काठमाडौँ। शीर्ष टोली जनकपुर बोल्ट्सलाई ३२ रनले हराउँदै चितवन राइनोज नेपाल प्रिमियर लिग ९एनपिएल० को प्ले अफ नजिक पुगेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शनिबार भएको खेलमा जितका लागि एक सय ८१ रनको लक्ष्य पछ्याएको जनकपुर १८ ओभरमा सबै विकेटको क्षतिमा एक सय ४८ रनमा समेटियो ।
जितसँगै चितवनले सात खेलबाट आठ अङ्क बनाएको छ । चितवनलाई प्ले अफ पुग्न अन्य टोलीको नतिजा पनि पर्खनुपर्ने हुन्छ । अहिले पाँच खेल खेलेको सुदूरुपश्चिम रोयल्स र ६ खेल सकेको कर्णाली याक्सको पनि समान आठ अङ्क छ । लिगमा सबै खेल सकेको जनकपुर यसअघिनै प्ले अफमा पुगिसकेको छ । जनकपुरको सात खेलबाट १० अङ्क छ ।
जनकपुरका लागि जेम्स निसमले अर्धशतकीय पारी खेले। सर्वाधिक ६५ रन बनाएका उनले २४ बलमा पाँच चौका र ६ छक्का हाने।
निसम एनपिएलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडी समेत बन्नुभएको छ । उनले १८ बलमै अर्धशतक पूरा गरेको हो । यसअघि सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले २३ बलमा अर्धशतक पूरा गरेको थिए ।
यस्तै ओपनर आशिफ शेखले २३, शुभ कंशाकरले १५ र मोहमद मोसिनले १३ रन बनाए । कप्तान अनिल शाह आठ रन जोड्दै पेभेलियन फर्किए।
बलिङमा चितवनका सोहिल तन्विर, कप्तान कुशल मल्ल र रिजन ढकालले दुई दुई तथा अमर रौटेला एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८० रनको योगफल बनाएको थियो ।
चितवनका लागि कप्तान कुशल मल्लले अर्धशतकीय पारी खेले । उनले ४१ बल सामना गर्ने क्रममा तीन चौका र सात छक्का प्रहार गर्दै ७२ रनको योगदान दिए ।
रवि बोपाराले ३२ बल खेल्दै पाँच चौका र एक छक्काको मद्दतमा ४४ रन बनाए । यस्तै हसन इसाखिलले २८ र सन्तोष कार्कीले १४ रनको योगदान गरे ।
बलिङमा जनकपुरका लागि ललित राजवंशीले दुई विकेट लिए । हर्ष थाकर, मोहम्मद मोहसिन र जेम्स निसमले एक एक विकेट झारे ।
जनकपुरलाई हराएपछि विराटनगर किंग्स र पोखरा एभेन्जर्स भने आफ्नो अन्तिम लिग खेल नै प्लेअफ होडबाट बाहिरिएका छन् । यस्तै लुम्बिनी लायन्स यसअघि नै लिग चरणबाट बाहिरिसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २९ गते, २०८२ - १२:२२
काठमाडौँ । नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति सम्बन्धी उत्पन्न विवाद मिलाउन कार्यसम्पादन समिति बैठक बोलाइएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काल...
कार्तिक २९ गते, २०८२ - १२:०४
काठमाडौं । यातायात व्यवस्था विभागको डेटा सेन्टरमा फेरि समस्या देखिएपछि नयाँ ड्राइभिङ लाइसेन्स तथा इलेक्ट्रोनिक लाइसेन्सका लागि आवेदन प्रक्रिया आजदेखि ...
कार्तिक २९ गते, २०८२ - ११:४९
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । ...
कार्तिक २९ गते, २०८२ - ११:२६
जनकपुरधाम। मधेश प्रदेशका उपसभामुख बबिता कुमारी राउत ईशरले मधेशका पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गरिएको निर्णय बदर गरेको छिन्। बिहीबार सभा...
कार्तिक २९ गते, २०८२ - ११:०७
काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । एक तोला सुनको मोल रु ५०० ले र त्यति नै परिमाणको चाँदीमा रु ६० ले कमी आएको छ...
कार्तिक २८ गते, २०८२ - १७:०१
कोलम्बो। श्रीलङ्का क्रिकेट बोर्ड (एसएलसी)ले बिहीबार घोषणा गर्दै आफ्ना खेलाडीले पाकिस्तानमै जारी एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला र त्यसपछिको टि(-२० त्...
कार्तिक २८ गते, २०८२ - १६:४७
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएको छिन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
कार्तिक २८ गते, २०८२ - १६:३६
काठमाडौँ। विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रङ्क लाइन संरचनाबाट विद्युत् उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरे...
कार्तिक २८ गते, २०८२ - १६:१६
काठमाडौं । गृहमन्त्रालयले एकैपटक ५८ जना सहसचिव र उपसचिवको सरुवा गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले अधिकांश जिल्लामा सीडीओ र सहायक सीडीओ हेरफेर गर...
कार्तिक २८ गते, २०८२ - १५:४६
काठमाडौं। जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले अब केन्द्रीय संयोजन समिति गठन गरिएको छ। आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता सुदन क...




प्रतिकृया लेख्नुहोस्: