Ntc summer Offer
Khabar Dabali ५ माघ २०८१ शनिबार | 18th January, 2025 Sat
Investment bank

पत्रकारलाई धाकधम्की नदिन धरानका सात दलको आग्रह

खबरडबली संवाददाता

सुुनसरी   । सुनसीको धरान उपमहानगरमा सात राजनीतिक दलले पत्रकारलाई धाकधम्की दिन बन्द गर्न नगरप्र्रमुख हर्क साम्पाङलाई सचेत गराएका छन् । सात राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गरी मेयर साम्पाङका अभिव्यक्तिप्रति दुःख व्यक्त गरेका हुन्। 

उनीहरूले विज्ञप्ति मार्फत नगर प्रमुख राईलााई पत्रकारलाई नधम्‍क्याउन आग्रह गरेका छन् । पत्रकार गोपाल दाहाललाई धम्क्याएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनीहरूले भनेका छन्, ‘पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईलाई समेत जोड्दै महासंघका केन्द्रीय पार्षद् गोपाल दाहाललाई सामाजिक सञ्जाल मार्फत धम्क्याएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यस गम्भीर विषय उपर धरानका राजनीतिक दलहरू मूकदर्शक भएर बस्न र टुलुटुलु हेरिरहन सक्दैनन्।’

धरानका नेकपा (एमाले)का अध्यक्ष हर्कजंग एभेङ, नेपाली कांग्रेसका सभापति श्याम पोख्रेल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष मनोज भट्टराई, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष ताजुब लिम्बू, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष रेवतीरमण राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष अर्जुन खड्का र सलोराम संघीय लिम्बुवान मञ्चका अध्यक्ष मोहनप्रसाद तिगेलाले संयुक्त विज्ञप्ति जारी गरी पत्रकारलाई धम्क्याउने कार्य बन्द गर्न आग्रह गरेका हुन्।

उनीहरूले भनेका छन्, ‘स्थानीय प्रमुख जस्तो व्यक्तिले सञ्चार क्षेत्रप्रतिको अभिव्यक्ति, समर्थकहरू मार्फत गरिने धाकधम्कीपूर्ण व्यवहारहरू बन्द गर्दै नेपाल पत्रकार महासंघ, सुनसरीसँग समन्वय गर्दै स्थानीय सरकार र सञ्चारकर्मीसँग सुमधुर सम्बन्ध कायम गरी धरानको समग्र विकास र समृद्धिका लागि भएका सामूहिक प्रयासहरूको सन्देह प्रवाह गर्न र गराउन हामी हार्दिक अनुरोध गर्दछौं।’

धरानका मेयर साम्पाङका कामकारबाहीलाई लिएर खोज पत्रकारिता केन्द्रको सहयोगमा दाहालले तयार पारेको रिपोर्ट हिमालखबरमा प्रकाशन भएको थियो। त्यसलाई लिएर मेयर साम्पाङले धम्की दिएका थिए । त्यस्तै, उनका समर्थकले मेसेज गरेर पत्रकार दाहाललाई धम्क्याएका समेत थिए  ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कावासोतीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी । कावासोतीमा बसको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ। दिल्लीबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बसले ठक्कर दिँदा कावासोतीको सभापति चोकम...

सिमकोट विमानस्थलमा हिउँ पन्छाएर हवाई सेवा सञ्चालन

हुम्ला । हिउँ पन्छाएर यहाँको सिमकोट विमानस्थलमा आजदेखि हवाई सेवा सञ्चालनमा ल्याइएको छ ।  विमानस्थलको धावनमार्गमा जमेका हिउँ पन्छाएर हवाई सेवा सञ्चा...

बीपी राजमार्गमा यात्रुलाई सास्ती, कहिले होला पुनर्निर्माण ?

काभ्रेपलाञ्चोक  ।  गत असोज दोस्रो साता आएको बाढीपहिराले क्षति पुर्‍याएको बीपी राजमार्गको कटुञ्जेबेशी, मंगलटार, नेपालथोक क्षेत्रमा  यात्रा गर्ने यात्रु...

विराटनगर पुगेका प्रचण्डका शनिबार के–के छन कार्यक्रम ?

विराटनगर । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान विराटनगरमा हुस्सु छिचोल्दै ‘मनिङ्वाक’ गरेका छन् ।   श...

दुई सय बढी बालबालिका विद्यालय जान छाडे

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ४ को मझौरा गाउँका दुई सय बढी बालबालिका विगत दुई महिनादेखि विद्यालय गएका छैनन् । मझौरा गाउँ प्रवेश गरे...

ललितपुरका यी स्थानमा आज काटिदैछ बिजुली

काठमाडौं । मर्मत सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणल...

बालेनसँग मिल्ने प्रयास सफल होला त भीम रावलको ?

काठमाडौं ।  ‘मातृभूमि जागरण अभियान नेपाल’ चलाउन खोजिरहेका भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई पनि यसमा जोड्ने प्रयास गर्न...

मधेश सरकारले बलिदानी दिवस मनाउँदै

काठमाडौं । मधेश प्रदेश सरकारले आज ७औं बलिदानी दिवस मनाउने भएको छ। अधिकार प्राप्तिको आन्दोलनमा सहादत प्राप्त शहीद परिवार र अंगभंग भएका तथा घाइतेलाई आर्...

यू–१९ महिला विश्वकपमा नेपालले आज बंगलादेशसँग खेल्दै

काठमाडौं । आइसीसी महिल यू–१९ टी–२० विश्वकप क्रिकेटमा नेपालले आज डेब्यु गर्दै छ ।मलेसियामा भएको छनोट खेलमा युएईलाई फाइनलमा पराजित गर्दै नेपाल आजदेखि सु...

भुटानमा बजेट घाेषणाः चालु आर्थिक बर्षको बजेट १०९ अर्बकाे, २० अर्बकाे कमी

काठमाडाैं । सरकारले आर्थिक वर्ष २०२५–२६ को बजेटका लागि १०९ अर्ब भुटानी एन्‌गुल्ट्रुम (रुपैयाँ) प्रस्ताव गरेको छ ।  यो अघिल्लो वर्षको तुलनामा १२ प्र...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy