Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

लोकप्रियताको नाममा पुराना दललाइ खराब देखाउन थालियोः एमाले महासचिव

खबरडबली संवाददाता

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय राजनीतिमा एक खालको निराशा र कुण्ठा बढेको बताएका छन् ।

नेपाल निजामती कर्मचारी संगठनद्वारा आयोजित प्रथम विधान अधिवेशन तथा १८ औँ केन्द्रीय परिषद् बैठकलाई सोमबार संशोधन गर्दै पोखरेलले देशमा सबै सकियो भन्ने खालका भाष्य निर्माण गर्ने प्रयत्न भइरहेको बताए । 

पुराना दलको औचित्य सकियो भन्ने प्रकारको भ्रम फिँजाउने काम समेत भएको उनेको छ ।  ‘लोकप्रियताको माध्यमबाट नयाँ दल निर्माण गर्न सकिन्छ भनेर राजनीति र ठुला दल प्रति निराशा फैलाउने काम भइरहेको छ’, उनले भने ।

नेकपा एमालेलाई कसरी सकिन्छ कमजोर बनाउनको लागि विभिन्न खालका भ्रामक प्रचार गरिएका पोखरेलले बताए । एमालेसँग वैचारिक प्रतिस्पर्धा गर्न नसक्नेले एमाले माथि प्रहार गरेर राजनीतिमा निराशा जगाउने प्रयत्न गरी रहेको उनको भनाइ छ ।

एमालेको विराषदलाई नै समाप्त पार्ने गरी विगतमा भएको षडयन्त्रलाई नेकपा एमालेले परास्त गरी पार्टीलाई रक्षा गरेर अघि बढेको पोखरेलले बताए ।नेकपा एमाले विभाजनका बाबजुद जनताको रोजाइको पहिलो पार्टी बनेको पोखरेलले जनाएका छन ।

आफूलाई राष्ट्रिय आवश्यकतालाई पुरा गर्न सक्ने निर्णायक राष्ट्रिय शक्ति बनाउन नेकपा एमाले लागेको पोखरेलले बताए ।  ‘यसका लागि हामीले हाम्रो सामर्थ्यलाई बढाउन सक्नु पर्दछ’, पोखरेलले भने ।

लोकतन्त्रमा जनतालाई अधिकार दिने हो भने सबल राज्य हुनु पर्ने उनको धारणा छ । त्यसको लागि सबैभन्दा पहिला बलिया राजनीतिक दल आवश्यक रहेको पोखरेलले स्पष्ट पार्नुभयो । ‘आज जनतालाई निराशाबाट आशामा, कमजोर राज्यबाट बलियो राज्य बनाउने कुरामा, कुशासनबाट सुशासन तर्फ जाने कुरामा ध्यान जानु पर्ने छ’, उनले भने ।

अहिले सबै क्षेत्रमा सामाजिक अराजकता बढेको बताउँदै उनले यो लोकतन्त्र र देशकै लागि हानिकारक भएको बताए । अराजकतावादले मुलुकको देश भक्तिपूर्ण भावलाई न खाइदिने पोखरेलको भनाइ छ । ‘यो कति घातक हुन्छ भने यसले राष्ट्रिय दृष्टिकोण बन्न दिँदै दिँदैन, यो समाजका लागि विषाक्त चिज हो भन्ने बुझ्नु पर्दछ’, पोखरेलले भने ।

कांग्रेस एमाले सरकारका लागि मात्र नमिलेका उनको स्पष्टोक्ति छ ।  प्रमुख दलहरू एक्ला एक्लै चुनाव लडेर एउटा दलले बहुमतको सरकार बनाउने र अर्को प्रमुख दल प्रतिपक्षमा रहने खालका वातावरण बनाउन अहिलेको सरकार बनेको पोखरेलले स्पष्ट पारे ।

संविधान संशोधनको विषय सम्पूर्ण रूपमा खुल्ला गर्न नखोजिएको उनले बताए । आन्तरिक छलफलबाट संशोधन गर्नुपर्ने विषयमा मात्र छलफल हुने र सोही अनुसार संविधान संशोधन हुने पोखरेलले स्पष्ट पारेका छन ।  ‘आवश्यक परेको उचित समयमा हामी निष्कर्ष निकाल्छौँ, यस कुरामा हामी सचेत छौँ’, पोखरेलले भने ।

समृद्ध नेपाल सुखी नेपाली कुनै व्यक्ति वा दल विशेषको योजना नभएको उनको भनाइ छ । यो विषय राष्ट्रको विषय भएकोसमेत महासचिव पोखरेलले बताए ।

देशका ठुला राजनीतिक दल मिलेर अहिलेको सरकार बनेकोले दुई दलले चाहँदासम्म कसैले चाहेर यो सरकार नढल्ने पोखरेलको दाबी छ । यो कुरा बुझेर नडराई काम गर्न उनले कर्मचारीहरूसँग आग्रह गरेका छन ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछाने चुनावको धपेडीका कारण अस्वस्थ, बालेनसँग भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चुनावको व्यस्तताका कारण स्वास्थ्य बिग्रिएर घरमै आराम गरिरहेका छन्। प्रमुख स्वकीय स...

मध्यपूर्वमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग श्रमविज्ञको आग्रह

काठमाडौँ। श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली श्रमिकहरूलाई सरकारले तत्काल उद्धार गर्नुपर्नेम...

सबै राष्ट्रिय दलका समानुपातिक मत जोड्दा पनि रास्वपालाई साढे ४ लाखभन्दा बढी मत

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फ...

अध्यक्ष ओलीका पिताको निधनप्रति सभापति लामिछानेद्वारा दु:ख व्यक्त

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल कम्युनिस्ट पार्टी )एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओल...

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

तेहरान। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इ...

निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई नागरिक अभियानद्वारा धन्यवाद ज्ञापन

काठमाडौँ। स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गराएकामा सरकारलाई बधाई ज्ञापन गरेको छ । अभिया...

अध्यक्ष ओलीका बुवा मोहनप्रसादको पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको...

बालेन शाहलाई संसदीय दलको नेता बनाउन विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाह लाई संसदीय दलको नेता बना...

दार्चुलामा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ ।  भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालि...

दार्चुलामा भीरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ ।  भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: