Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

‘३० वर्षदेखि सुरक्षित सुत्केरी गराउँदै लमजुङकी राजकुमारी’

खबरडबली संवाददाता

लमजुङ । लमजुङको मालिङ प्राथमिक अस्पतालको नयाँ भवनसँगै सुत्केरी कक्षमा ‘बेवी वाम’ मेसिन जडान भएपछि लमजुङको क्व्होलासोथार गाउँपालिकाकी सिनियर अनमी राजकुमारी गुरुङ निकै खुशी छिन् ।

मालिङ प्राथमिक स्वास्थ्य चौकीमा ३० वर्षदेखि सुत्केरी सेवा प्रदान गर्दै आएकी उनले यसअघि नवजात शिशुलाई चिसोदेखि जोगाउन विगतमा निकै समस्या हुने गरेको सुनाउँदै ‘बेवी वाम’ (शिशुलाई न्यानो बनाउने उपकरण) जडान भएपछि खुशी लागेको बताइन् ।

‘नवजात शिशुलाई जोगाउन हिटर बाल्नु पथ्र्यो । अब भने सुव्यवस्थित नवनिर्मित अस्पतालमा बेवी वाम उपकरण आएको छ’, गुरुङले भनिन्, ‘यो उपकरण पाएपछि बच्चाहरूलाई चिसोबाट बचाउन सकिन्छ । साँघुरो कोठामा सुत्केरी गराउँथ्यौँ, अहिले भवन पाउँदा दङ्ग छौँ ।’ पुस ४ गते लमजुङको क्व्होलासोथार गाउँपालिका–मा स्थित मालिङ प्राथमिक अस्पताल पूर्णरूपमा निर्माण सम्पन्न भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्पतालको उद्घाटन गरेसँगै स्थानीयस्तरमा गुणस्तरीय सेवा पाउनेमा स्थानीय हर्षित छन् ।

यहाँकै स्थानीय हुन् सिनियर अनमी गुरुङ । ३० वर्षदेखि सुत्केरी गराउँदै आएकी उनी सुविधासम्पन्न सुत्केरी कक्षसहित आवश्यक उपकरण र नवजात शिशुलाई न्यानो बनाउने उपकरण पाएपछि खुशीले गदगद छिन् । यसअघि जोखिमपूर्ण अवस्थामा सुत्केरी गराउनुपरेको भन्दै अब सेवा प्रदान गर्न सहज हुनुका साथै आमा र शिशुलाई प्रभावकारी सुरक्षा दिन सकिने धारणा राखिन् । गुरुङले अस्पतालको सुत्केरी कक्षमा रहेको बेवी वाम उपकरणलाई निकैबेर नियालिन् ।नवजात शिशुका लागि आवश्यक पर्ने उक्त उपकरण पाउँदा उनले आफूले ३० वर्षदेखि सुत्केरी सेवा प्रदान गर्दा गाउँमा भोग्नुपरेको अनेक चुनौतीहरू सम्झँदै सजह स्वास्थ्य सेवा पाएकामा हर्षित भइन् ।

‘३० वर्षअघि गाउँमा सुडेनीले सुत्केरी गराउने चलन थियो । कुनै पनि घरमा सुत्केरी गराउँदा सुडेनीले नसकेका बेला मात्रै मलाई बोलाउने गर्थे’, गुरुङले भनिन् । ‘सधैँ स्वास्थ्यकर्मीको धर्म निर्वाह गर्दै आएकी गुरुङले चार÷पाँच घण्टाको बाटो हिडेर घरदैलोमै सेवाका लागि पुग्थिन् । कसैको ‘नर्मल डेलिवरी’ सुत्केरी हुन्थ्यो । कसैको पिसाब रोकिन्थ्यो । कसैको साल अड्किने, कसैको लामो अवधिसम्म सुत्केरी हुन नसक्ने अवस्था आउँथ्यो । राम्रो र सहज सुत्केरी हुनेबेला कसैले सम्झिँदैनथे । जब सुत्केरीमा जटिल अवस्था आउँथ्यो, तब मात्रै आफूलाई सम्झिने गर्दथे’, उनले आफ्नो विगतको अनुभव सुनाइन् ।

स्वास्थ्यकर्मी भएर प्रदान गरेको सेवाको अनुभवमा सम्झिँदा अझै पनि शरीर जिरिङ हुने थुप्रै क्षण रहेका गुरुङले बताइन्। तीन दशकअघि एउटा घटना भयो, त्यो घटनाले उनलाई बारम्बार तर्साइरहन्छ । उनले अनुभव सुनाउँदै भनिन्, ‘मंसिर महिना थियो, जाडो याम । समाज जातीयताका हिसाबले अहिले जस्तो उदार थिएन । दलित समुदायलाई देख्दा साइत जुर्दैन भन्ने मान्यता भएको समाजमा दलितकै घरमा गएर सुत्केरी सेवा प्रदान गर्नु चुनौतीपूर्ण थियो ।’ आफू स्वास्थ्य सेवा प्रवेश गरेसँगै मानव सेवामा जीवन समर्पित गर्ने अठोट सँगालेर अघि बढेकाले जस्तासुकै चनौती पनि सामना गर्ने हिम्मत आउने उनको अनुभव छ ।

गुरुङले एउटा स्वास्थ्यकर्मीको नजरमा न जात हुन्छ न धर्म हुने भन्दै मानवता र सेवा मात्र हुने बताइन् । ‘दलित समुदायकी सुत्केरी छट्पटाइरहनु भएको थियो । मैले थाहा पाउने बित्तिकै उहाँको घरमा पुगेँ । दुई दिनको लामो ब्यथापछि ती सुत्केरीले छोरा जन्माउनु भयो । छोरा पाएको भन्दै परिवार खुशी हुन थाले । आफन्ती र छरछिमेकीलाई सुनाउनु थाले । सुत्केरी गराए पनि म चिन्तित थिएँ । जन्मिएको नवजात शिशु निसास्सिएको अवस्थामा थियो । उसले श्वास फेर्न सकिरहेको थिएन । शिशु न रुन्छ, न आवाज निकाल्छ । मन आतिएको थियो’, उदास हुँदै उनले सुनाइन् ।

परिवारलाई बच्चाले श्वास फेर्न नसकेको यथार्थ बताएपछि सबै रुन थालेका भन्दै आफूले भने तुरुन्तै बच्चाको मुखमा आफ्नो मुख जुधाएर स्वास भनै थालेको गुरुङले उल्लेख गरिन् । ‘झण्डै आधा घण्टापछि बच्चा चिच्याउँदै रुन थाल्यो । जब बच्चा रोयो परिवार सबै खुशीले हाँस्न थाले । आज एउटा नवजात शिशुलाई जीवन दिन पाएकामा म पनि खुशीले बच्चासँगै डाँको छोडेर रुन थालेँ’, उनले भनिन् ।

बच्चा रुँदा मन थाम्नै नसकेर आफू पनि सँगै रोएको उनको अनुभव छ । आफ्नो प्राण भरेर जीवन दिएको बच्चा अहिले कक्षा ५ मा पढ्छ । गाउँकै स्कुलमा पढ्ने त्यो बालक देख्दा गुरुङको हृदय ममताले भरिन्छ । उनले भनिन्, ‘उसको मुख हेर्छु । अनि मुस्कुराउँछु अनि भगवानलाई धन्यवाद मात्रै भन्छु ।’ गुरुङले स्वास्थ्यकर्मीका रूपमा आम्दानी गरेको अमूल्य सम्पत्ति भनेको आमा र बच्चाको सुरक्षा रहेको बताइन् । सुत्केरी गराउने जिम्मेवारी आउँदा उनी चाडपर्व समेत थाती राख्छिन् । एक दिनको दसैँमा उनी तीन दिन सुत्केरीको घरमा व्यस्त भइन् । दसैँ सकियो । गुरुङ सुत्केरी गराएर मात्रै घर फर्किइन् । ‘दसैँ सकिएछ, पत्तै पाइनछु’, उनले विगत सुनाइन् ।

सरकारले अस्पतालमा आएर सुत्केरी गराए बापत एक जना बराबर रु दुई सय ५५ दिने गरेको छ । गाउँमा सुत्केरी गराउन पुग्दा उनले गरीब परिवारका सुत्केरीलाई पैसा, लत्ताकपडा, खाना दिएर सघाएकी छन् । ‘सुत्केरी भइसकेपछि एउटा सफा कपटाको टालोसमेत किन्न नसक्नेहरू पनि हुनुहुन्छ । यस्तो बेला आफैले लुगाको व्यवस्था गरिदिने गरेकी छु’, गुरुङले भनिन् । कहिलेकाहीँ सुत्केरी गराउन नसकिने अवस्थामा जिल्ला अस्पतालसम्म पुर्‍याउन आवश्यक रकमसमेत जुटाइदिने गरेको उनले बताइन् ।

‘तुरुन्तै अस्पताल पठाउनु पर्छ भन्दा पैसा छैन भनेर रुन थाल्छन्’, गुरुङले भनिन्, ‘यस्तो बेला कहिलेकाँही आफँैले, कहिले अरुसँग जुटाएर खर्च व्यवस्थापन गरिदिने गर्छु, अधिकांशले इमान्दार भएर फिर्ता पनि गरिदिनुहुन्छ ।’ गुरुङले सेवामा कहिल्यै हिसाबकिताब राख्दिनन् । उनलाई लाग्छ, स्वास्थ्यकर्मी भनेको व्यवसाय भन्दा बढी समाजसेवी हो ।

अहिले पालिकामा व्यवस्थित भवनसहितको वर्थिङ सेन्टर खोलेपछि उनी खुशी छिन् । केही महिनाभित्रै पालिकामा एम्बुलेन्सको व्यवस्था हुँदैछ भन्ने खबरले गुरुङ थप उत्साहित छिन् । क्व्होलासोथार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले नवनिर्मित स्वास्थ्य अस्पताल व्यवस्थित बनाउन एम्बुलेन्ससहितको आवश्यक सामग्री जुटाउने प्रक्रियामा पालिका लागेको बताए । उनले गुरुङ जस्ता इमान्दार, मेहनती र आफ्नो सेवामा समर्पित स्वास्थ्यकर्मी स्वास्थ्य क्षेत्रका लागि सदैव आवश्यक पर्ने व्यक्ति हुन् भन्दै गुरुङको प्रशंसा पनि गरे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ...

अध्यादेशको बाटो रोज्दा नेकपाको आपत्ति: ‘संसद् छल्ने काम बन्द गर, अधिवेशन तुरुन्त बोलाऊ’

काठमाडौं । नेकपाले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस...

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडाैं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गर...

जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छः मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख...

बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् । काठमाडौँ महा...

झापामा ८ लाखभन्दा बढी मूल्यको अवैध चिनियाँ स्याउ बरामद

झापा । झापामा अवैध रूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजि स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब साढे १२ बजेको समयमा झापा गाउँपालिका–१ सालमा...

सुकुमबासीको विवरण संकलन गर्न सेना किन सक्रिय ?

काठमाडौँ । काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँको सुकुमबासी बस्ती हटाएसँगै अन्य जिल्लामा पनि सुकुमबासीको विवरण संकलन गर्न थालिएको छ । सुकुमबासीक...

३७ मुद्दा बोकेका ‘पुराना अनुहार’ फेरि पक्राउ: चोरी आरोपमा सन्तोष रानाभाट समातिए

काठमाडौं । पटक–पटक कानुनको फन्दामा परिरहेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ परेका छन्। प्रहरीले लामो आपराधिक पृष्ठभूमि भएका उनलाई नियन्त्रणमा ल...

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहे...

इरान प्रस्तावप्रति अमेरिका कठोर

काठमाडाैँ । युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने प्रस्ताव अघि सारे पनि इरानले आफ्नो आणविक कार्यक्रमबारे छलफल स्थगित गर्न खोजेपछि अमेरिकाले...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending