको छ । हाल राजमार्गको अन्य काम सुचारु रहे पनि कालोपत्र गर्ने मुख्य कार्य भने सामग्री अभावमा रोकिएको छ ।
यसैबीच, केही दिनअघि मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य यज्ञराज न्यौपानेले जथाभाबी खोला उत्खनन गरेको, मापदण्डविपरीत क्रसर सञ्चालन गरेको र स्थानीयलाई धुलो तथा धुवाँका कारण सास्ती दिएको गुनासो आएपछि सञ्चालकहरूलाई छलफलका लागि बोलाएको थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३ गते, २०८३ - १०:५५
चितवन। चितवनका दुई ठुला निजी शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द भएपछि त्यसको प्रत्यक्ष प्रभाव भरतपुरका सरकारी अस्पतालहरूमा परेको छ । बिराम...
आषाढ़ ३ गते, २०८३ - १०:४२
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीलाई तलब–भत्ता तथा अन्य दायित्वको रकम फिर्ता गर्न अन्तिम पटक १...
आषाढ़ ३ गते, २०८३ - १०:२५
बाजुरा। बाजुरामा जिपले बालकलाई ठोकेर फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला सल्यान बागचौर नगरपालिका वडा नं(७ बस्ने २४ वर्षीया गोपाल वली...
आषाढ़ ३ गते, २०८३ - १०:१६
दमक। झापाको गौरादहमा टिपरले किच्दा एक साइकल यात्रुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह नगरपालिका–१ स्थित नवदुर्गा पेट्रोल...
आषाढ़ २ गते, २०८३ - १८:१३
काठमाडौँ। १ असारदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले विनाअनुमति सडक खन्न नपाउने भएका छन्। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका ला...
आषाढ़ २ गते, २०८३ - १७:२४
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली तथा बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएको छिन्।...
आषाढ़ २ गते, २०८३ - १७:०५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेपाली कम्युनिष्ट पार्टीका) का मुख्य सचेतक युवराज दुलालले बजेटमा सांसदहरूले सिफारिस गरेका योजनाहरू स्पष्ट रूपमा न...
आषाढ़ २ गते, २०८३ - १६:४०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो एउटा भिडियोबारे स्पष्टीकरण दि...
आषाढ़ २ गते, २०८३ - १६:३३
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि सर्लाही जिल्ला अदालतको फैसला ...
आषाढ़ २ गते, २०८३ - १६:२६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरिएको छ। अब महाधिवेशन भरतपुरस्थित चितवन उद...



प्रतिकृया लेख्नुहोस्: