Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

पाकिस्तानका बिबादस्पद फस्ट बलर आमिरले लिए अन्तराष्ट्रिय क्रिकेटवाट सन्यास

खबरडबली संवाददाता

इस्लामबाद। पाकिस्तानी फास्ट बलर मोहम्मद आमिरले शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन ।

ब्यक्तिगत रूपमा  विवादास्पद करियर बोकेका उनस्पट फिक्सिङको आरोपमा जेलसमेत परेका महान पाकिस्तानी क्रिकेट खेलाडी हुन् ।

३२ वर्षीय खेलाडीले यस वर्षको सुरुमा अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकप खेल्नु अघि सन्यास लिएका थिए ।

‘सावधानीपूर्वक विचार गरेपछि मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने कठिन निर्णय लिएको छु,’ आमिरले एक्सको एक पोस्टमा भने, ‘यी निर्णयहरू कहिल्यै सजिलो हुँदैनन् तर अपरिहार्य छन्। मलाई लाग्छ कि यो अर्को पुस्ताको लागि ब्याटलिने र पाकिस्तान क्रिकेटलाई नयाँ उचाइमा उचाल्ने सही समय हो।’

न्युजिल्यान्डको भ्रमणबाट बाहिरिए पछि उनले डिसेम्बर २०२१ मा सबै प्रकारका अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने जनाएका थिए  तर विश्वभरका फ्रेन्चाइज टी–२० लिगमा खेल्न जारी राखेका थिए ।

उनको ३६ टेस्ट खेलमा  ११९ विकेटको रेकर्ड कायम छ । साथै,  ६१ एकदिवसीय खेलमा ८१ विकेट लिएका छन् भने ६२ टी–२० खेलमा ७१ विकेट लिएका थिए ।

सन् २०१० मा तत्कालीन कप्तान सलमान बट र मोहम्मद आसिफसँगै इङ्ल्यान्डमा भएको टेस्ट म्याचमा स्पट फिक्सिङ गरेको आरोपमा उनलाई पाँच वर्षको लागि खेलकुदबाट प्रतिबन्ध लगाइएको थियो। उनीसहित तीनैजना खेलाडी पछि बेलायतमा जेल परेका थिए । तर, उनी २०१६ मा टोलीमा फर्किएका थिए र सन् २०२१ मा सन्यास नहुँदासम्म पाकिस्तानका लागि सबै खाले खेलमा सहभागी भएका थिए ।

आमिर हाल श्रीलंकामा टी–१० लिग खेलिरहेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छ: कृषिमन्त्री चौधरी

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेको छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकमा ...

हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछ: मन्त्री गौरीकुमारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताएक...

मन्त्रीमाथि सामाजिक सञ्जालमा टिप्पणी गरेको आरोपमा स्वास्थ्यकर्मी अधिकारी पक्राउ

जनकपुरधाम । सामाजिक सञ्जालमार्फत स्वास्थ्यमन्त्री निशा मेहतामाथि आलोचनात्मक टिप्पणी गरेको आरोपमा धनुषाका स्वास्थ्यकर्मी नवेश अधिकारी पक्राउ परेका छन्।...

दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि समन्वय गर्ने सहमति

काठमाडौँ। विगत दुई सातादेखि माइतीघर मण्डलामा जारी दृष्टिविहीन समुदायको धर्ना कार्यक्रम सरकारसँग भएको वार्तापछि स्थगित भएको छ । महिला, बालबालिका, लैङ्ग...

अब नयाँ रणनीतिबाट झापाको हात्ती आतंक रोकिन्छ : गृहमन्त्री गुरुङ

झापा। गृहमन्त्री सुधन गुरुङले झापाको मेचीनगर–बाहुनडाँगी क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि कायम रहेको मानव र हात्ती द्वन्द्वको स्थलगत अनुगमन गरेको छन्...

तीन वर्षभित्र कर्णालीका सबै स्थानीय तहका केन्द्र र सदरमुकाम जोड्ने सडक दुई लेन बनाइने: मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र तथा जिल्ला सदरमुकाम जोड्ने सडकलाई आगामी तीन वर्षभित्र दुई ल...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन शाहले डा. खत्रीलाई आयोगक...

दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेन: मौसमविद्

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मधेस र लुम्बिनी प्रदेशका केही भूभागमा अपेक्षाअनुसार वर्षा हुन नसकेको जनाएको छ ।    विभागका वरिष्ठ मौसमविद् म...

प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा रोशन पोखरेल पुर्पक्षका लागि थुनामा

पाँचथर । युट्युबमार्फत प्रधानमन्त्री बालेन ९बालेन्द्र० शाहलगायतका नेताहरूलाई लक्षित गरी अपमानजनक तथा गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोप लागेका प...

प्रधानमन्त्री शाहको एडीबी अध्यक्ष कान्दासँग भेट, १६५ मिलियन डलर सहुलियतपूर्ण ऋण सम्झौता

काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending