नेपालगन्ज । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको सम्पर्क कार्यालय नेपालगन्जमा चालु आर्थिक वर्षको पाँच महिनामा २३७ वटा उजुरी परेको आयोगले जनाएको छ ।
अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेशबहादुर अधिकारीले चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म सम्पर्क कार्यालयले हेर्ने चार जिल्लाहरु बाँके, बर्दिया, दाङ र रोल्पामा २३७ वटा उजुरी परेको बताए।
उनले १७९ वटा उजुरी विगतका वर्षहरुबाट सरेर आएको र २३७ वटा नयाँ परेका गरेर ४०६ वटा उजुरी रहेकोमा हालसम्म यो वर्ष १४८ वटा उजुरी फछ्र्यौट गरिएको तथा २५८ वटा उजुरी छानविनको क्रममा रहेको बताए।
छानविनको क्रममा रहेका उजुरीहरुमा बाँकेका १०२ वटा, दांगका ८६, रोल्पाका ३७ र बर्दियाका ३३ वटा उजुरी रहेको र उनिहरुको छानवि कार्य तिव्र गतिमा भइरहेको अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख अधिकारीले बताए ।
उनले परेका उजुरीहरु मध्ये अधिकांश उजुरी स्थानीय तहमा बेथिति भएको भनि परेको जनाउँदै उजुरीमा विभिन्न प्रकारका अनियमितताहरु उल्लेख गरिएको बताए।
अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जका अनुसार सो कार्यालयमा परेका उजुरीहरुमा अधिकांश उजुरी बजेट निर्माणदेखि खर्च गर्दासम्म गरिएको अनियमितता, आफ्नो स्वार्थ पुरा गराउन बजेट तयार पार्ने गरिएको, खरिद ऐन विपरित कार्य गरेको, पाठ्यपुस्तक र दिवा खाजामा अनियमितता गरिएको र उपभोक्ता समितिबाट नगराउने काम पनि गराईएको र घुस लिईएको जस्ता उजुरीहरु रहेका छन् ।
एक आर्थिक वर्षमा परेका उजुरी अन्त्यसम्म फछ्र्यौट नहुँदा अर्को आर्थिक वर्षमा सरेर जाँदा कार्यालयमा वर्सेनि उजुरीको सङ्ख्या थपिँदै जाने गरेको पाइएको छ ।
पछिल्लो समय अख्तियारले सरकारी कार्यालयमा निगरानी बढाउन थालेपछि ‘घुस’ प्रवृत्ति कार्यालय बाहिर मौलाउन थालेको देखिएको छ । घुस लिनेहरु अख्तियारको ट्रयापमा पर्न थालेपछि कार्यालय बाहिर घुस लेनदेन हुने गरेको विगतमा अख्तियारले गरेको स्टीङ अपरेशनबाट पनि पुष्टि हुँदै आएको हो ।
अख्तियारमा परेका अधिकांश उजुरीहरुमा अनियमितता पुष्टि हुने गरेको समेत आयोगको नेपालगन्जस्थित सम्पर्क कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २९ गते, २०८२ - ११:०८
जुम्ला। बिहीबार जुम्लाबाट हेलिकोप्टरमा उद्धार गरिएकी सुत्केरीको मृत्यु भएको छ । तिला गाउँपालिका वडा नं ३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको उपचार...
फाल्गुन २९ गते, २०८२ - १०:५९
म्याग्दी। फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुनुभएका डा। महावीर पुनले चुनावी खर्...
फाल्गुन २९ गते, २०८२ - १०:३३
नुवाकोट। स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकिएको छ । बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँ महानगरपालिका...
फाल्गुन २९ गते, २०८२ - १०:२५
हिले । नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई निलम्बन गरेको छ । पार्टी गतिविधि विपरीत काम गरेको आरोप लगाउँदै मङ्गलबार सम्पन्...
फाल्गुन २८ गते, २०८२ - १७:०४
सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...
फाल्गुन २८ गते, २०८२ - १६:४०
काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...
फाल्गुन २८ गते, २०८२ - १६:३३
सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...
फाल्गुन २८ गते, २०८२ - १६:२४
काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...
फाल्गुन २८ गते, २०८२ - १६:१०
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...
फाल्गुन २८ गते, २०८२ - १५:४९
सल्यान। वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परी निधन भएका सल्यानका एक युवकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । कुमाख गाउँपालिका–७ जिमाल...


प्रतिकृया लेख्नुहोस्: