कैलाली । बर्सातको समयमा मात्र होइन हिउँदमा पनि कैलालीको पूर्वी दक्षिण भेगमा नदी कटानको त्रास छ । कर्णाली नदीले टीकापुर नगरपालिका वडा नं ९ फाँटामा कटानी गरिरहेको छ । एक हप्तामा दुई मिटर कटान भएको छ । यसरी कटान हुन थालेपछि स्थानीयले जनप्रतिनिधि गुहार्न थालेका छन् ।
कटानकै कारण कर्णाली नदीले सत्ती कर्णाली सामुदायिक वन र टीकापुर उद्यानको मन्दिर नजिक कटान हुँदा पानी पस्ने खतरा बढ्दै गएको छ । यसैगरी मोहना नदीले खक्रौलामा कटान गरिरहेको छ । नदी कटान हुन थालेपछि स्थानीयले स्थानीय स्रोत साधन प्रयोग गरेर कटान नियन्त्रणमा लागेका छन् ।
साथै पथरैया नदीले डिबीपुर नजिक कटान गरिरहेको छ । टीकापुर उद्यान नजिक करिब पाँच सय मिटर, सत्ती कर्णाली वन नजिक पाँच सय मिटर, फाँटामा तीन सय मिटर, खक्रौलामा एक किलोमिटर र डिवीपुरमा सात सय मिटर नदी किनारा खतरामा रहेको पाइन्छ ।
यी स्थानमा हिउँदमै नदी नियन्त्रणको काम नभएमा बर्सातमा नदी पस्ने निश्चित छ । कटान भइरहेका कतिपय स्थानमा बोल्डर हालेर पनि केही हदसम्म कटान रोकिने स्थानीयको भनाइ छ ।
‘नदी कटानले सयौं बिघा जग्गा बगरमा परिणत हुने अवस्था छ’, स्थानीय शेरबहादुर साउदले भने, ‘पहिले बोल्डर हाल्दा पनि धेरै कटान रोक्न सक्ने अवस्था हुँदाहुँदै कुनै निकायले काम गरेन ।’ साउदले वडा नम्बर ६, ७, ८ र ९ त्यसै पनि बाढी प्रभावित क्षेत्र भएकाले यहाँ हजारौं बिघा जग्गा डुबानमा पर्दा पनि रोकथामका लागि काम नभएको गुनासो गरे ।
‘तत्कालका लागि खक्रौलामा सात ठाउँमा बोल्डर र ठोकर हाल्ने, फाँटामा बोल्डर र बिडिपुरमा बोल्डर हालेको भए धेरै राहत हुने थियो,’ स्थानीय समाजसेवी खडक धामीले भने, ‘मुख्यमन्त्री कमलबहादुर शाह र नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। रणबहादुर रावललाई केही दिन पहिले कटान क्षेत्रमा बोलाएर समस्या देखायौँ, बिहीबार सङ्घीय सांसद ईश्वरीदेवी न्यौपानेलाई समस्या देखायौँ ।’
बिहीबार मात्र सङ्घीय सांसद न्यौपानेले कटान क्षेत्रको अनुगमन गरेका हुन् । अनुगमन गर्ने क्रममा सांसद न्यौपानेले भयावह अवस्था रहेको बताउँदै सक्दो सहयोग गर्ने आश्वासन दिए । उनले तत्काल गर्नुपर्ने काम काठमाडौँ जानेबित्तिकै पहल गर्ने बताए । ‘बोल्डर धेरै ठूलो लागत होइन, स्थानीय पालिकाले पहल गरेको भए पनि हुने थियो’, सांसद न्यौपानेले भने, ‘हिउँदमै कटान हुन्छ भने नागरिकमा त्रास हुनु स्वाभाविकै हो ।’
‘पहिलो चरणमा बोल्डर हाल्ने र क्रमशः तटबन्धनका लागि पहल गर्छु’, उनले भने, ‘यत्रो विकराल समस्या आफ्नो पालिकामा भए पनि स्थानीय जनप्रतिनिधिले चासो नदिँदा नागरिकको चिन्ता बढेको छ ।’
विकासका सवालमा सबै तिनै तहका जनप्रतिनिधि एक भएर लाग्नुपर्ने जनाउँदै उनले जनताले निर्वाचित गरेर पठाएका जनप्रतिनिधि हामी बसेर समस्या समाधान गर्न लाग्नुपर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ७ गते, २०८३ - १०:४६
काठमाडौँ । नेकपाका नेता वर्षमान पुनले आगामी निर्वाचनबाट आफ्नो पार्टी नयाँ ऊर्जा र जनसमर्थनसहित पुनः उदाउने दाबी गरेका छन्। पार्टीको एक कार्यक्रममा ...
आषाढ़ ७ गते, २०८३ - १०:३४
काठमाडौं । फिफा विश्वकपको ऐतिहासिक १०००औं खेलमा जापानले ट्युनिसिया विरुद्ध दुई गोलको अग्रता बनाएको छ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को...
आषाढ़ ७ गते, २०८३ - १०:२६
धनगढी । बाजुराको बुढीगंगा नगरपालिका–०८ रिठाबजार स्थित साँफेबगर–मार्तडी सडकखण्डमा ब्रेक फेल भई बस दुर्घटना हुँदा २४ जना यात्रु घाइते भएका छन् । आइतब...
आषाढ़ ७ गते, २०८३ - १०:१६
काठमाडौं । विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ)ले नेपालसहितका एसियाली मुलुकहरू जलवायु परिवर्तनको सबैभन्दा बढी असर भोगिरहेका क्षेत्र बनेको निष्कर्ष नि...
आषाढ़ ७ गते, २०८३ - १०:११
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुने भएका छन्...
आषाढ़ ७ गते, २०८३ - १०:०९
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोज...
आषाढ़ ७ गते, २०८३ - १०:०५
काठमाडौं । हाल कोशी प्रदशको केहि स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायू, स्थानीय वायू प्रभाव रहेको छ। देशका हिमाली र पहाडी भ...
आषाढ़ ६ गते, २०८३ - २२:०२
तेहरान । इरानले विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने होर्मुज स्ट्रेट पुनः बन्द गर्ने घोषणा गरेको छ। लेबनानमा जारी इजरायली आक्रमण र अमे...
आषाढ़ ६ गते, २०८३ - २२:००
पाल्पा । कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझ नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्ड...
आषाढ़ ६ गते, २०८३ - २१:४७
काठमाडौं । पछिल्ला केही दिनयता देशका विभिन्न क्षेत्रमा वर्षा सक्रिय बन्दै जाँदा तराईका जिल्लामा तापक्रम घट्न थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनु...



प्रतिकृया लेख्नुहोस्: