पर्सा । वीरगञ्जबाट डिजेल आयातमा घटेको छ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा डिजेलको आयात नौ दशमलव ४१ प्रतिशतले घटेको हो ।
डिजेल आयात घटेसँगै राजस्व पनि १५ दशमलव १६ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । आव २०८१/८२ को चार महिनामा रु २१ अर्ब ८४ करोड आठ लाख ७६ हजारको दुई लाख ४६ हजार सात सय १९ किलोलिटर डिजेलको आयात भएको थियो । गत आवको सोही अवधिमा भने रु ३० अर्ब १७ करोड ७६ लाख ४८ हजारको डिजेल आयात भएको थियो ।
प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पेट्रोलियम पदार्थ, सवारीसाधन र कच्चापदार्थको आयात घट्दा राजस्व सङ्कलनमा असर परेको बताए । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्याङ्करबाट नै पैठारी हुँदै आएको छ ।
नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले चालु आवको कात्तिक महिनासम्म निर्माण क्षेत्र ठप्प रहेकाले डिजेल आयात घटेको बताए । उनले भने, “सरकारले निर्माण क्षेत्रलाई चलायमान गराउन जरुरी छ । त्यसो नगरे पुँजीगत खर्च बढ्दैन।”
त्यसैगरी, चालु आवको चार महिनामा रु १२ अर्ब ४२ करोड ६१ लाख ३७ हजारको एक लाख ४२ हजार आठ सय ६५ किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको सोही अवधिमा रु १३ अर्ब १८ करोड ४९ लाख ९० हजारको एक लाख २९ हजार एक सय २६ किलोलिटर पेट्रोल आयात भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८१ - ११:५५
काठमाडौं । काठमाडाैंमा चोरी गरेकाे आरोपमा चितवनबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–२ बेलडाँडी घर भएका ५६ वर्षीय अरू...
मंसिर २७ गते, २०८१ - ११:५५
काठमाडौं । एनएमबि बैंकको सेवा अवरूद्ध हुने भएको छ । बैंकले प्रयोग गरिरहेको डाटा सेन्टर अपडेट सम्बन्धी काम गर्नका लागि शुक्रबार रातिबाट शनिबार बिहानसम्...
मंसिर २७ गते, २०८१ - ११:५४
जलेश्वर । महोत्तरीको मनरा शिसवा नगरपालिका ६ मा चिसो मौसममा खुला आकाश मुनि बिक्री गर्न किसानले ल्याएको धान । रासस...
मंसिर २७ गते, २०८१ - ११:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । चीन भ्रमणबाट फर्किएपछिको एक सातापछि प्रधानमन्त्री ओलीले पहिलो पटक मन्त्रि...
मंसिर २७ गते, २०८१ - ११:४८
'कम्बोडियामा बस्ने नेपालीले नै प्रमाणहरू छन् भनेपछि सार्वजनिक गरेको हुँ'
मंसिर २७ गते, २०८१ - ११:३५
सुुनसरी । सुनसीको धरान उपमहानगरमा सात राजनीतिक दलले पत्रकारलाई धाकधम्की दिन बन्द गर्न नगरप्र्रमुख हर्क साम्पाङलाई सचेत गराएका छन् । सात राजनीतिक दलल...
मंसिर २७ गते, २०८१ - ११:२२
काठमाडौं । सधैँ अरुका खबर लेख्ने पत्रकार अहिले आफैँ खबर बनेका छन् । नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश, जिल्लाशाखा र प्रतिष्ठान शाखाहरुको भोलि हुन...
मंसिर २७ गते, २०८१ - ११:०१
काठमाडौं । ललितपुरको फूलचोकीमा हराएका एक जना व्यक्तिको उद्धार गरिएको छ । यही मंगलबार गोदावरी नगरपालिका–३ फुलचोकी जङगलमा भोजपुर घर भई ललितपुर महानगर...
मंसिर २७ गते, २०८१ - १०:५६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज बिहीबार कास्की जिल्ला अदालत उपस्थित गराइएको छ । पछिल्लो पटक थप भ...
मंसिर २७ गते, २०८१ - १०:५२
काठमाडौं । नेपाली बजारमा गत मंगलबार र बुधबार तोलामा ४ हजार बढढेको सुनको मूल्य बिहीबार स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्र...
प्रतिकृया लेख्नुहोस्: