काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नयाँ ढङ्गले पार्टीका कामकारबाहीलाई अघि बढाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
एमाले लमजुङ–काठमाडौँ सम्पर्क मञ्चले आज राजधानीमा आयोजना गरेको विभिन्न पाँचवटा पालिका सम्पर्क मञ्चको सम्मेलनलाई सम्बोधन गर्दै उनले सङ्गठन विस्तार तथा जनसरोकारका मुद्दामा केन्द्रित हुन आग्रह गरे ।
“तपाईंहरूले आजदेखि नै के अठोट गर्नुस् भने हाम्रा पालामा म केही न केही नयाँ काम गर्छु, अर्को पटक नेतृत्व लिनेगरी काम गर्नुस्”, उपमहासचिव गुरूङले भने, “इमानदारितापूर्वक र गतिशील भएर काम गर्दा सफलता पाउन सकिन्छ, यतातर्फ ध्यान दिनुहोला ।”
अध्ययनशीलता र लगनशीलताले व्यक्तिलाई सफलतातर्फ उन्मुख गराउने भन्दै उनले अध्ययनका क्रममा प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न पनि आग्रह गरे । उपमहासचिव गुरूङले पार्टी नेतृत्व र सरकार विरूद्धको घेराबन्दी तोड्नेगरी योजना बनाइनुपर्नेमा जोड दिँदै नेता जत्तिकै कार्यकर्ता पनि सक्रिय हुनुपर्ने बताए । उनले मुख्य जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताले राजनीतिक सक्रियता अझ अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याए ।
आफ्नो पार्टीले केही समयअघि राजधानीमा आयोजना गरेको जनजागरण सभामा देखिएको सहभागितालाई लिएर सन्तुष्ट हुन नसकिने जनाउँदै उनले विभिन्न साङ्गठनिक जिम्मेवारीमा रहेकाले थप मेहनत गर्नुपर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १ गते, २०८१ - २०:५४
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१ स्थित देवघाटको पुलबाट हामफालेर एकजना बेपत्ता भएका छन् । मंगलबार मध्यान्ह देवघाट र तनहुँ जोड्ने झोलुंगे पु...
माघ १ गते, २०८१ - २०:४५
पाँचथर । नेपाल आदीवासी जनजाती पत्रकार महासंघ (फोनिज) पाँचथर शाखाले जिल्लामा क्रियाशील दूई जना पत्रकारलाई पुरस्कारसहित सम्मान गरेको छ । पाँचौ जिल्ल...
माघ १ गते, २०८१ - २०:४०
दाङ । दाङको घोराही-तुलसीपुर सडक खण्ड अन्तर्गत गुर्जे खोला नजिकै मंगलबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् । घाइते हुनेमा घोराही...
माघ १ गते, २०८१ - २०:३५
काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता विजयकुमार गच्छेदारले संविधान संशोधनमा पहिचान स्थापित गर्नुपर्ने बताएका छन् । थारु राष्ट्र...
माघ १ गते, २०८१ - २०:२२
सुडान । सुडानी स्वयंसेवक उद्धारकर्ताहरूले नाइल नदीको छेउमा रहेको राजधानी खार्तुमको जुम्ल्याहा सहर ओमदुरमानको क्षेत्रमा भएको गोलाबारीमा १२० जनाभन्दा बढ...
माघ १ गते, २०८१ - २०:०७
बागलुङ । नेपाल सरकारका कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले मुलुकमा आथिक संकुचनका कारण सरकारले सोचेअनुसार काम गर्न नसकेको बताएका छन् । उनले हरेक ...
माघ १ गते, २०८१ - २०:०२
सुर्खेत । कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ । अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित अदुवा प्रशोधन उद्...
माघ १ गते, २०८१ - १९:४५
सिराहा । घरमै प्रतिबन्धित लागुऔषध बिक्री गरिरहेको अवस्थामा प्रहरीले सिराहाको लहान नगरपालिका–१, पानीट्यांकीबाट लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ...
माघ १ गते, २०८१ - १९:३२
सिन्धुपाल्चोक । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा खेल पर्यटनको राम्रो संभावना भएकाले यसलाई प...
माघ १ गते, २०८१ - १८:५७
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताकाे नाममा गैर कम्युनिस्ट पार्...
प्रतिकृया लेख्नुहोस्: