Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

पुष्पाः २ का अभिनेता अल्लु अर्जुन १४ दिन हिरासतमा बस्ने

खबरडबली संवाददाता

हैदाराबाद। पुष्पा २ का अभिनेता अल्लु अर्जुनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको छ ।
हैदरावादको नामपल्ली अदालतले उनलाई न्यायिक हिरासतमा पठाएको छ।

साउथका सुपरस्टार अल्लु अर्जुनलाई हैदरावाद प्रहरीले शुक्रबार उनको घरबाट पक्राउ परेका थिए ।

हैदरावादमा हालै भएको भागदौडको सम्बन्धमा यो गिरफ्तारी भएको हो । डिसेम्बर ४ मा हैदरावादमा पुष्पा २ को स्क्रिनिङका क्रममा भागदौडमा एक महिलाको मृत्यु भएको थियो ।  जबकि उनका छोरा घाइते भएका छन् ।

अल्लु अर्जुनलाई पक्राउ गरे पछि प्रहरीले उनलाई हैदराबादको चिक्कडपल्ली प्रहरी चौकीमा लगेको थियो । यस विषयमा अभिनेतासँग यहाँ सोधपुछ गरिएको थियो ।

प्रहरीले अल्लु अर्जुनलाई मेडिकल चेकअपका लागि गान्धी अस्पताल लगेको थियो, यहाँ सुरक्षा ब्यवस्था कडा गरिएको थियो ।  धेरैले अल्लु अर्जुनले पक्राउ गर्ने तरिकामा आपत्ति जनाएका छन् । प्रहरीले बिहानको खाजा समेत खान नदिएको र बेडरुमबाटै सिधै पक्राउ गरेको उनले बताए । उनलाई लुगा फेर्न पनि मौका दिइएको छैन ।

यही बेला अल्लु अर्जुनको फिल्म ‘पुष्पा–२’ ले यतिबेला हलचल मच्चाइ रहेको छ । पुष्पा–२ साउथका साथै हिन्दी क्षेत्रमा पनि निकै रुचाइएको छ । तर अल्लु अर्जुनका लागि यो फिल्म समस्या बनेको छ ।

खासमा फिल्मको स्क्रिनिङ ४ डिसेम्बरमा हैदराबादमा भएको थियो, हैदरावादको सन्ध्या थिएटर नजिकै यो कार्यक्रमका क्रममा भागदौड मच्चिएको थियो । यसमा रेवती नामकी महिलाको मृत्यु भएको थियो । जबकि उनका छोरा घाइते भएका छन् ।

यो दुर्घटनापछि अल्लु अर्जुनले सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो पोस्ट गर्दै माफी मागेका थिए र महिलाको परिवारलाई २५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा पनि गरेका थिए ।

तर, महिलाका परिवारले उजुरी दिएपछि प्रहरीले डिसेम्बर ५ मा  अल्लु अर्जुन र उनको सुरक्षा टोलीसहित थिएटर व्यवस्थापनविरुद्ध मुद्दा दर्ता गरेको थियो । यो मुद्दा भारतीय न्यायिक संहिताको धारा १०५ र ११८ (१) अन्तर्गत दर्ता गरिएको थियो। यसपछि प्रहरीले थिएटरका सञ्चालक र उनका इन्चार्जलाई पनि पक्राउ गरेको छ । 

भारतीय न्यायिक संहिताको धारा १०५ अनुसार दोषी पाइने व्यक्तिलाई न्यूनतम ५ वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुने व्यवस्था छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यूएईमा इरानको ड्रोन आक्रमणमा १५ नेपाली घाइते, अधिकांश काममा फर्किए

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणमा परेर हालसम्म १५ जना नेपाली घाइते भएका छन्। तीमध्ये १४ जना उपचारपछि आफ...

टी–२० विश्वकप : नेपाललाई तीन करोड ७७ लाख पुरस्कार

काठमाडौं। भारत र श्रीलङ्कामा हालै सम्पन्न आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० बाट दुई लाख ५...

गण्डकी प्रदेशकी एक्ली सांसद महिला

लेखनाथ। छ दिनअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । यो निर्वाचनमा प्रत्यक्षतर्फका ...

प्रतिनिधि सभा निर्वाचनको परिणाम अप्रत्याशित देखियो : कृष्णप्रसाद सिटौला

काठमाडौं । कृष्णप्रसाद सिटौला ले प्रतिनिधि सभा निर्वाचनको परिणाम अपेक्षाभन्दा फरक आएको बताएका छन्। बुधबार नेपाली कांग्रेस बाट राष्ट्रिय सभामा नवनिर...

यात्रु उद्धार गर्न निगमको जहाज दुबई जाँदै

काठमाडौँ। नेपाल वायु सेवा निगमले आज राति विशेष उडानमार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ । निगमले मङ्गलबार एक उडान सूचना...

रक्तपातविहीन ऐतिहासिक निर्वाचन : गृहमन्त्री अर्याल

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताउँदै केन्द्रीय सुरक्षा समिति, प्रदेश ...

इलाममा समानुपातिकतर्फ श्रम संस्कृति पार्टी पहिलो

इलाम। दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा यस पटक नयाँ दलका रूपमा रहेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो बनेको छ । इलाम क्षेत्र नम्बर १ म...

समानुपातिकतर्फ दलले प्राप्त गरेको मत सिटमा कसरी बदलिन्छ ? यस्तो छ 'सेन्ट लग' सूत्र

काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको १ सय ६५ सिटकै नतिजा ...

यस वर्ष मलखादको अभाव हुँदैन - कृषिमन्त्री डा. परियार

टीकापुर। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव नहुने बताएको छन्। बुधबार कैलालीमा चारपाङ्ग्रे मेसिनद्वारा ...

सप्तरीमा समानुपातिकतर्फ १६ हजारभन्दा बढी मत बदर

सप्तरी। प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणामअनुसार सप्तरीमा १६ हजार १ सय २५ मत बदर भएको ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE