सुुनसरी । सुनसीको धरान उपमहानगरमा सात राजनीतिक दलले पत्रकारलाई धाकधम्की दिन बन्द गर्न नगरप्र्रमुख हर्क साम्पाङलाई सचेत गराएका छन् । सात राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गरी मेयर साम्पाङका अभिव्यक्तिप्रति दुःख व्यक्त गरेका हुन्।
उनीहरूले विज्ञप्ति मार्फत नगर प्रमुख राईलााई पत्रकारलाई नधम्क्याउन आग्रह गरेका छन् । पत्रकार गोपाल दाहाललाई धम्क्याएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनीहरूले भनेका छन्, ‘पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईलाई समेत जोड्दै महासंघका केन्द्रीय पार्षद् गोपाल दाहाललाई सामाजिक सञ्जाल मार्फत धम्क्याएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यस गम्भीर विषय उपर धरानका राजनीतिक दलहरू मूकदर्शक भएर बस्न र टुलुटुलु हेरिरहन सक्दैनन्।’
धरानका नेकपा (एमाले)का अध्यक्ष हर्कजंग एभेङ, नेपाली कांग्रेसका सभापति श्याम पोख्रेल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष मनोज भट्टराई, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष ताजुब लिम्बू, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष रेवतीरमण राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष अर्जुन खड्का र सलोराम संघीय लिम्बुवान मञ्चका अध्यक्ष मोहनप्रसाद तिगेलाले संयुक्त विज्ञप्ति जारी गरी पत्रकारलाई धम्क्याउने कार्य बन्द गर्न आग्रह गरेका हुन्।
उनीहरूले भनेका छन्, ‘स्थानीय प्रमुख जस्तो व्यक्तिले सञ्चार क्षेत्रप्रतिको अभिव्यक्ति, समर्थकहरू मार्फत गरिने धाकधम्कीपूर्ण व्यवहारहरू बन्द गर्दै नेपाल पत्रकार महासंघ, सुनसरीसँग समन्वय गर्दै स्थानीय सरकार र सञ्चारकर्मीसँग सुमधुर सम्बन्ध कायम गरी धरानको समग्र विकास र समृद्धिका लागि भएका सामूहिक प्रयासहरूको सन्देह प्रवाह गर्न र गराउन हामी हार्दिक अनुरोध गर्दछौं।’
धरानका मेयर साम्पाङका कामकारबाहीलाई लिएर खोज पत्रकारिता केन्द्रको सहयोगमा दाहालले तयार पारेको रिपोर्ट हिमालखबरमा प्रकाशन भएको थियो। त्यसलाई लिएर मेयर साम्पाङले धम्की दिएका थिए । त्यस्तै, उनका समर्थकले मेसेज गरेर पत्रकार दाहाललाई धम्क्याएका समेत थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ७ गते, २०८३ - १०:४६
काठमाडौँ । नेकपाका नेता वर्षमान पुनले आगामी निर्वाचनबाट आफ्नो पार्टी नयाँ ऊर्जा र जनसमर्थनसहित पुनः उदाउने दाबी गरेका छन्। पार्टीको एक कार्यक्रममा ...
आषाढ़ ७ गते, २०८३ - १०:३४
काठमाडौं । फिफा विश्वकपको ऐतिहासिक १०००औं खेलमा जापानले ट्युनिसिया विरुद्ध दुई गोलको अग्रता बनाएको छ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को...
आषाढ़ ७ गते, २०८३ - १०:२६
धनगढी । बाजुराको बुढीगंगा नगरपालिका–०८ रिठाबजार स्थित साँफेबगर–मार्तडी सडकखण्डमा ब्रेक फेल भई बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन् । आइतब...
आषाढ़ ७ गते, २०८३ - १०:१६
काठमाडौं । विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ)ले नेपालसहितका एसियाली मुलुकहरू जलवायु परिवर्तनको सबैभन्दा बढी असर भोगिरहेका क्षेत्र बनेको निष्कर्ष नि...
आषाढ़ ७ गते, २०८३ - १०:११
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुने भएका छन्...
आषाढ़ ७ गते, २०८३ - १०:०९
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोज...
आषाढ़ ७ गते, २०८३ - १०:०५
काठमाडौं । हाल कोशी प्रदशको केहि स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायू, स्थानीय वायू प्रभाव रहेको छ। देशका हिमाली र पहाडी भ...
आषाढ़ ६ गते, २०८३ - २२:०२
तेहरान । इरानले विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा गरेको छ। लेबनानमा जारी इजरायली आक्रमण र अमे...
आषाढ़ ६ गते, २०८३ - २२:००
पाल्पा । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझ नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्ड...
आषाढ़ ६ गते, २०८३ - २१:४७
काठमाडौं । पछिल्ला केही दिनयता देशका विभिन्न क्षेत्रमा वर्षा सक्रिय बन्दै जाँदा तराईका जिल्लामा तापक्रम घट्न थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनु...



प्रतिकृया लेख्नुहोस्: