रामेछाप । रामेछापको जिल्ला सदरमुकाम मन्थलीमा सोमबारदेखि स्थानीय कृषिउपज बिक्री केन्द्र सञ्चालनमा आएको छ । स्थानीय उत्पादन मात्र बिक्री गर्नेगरी उक्त बिक्री केन्द्र स्थापन गरिएको हो । मन्थलीका नप्रमुख लव श्रेष्ठले एक कार्यक्रमबीच केन्द्को शुभारम्भ गरेका हुन् ।
साना किसानहरूको उत्पादनलाई खरिद बिक्री गरिदिने उद्देश्यले स्थापना गरिएको केन्द्रमा नगदेबालीअन्तर्गत अदुवा, बेसार, लसुन, विभिन्न प्रकारका गेडागुडी, मौसमअनुसारका तरकारी तथा स्थानीयस्तरमा उत्पादन भएका जुनार, सुन्तला, कागती केरालगायत सामग्री बिक्री गरिने जिल्ला कृषि सहकारी सङ्घका सचिव भानुभक्त श्रेष्ठले जानकारी दिए ।
‘किसानको बारीदेखि तपाईँको थालीसम्म’ भन्ने मूल नाराका साथ तामाकोसी एग्रो एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालिले केन्द्र सञ्चालनमा ल्याएको हो । आगामी दिनमा जिल्लामा उत्पादन भएका सबै कृषिउपज र हस्तकलाका सामग्री राखेर कोसेली घरका रूपमा विकास गर्ने योजना रहेको नगरप्रमुख श्रेष्ठले बताए ।
साना किसानले उत्पादन गरका तरकारी तथा गेडागुडी यसअघि डोकोमा बोकेर मन्थली बजार घरघरमा पुगी बिक्री गर्नुपर्ने बाध्यता थियो । केन्द्र सञ्चालनमा आएसँगै बजारीकरणको समस्या अन्त्य हुने स्थानीय किसान बताउँछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ५ गते, २०८३ - ०७:४९
काठमाडौँ । करिब १ हजार ६०० वर्ष पुरानो तथा नेपालकै सबैभन्दा लामो सांस्कृतिक-धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार राष्ट्र प...
आषाढ़ ५ गते, २०८३ - ०७:४३
धनगढी । जलस्रोतको धनी सुदूरपश्चिम प्रदेशमा जलविद्युत् उत्पादन तीव्र रूपमा बढ्दै गए पनि विद्युत् पहुँच भने अझै पूर्ण हुन सकेको छैन । प्रदेशमा चमेलिय...
आषाढ़ ५ गते, २०८३ - ०७:३५
काठमाडौं । ई–पासपोर्ट खरिद प्रक्रियामा अनियमितताको आरोपबारे अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म्याद तामेल गरेपछि पूर्वपरराष्ट्रमन्...
आषाढ़ ५ गते, २०८३ - ०७:२९
काठमाडौँ । काठमाडाैँ महानगरपालिकाकी कार्यावाहक प्रमुख सुनिता डंगोलले नगरसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पेस गरेकी छिन् । बिहीबारको नगरसभामा...
आषाढ़ ५ गते, २०८३ - ०७:२१
काठमाडौं । सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी विवाद थप पेचिलो बनेको छ। उदयपुरमा मोटरसाइ...
आषाढ़ ५ गते, २०८३ - ०७:१५
काठमाडौं । मुलुकको अर्थतन्त्र सुस्त छ। लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्। उद्योगी–व्यवसायीहरू बजारमा माग घटेको गुनासो गरिरहेका छन्। यस्तै चुनौतीपूर...
आषाढ़ ५ गते, २०८३ - ०७:०८
महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर पुगेर विवाह गर्ने छोरी (महिला)ले रु ५१ हजार नगद प्रोत्साहन पाउने भएका छन्। नगरको १८औँ नगर...
आषाढ़ ५ गते, २०८३ - ०७:०६
बाँके । नेपालका गाउँघरबाट युवाहरू विदेशिने क्रम अझै रोकिएको छैन। राम्रो आम्दानी र सुरक्षित भविष्यको खोजीमा हजारौं युवाले हरेक वर्ष घरपरिवार छाडिरहेका ...
आषाढ़ ५ गते, २०८३ - ०७:००
सिरहाको एउटा पोखरीमा सयौं मोबाइल फोन र स्मार्ट वाचहरू पानीमा डुबाइँदै गर्दा वरिपरि उभिएका मानिसहरूले भिडियो खिचिरहेका थिए। केही दिनपछि कैलालीको गोदावर...
आषाढ़ ५ गते, २०८३ - ०६:५५
बुटवल । नेकपा एमालेको चुनावी समीक्षा तथा संगठन सुदृढीकरण अभियानअन्तर्गत लुम्बिनी प्रदेशमा आयोजित सुझाव संकलन कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीको नेतृ...



प्रतिकृया लेख्नुहोस्: