Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

ठूला काण्डको छानबिन गर्न खोज्दा प्रचण्ड नेतृत्वको सरकार ढलेको होः सांसद सापकोटा

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाले नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता समीकरण अपवित्र भएको बताएका छन्। उनले रातारात कुनै एक जना व्यापारीको घरमा बसेर गरिएको गठबन्धन स्वार्थ केन्द्रित भएको बताएका हुन्।

‘प्रचण्ड नेतृत्वको सरकारको प्रस्ट मार्ग सुशासन, आर्थिक समृद्धि र समाजवाद थियो । भ्रष्टाचारविरुद्धको अभियान थालेको थियो। ठूला काण्डको छानबिन गर्न खोज्दै थियो । खासगरि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्न खोज्दा ठूलो राजनीतिक कनेक्सन फेला पर्‍यो । उक्त प्रकरणमा के गर्ने भनेर छलफलमा जुट्दा सरकार ढल्ने अवस्था बन्यो,’ उनले भने।

नक्कली भुटानी शरणार्थी र बेचन झा प्रकरणको अनुसन्धान चल्ने भएपछि कांग्रेस–एमालेको अपवित्र गठबन्धन बनेको उनको आरोप छ। ‘यो प्रकरणलाई विषयान्तर गर्न उहाँहरू एक ठाउँमा आउनु भएको हो। स्थिरता र संविधान संशोधन उहाँहरूको नक्कली नारा थियो। त्यो अहिले पुष्टि हुँदै गएको छ,’ सापकोटाले भने।

सरकार बनेको लामो समय बित्दा संविधान संशोधन केमा गर्ने भन्ने छलफल अनौपचारिक रूपमा समेत छलफल हुन नसक्नु दुखद विषय भएको उनले बताए। यति बेला सरकार दिनकै ढल्छ भन्ने विषयले चर्चा पाउनुले स्थिरता समेत नदेखिएको उनको भनाइ छ।

सरकार राजनीतिक समझदारीमा भन्दा पनि बिचौलियाले आफ्नो स्वार्थशिद्ध गर्नका लागि खडा गरिदिएको बुख्याचा भएको सापकोटाको टिप्पणी छ। पछिल्ला राजनीतिक घटनाक्रमले पुष्टि गरिरहेको उनले आरोप लगाए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनान तनाव चर्किएपछि इरानद्वारा होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा

तेहरान । इरानले विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा गरेको छ। लेबनानमा जारी इजरायली आक्रमण र अमे...

पाल्पामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पाल्पा । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझ नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्ड...

वर्षासँगै तराईमा घट्यो गर्मी, केही जिल्लामा भारी वर्षा

काठमाडौं । पछिल्ला केही दिनयता देशका विभिन्न क्षेत्रमा वर्षा सक्रिय बन्दै जाँदा तराईका जिल्लामा तापक्रम घट्न थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनु...

सरी’ र ‘धन्यवाद’सँगै सकियो रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअघि बसेको अन्तिम केन्द्रीय समिति बैठक शनिबार राति एकअर्काप्रति ‘सरी’ र ‘धन्यवाद’ व्यक्त गर्दै ...

रास्वपा महाधिवेशन : नेतृत्वमा दाबी गर्न हजारौँ शुल्क र दर्जनौँ समर्थकको सर्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरु हुन एक दिन बाँकी रहँदा पार्टीले नेतृत्व चयनका लागि उम्मेदवारी शुल्क र आवश्यक म...

घर छन्, घरमूली छैनन् : उजाडिँदै गाउँका बस्ती

काठमाडौं । सल्ल्यानका पहाडी बस्तीहरूमा कुनै समय ढुङ्गाका छाना, माटोले लिपिएका भित्ताहरू र काठका झ्यालढोकाले सजिएका घरहरू गाउँको पहिचान मानिन्थे। हिउँद...

पोखराको लेकसाइडमा खानेपानी समस्या

कास्की । पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा खानेपानी अभाव भएपछि होटल व्यवसायीले नेपाल खानेपानी संस्थान पोखराको ध्यानाकर्षण गरा...

म्याग्दीमा रासायनिक मलको अभाव

म्याग्दी । म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य खाद्यान्न बाली धान बाली लगाउने तयारी गरेका र बारीमा चैते मकै लगाएका किसानहरू रासायनिक मल नपाएर...

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौँ । यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही दिन)को अन्तरालमा विपद्जन्य घटनामा परेर १०५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकर...

बस र ट्रक ठोक्किँदा नवलपरासी पश्चिममा एक महिलाको मृत्यु, तीन जना घाइते

काठमाडौं । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व-पश्चिम राजमार्गमा शनिबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending