Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

अमेजनको जंगल भित्र बेश्यालय, जो सुनका लागि केटीहरू मजदुरसँग सुत्छन्

खबरडबली संवाददाता

रियो दि जिनरियो । ब्राजिलको अमेजन जंगलबाट डरलाग्दो खबर आएको छ कि त्यहाँको जंगलमा रहेका खानी मजदुरसँग बालिका र युवतीहरूलाई पर पुरूषसँग सुत्न बाध्य पारिने गरिएको छ ।

आखिर, वास्तविक कारण के हो ? यसका लागि सरकारले के गरिरहेको छ ? दुई युवतीको कथाले तपाईलाई अचम्ममा पार्ने मात्र होइन, तपाईको जिउँ पनि सिरिङ्ग हुन्छ ।

३४ वर्षीया डियान लेटको कथाले तपाईलाई चकित पार्नेछ भने नतालिया क्याभाल्कान्टेले खानीमा झै सहरका अधिकांश युवतीहरु यौन कार्यमा संलग्न रहेको बताउँछिन । उनी भन्छिन, ुहामीले त्यसको वास्ता गर्दैनौं, यो यहाँ नियमित र संस्कार जस्तो छ ।

ब्राजिलको पारा राज्यको बारेमा कुरा गर्दैछौं। बुधकी डायने लेटले अन्तराष्टिय सञ्चारमाध्यमसँग आफ्नो दर्दनाक कथा सुनाइन्। उनले आफू कहिल्यै यौनकर्मी बन्न नचाहेको बताइन् । १७ वर्षको उमेरमा उनको श्रीमानको हृदयघातका कारण मृत्यु भयो । अन्तिम संस्कारका लागि पैसासमेत थिएन, त्यसपछि इटैतुवाकी साथीले अवैध सुन खानीमा काम गरेर पैसा कमाउन सुझाव दिइन । त्यसैले उनी अमेजनको जंगल भित्र रहेको सुनखानीमा काम गर्न गइन ।

'तर, यसमा महिलाले निकै अपमान सहनुपरेको थियो, धम्की र अपमानको बाबजुद मसँग अर्को विकल्प थिएन। सबै ठीकठाक चलिरहेको थियो, त्यसपछि मसँग केहि भयो, जुन म जीवनभर बिर्सन सक्दिन्' उनले त्रासदीपुर्ण दिनहरूको कथा भनिन् ।

उनले सम्झना गरिन, ुएक पटक एक व्यक्ति क्याम्पमा आए, मलाई ब्यूँझाए, मलाई बन्दुक तान्यो र ममाथि आफ्नो अधिकार दाबी गर्न थाले। म डराएँ। त्यसपछि जे भयो, जुन हुनुहुँदैन थियो।ु जसको परिणाम स्वरूप १८ वर्षको उमेरमा डियानाको पहिलो बच्चा भयो। विगत १६ वर्षदेखि उनले आफ्नो ७ जनाको परिवारको पालनपोषण गर्नका लागि खानीमा खाना पकाउने, कपडा धुने, बारमेड र यौनकर्मीको रूपमा काम गरिरहेकी छिन् ।

पारा राज्यका सुन खानी बस्तीहरूमा जनजीवन अत्यन्त कष्टकर छ। गाउँमा कच्ची सडक मात्रै छन् । यहाँ एक सैलुन, बार र एक चर्च छ। खानीका मजदुरहरू अझै पनि त्रिपाल मुनी बस्छन्। यी शिविरहरूमा काम गर्ने महिलाहरूले हिंसा र शोषणको सामना गर्नुपरेको छ।

नतालिया कैवलकैंटेजो एक पूर्व यौनकर्मी हुन्। पछि उनी वेश्यालयको मालिक भइन् । उनले भने, ‘सुन निकालिसकेपछि हाम्रो गाउँको वेश्यालयमा खानीमा काम गर्नेहरू आउँछन् । उनीहरु युवतीसँग सम्बन्ध माग्छन् । तिनीहरू धेरै फोहोर रहन्छन्। कुनै पनि किसिमको कुराकानीबाट पहिले नुहाउन मनाउँछौँ ।

२४ वर्षको उमेरमा खानी गाउँमा काम गर्न थालेकी नतालिया । इटैतुबादेखि शिविरसम्मको ७ घन्टाको कठिन यात्रा पूरा गर्न उनले अन्य महिलाहरूलाई पैसा तिर्ने गर्थे। ब्राजिलमा वेश्यालय चलाउनु गैरकानुनी छ। त्यसकारण उसले भरपर्दो व्यक्तिलाई काममा राख्यो। उनले भनिन्, ‘म सहरका सबै महिलाले यस्तो गर्छन भन्न चाहन्न, तर तीमध्ये ठूलो संख्यामा यौनकर्मी छन् । यो एक हिसाबले सामान्य कुरा हो । हामी वास्तवमै यसको वास्ता गर्दैनौं।'

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपति पौडेलको जापान भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ देखि २१, २०८२ सम्म जापान भ्रमणमा जाने भएका छन्। मन्त्रिपरिषद् बैठकले प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत...

निर्वाचनको शान्ति सुरक्षा भंग गर्न खोज्ने जोकोहीमाथि कडा कारबाही हुन्छ: गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको शान्ति सुरक्षा भंग गर्न खोज्ने जोकोहीमाथि कडा कारबाही हुने बताएका छन्। बिहीबार निर्वाचन आयोगका पदाध...

मूलपानीबाट गोलीमा हानेर समातिएका १० लुटेरालाई प्रहरीले गर्‍यो सार्वजनिक

काठमाडौँ । काठमाडौंको मूलपानी क्षेत्रमा गोली चलाएर पक्राउ परेका १० जना लुटेराको सूची प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबा...

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिटमा फाइल पेस गर्न सर्वोच्चको आदेश

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले दायर गरेका उम्मेदवारी खारेजीविरुद्धको रिटमा सर्वोच्च अदालतले सम्बन्धित फाइल यसअघिको...

कागबेनी-मुक्तिनाथ सडकमा हिउँ पन्छाउन थालियो, दर्शनार्थी कागबेनीमै रोकिए

काठमाडौँ । भारी हिमपातका कारण अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक खुलाउन पहल थालिएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन...

निर्वाचन आचारसंहिता उल्लङ्घनमा २१ वटा स्पष्टीकरण सोधियो

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा हालसम्म राजनीतिक दल, उम्मेदवार, व्यक्ति तथा संस्थासँग २१ वटा स्पष्टीकरण सोधेको छ। आयो...

अहिले वामपन्थी शक्तिलाई कमजोर पार्ने प्रयास भइरहेको छ : अग्नि सापकोटा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटाले पार्टीभित्र बहस गर्नुपर्ने धेरै विषय रहे पनि ती विषयलाई थाती राखेर आगामी निर्वाचनम...

नेप्से १७.५३ अंकले घट्यो, कारोबार रकम भने १४ अर्ब नाघ्यो

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) १.५३ अंकले घटेको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २७१४.०५ विन्दुमा पुगेर बन्द भएको हो । बजार परिस...

निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन जिम्मेवार सूचना प्रवाह गर्न राष्ट्रिय सूचना आयोगको निर्देशन

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सूचना प्रवाहमा जिम्मेवार ब...

सामाजिक सुरक्षा कार्यक्रम खर्च मापदण्ड खारेज

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सेवाप्रदायक स्वास्थ्य संस्थाका लागि तोकिएको खर्च मापदण्ड खारेज गरेको छ। बोर्ड ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending