Ntc summer Offer
Khabar Dabali ८ चैत्र २०८१ शुक्रबार | 21st March, 2025 Fri
Investment bank

पुष्पाः २ का अभिनेता अल्लु अर्जुन १४ दिन हिरासतमा बस्ने

खबरडबली संवाददाता

हैदाराबाद। पुष्पा २ का अभिनेता अल्लु अर्जुनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको छ ।
हैदरावादको नामपल्ली अदालतले उनलाई न्यायिक हिरासतमा पठाएको छ।

साउथका सुपरस्टार अल्लु अर्जुनलाई हैदरावाद प्रहरीले शुक्रबार उनको घरबाट पक्राउ परेका थिए ।

हैदरावादमा हालै भएको भागदौडको सम्बन्धमा यो गिरफ्तारी भएको हो । डिसेम्बर ४ मा हैदरावादमा पुष्पा २ को स्क्रिनिङका क्रममा भागदौडमा एक महिलाको मृत्यु भएको थियो ।  जबकि उनका छोरा घाइते भएका छन् ।

अल्लु अर्जुनलाई पक्राउ गरे पछि प्रहरीले उनलाई हैदराबादको चिक्कडपल्ली प्रहरी चौकीमा लगेको थियो । यस विषयमा अभिनेतासँग यहाँ सोधपुछ गरिएको थियो ।

प्रहरीले अल्लु अर्जुनलाई मेडिकल चेकअपका लागि गान्धी अस्पताल लगेको थियो, यहाँ सुरक्षा ब्यवस्था कडा गरिएको थियो ।  धेरैले अल्लु अर्जुनले पक्राउ गर्ने तरिकामा आपत्ति जनाएका छन् । प्रहरीले बिहानको खाजा समेत खान नदिएको र बेडरुमबाटै सिधै पक्राउ गरेको उनले बताए । उनलाई लुगा फेर्न पनि मौका दिइएको छैन ।

यही बेला अल्लु अर्जुनको फिल्म ‘पुष्पा–२’ ले यतिबेला हलचल मच्चाइ रहेको छ । पुष्पा–२ साउथका साथै हिन्दी क्षेत्रमा पनि निकै रुचाइएको छ । तर अल्लु अर्जुनका लागि यो फिल्म समस्या बनेको छ ।

खासमा फिल्मको स्क्रिनिङ ४ डिसेम्बरमा हैदराबादमा भएको थियो, हैदरावादको सन्ध्या थिएटर नजिकै यो कार्यक्रमका क्रममा भागदौड मच्चिएको थियो । यसमा रेवती नामकी महिलाको मृत्यु भएको थियो । जबकि उनका छोरा घाइते भएका छन् ।

यो दुर्घटनापछि अल्लु अर्जुनले सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो पोस्ट गर्दै माफी मागेका थिए र महिलाको परिवारलाई २५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा पनि गरेका थिए ।

तर, महिलाका परिवारले उजुरी दिएपछि प्रहरीले डिसेम्बर ५ मा  अल्लु अर्जुन र उनको सुरक्षा टोलीसहित थिएटर व्यवस्थापनविरुद्ध मुद्दा दर्ता गरेको थियो । यो मुद्दा भारतीय न्यायिक संहिताको धारा १०५ र ११८ (१) अन्तर्गत दर्ता गरिएको थियो। यसपछि प्रहरीले थिएटरका सञ्चालक र उनका इन्चार्जलाई पनि पक्राउ गरेको छ । 

भारतीय न्यायिक संहिताको धारा १०५ अनुसार दोषी पाइने व्यक्तिलाई न्यूनतम ५ वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुने व्यवस्था छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मी कांग्रेसको तेस्रो जिल्ला सम्मेलन हुने

गुल्मी । नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलन हुने भएको छ । कांग्रेस गुल्मीले यस जिल्लाका वडा, पालिका, प्रदेश सभा क्षेत्र र प्रतिनिधिसभा क्ष...

१२ दिने लामो भारत भ्रमण सकेर परराष्ट्र मन्त्री स्वदेश फर्किइन, सरकार परिवर्तन नहुने दाबी

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा स्वदेश फर्किएकी छिन् । झन्डै १२ दिने लामो भारत भ्रमण सकेर अपरान्ह उनी स्वदेश फर्किएकी हुन् । त्रिभुवन बिम...

खोटाङको एउटा परीक्षा केन्द्रमा एउटा विद्यालयका विद्यार्थीले मात्र एसइई परीक्षा दिदै

खोटाङ । खोटाङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को एउटा परीक्षा केन्द्रमा एउटा विद्यालयका विद्यार्थी मात्र रहेको पाइएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगर...

जातीय विभेद विरूद्ध दलित अभियन्ताको अर्धनग्न प्रदर्शन, बानेश्वरमा तनाव

काठमाडौँ । अन्तर्राष्ट्रिय जातीय विभेद विरूद्धको दिवसका अवसरमा दलित अभियन्ताहरुले राजधानीमा प्रदर्शन भएको छ ।  ‘दलितलाई खै’ भनि लेखिएको नारासहित अर...

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान, चिकित्सा क्षेत्रतर्फ डा. ओममूर्ति र खेलकुदतर्फ साम्बा

काठमाडौं। प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट आज विभिन्न क्षेत्रका व्यक्तित्वहरु पुरस्कृत भएका छन । नेपाल सरकारले शान्ति, सुशासन, नवप्रवर्त...

रबिले पाटन अदालतबाट भने, ‘गेट रेडी फर रेभुलेसन्’

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार रहन अपिल गरेका छन् । स्वर्ण लक्ष्मी सहकारी प्रकरणमा मागिएको ६० ला...

प्रचण्डको स्वागतमा बिरगञ्जका मेयर राजेशमान सिंह

बिरगञ्ज। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू हाल प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका छन । नेकपा माओवादी केन्द्रद...

राष्ट्रियसभामा महिनावारी विभेद अन्त्यसम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत

काठमाडौँ । प्रतिस्थापन विधेयकसम्बन्धी व्यवस्थाबारे राष्ट्रियसभा नियमावली, २०७५ र प्रतिनिधिसभा नियमावली, २०७९ का प्रावधान बाझिएको भन्दै राष्ट्रियसभाको ...

आजको राष्ट्रियसभामा तीन विधेयक टेबुल

काठमाडौँ । प्रतिस्थापन विधेयकसम्बन्धी व्यवस्थाबारे राष्ट्रियसभा नियमावली, २०७५ र प्रतिनिधिसभा नियमावली, २०७९ का प्रावधान बाझिएको भन्दै राष्ट्रियसभाको ...

काठमाडौं महानगरले स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गराउने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चैत १२ गतेदेखि प्रजनन उमेरका महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण र प्रारम्भिक उपचार थाल्ने भ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy