मुम्बई । अल्लु अर्जुन र रश्मिका मन्डन्नाको फिल्म ‘पुष्पा २ः द रुल’ रिलिजअघि नै विवादमा पर्दै आएको छ । फिल्मले बक्स अफिसमा मनग्य कमाइ गरेपनि फिल्मलाई लिएर चलिरहेको विवाद भने अन्त्य हुन सकेको छैन ।
फिल्मको प्रदर्शनको क्रममा एक महिलाको मृत्युको घटना अझै शान्त हुन सकेको छैन भने अर्कोतिर यसको रिलिज गीत ‘दामुन्टे पट्टुकोरा’ लाई लिएर विवाद बढेको छ । गीतमा पुष्पराजले शेखावतलाई चुनौती दिएका छन् ।
उनी भन्छन्, ‘हिम्मत छ भने मलाई समात ।’ यो गीत फिल्ममा फहद फासिलको क्यारेक्टर एसपी भंवर सिंह शेखावतका लागि बनाइएको भए पनि सामाजिक सञ्जालमा ठूलो विवाद सृजना भएपछि निर्माताले यो गीत युट्युबबाट हटाउनु परेको थियो ।
वास्तवमा नेटिजनहरूले यो गीतमा प्रश्न उठाइरहेका थिए र भनेका छन् कि संध्या थिएटर भागदण्डको घटनामा निर्माताहरूले पुलिस अधिकारीहरूलाई निशाना बनाएका छन् । यही विवादका कारण उक्त गीत फिल्म रिलिज भएकाे २२ दिन पछि युट्युबबाट हटाइएकाे भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
हैदराबादको सन्ध्या थिएटरमा फिल्मको प्रिमियरको क्रममा भागदौडमा ३५ वर्षीया महिला रेवतीको मृत्यु भएको थियो भने उनको ८ वर्षीय छोरा गम्भीर घाइते भएका थिए जसको अवस्था निकै नाजुक रहेको बताइएको छ ।
अल्लु अर्जुनले यस विषयमा कानुनी कारबाही भोगिरहेका छन् । यस घटनापछि उनलाई १३ डिसेम्बर २०२४ मा पक्राउ गरी १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको थियो । तर, उनले सोही दिन जमानत पनि पाएका थिए । हाल सो घटनामा परेका परिवारलाइ पुष्पाः २ को टिमले २ करोड दिने घोषणा गरेका छन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८१ - २०:५५
विराटनगर । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले कडा रोग लागेको विपन्न नागरिकहरूलाई उपचारकाे नाममा १३ करोड २८ लाख बढी रकम बाँड्ने तयारी गरेको छ । ...
चैत्र ८ गते, २०८१ - २०:४९
म्याग्दी । जिल्लाका तीनवटा स्थानीय तहमा विद्युत् आपूर्ति गर्न निर्माण भएको ३३/११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन सञ्चालन भएको छ । पर्वतको जलजला ग...
चैत्र ८ गते, २०८१ - २०:४५
काठमाडौं । दिल्ली उच्च अदालतका न्यायाधीश यशवंत वर्माको घरबाट करिब १५ करोड रुपैयाँ नगद बरामद भएको छ । यो कुरा बाहिर आएपछि सर्वोच्च अदालतको कलेजियमले...
चैत्र ८ गते, २०८१ - २०:०५
वासिङ्टन । ह्वाइट हाउसले इरानमाथि दबाब बढाउँदा अमेरिकाले बिहीबार हुथी–सम्बद्ध जहाजहरूबाट ५० करोड डलर बराबरको इरानी तेल खरिद गर्ने चीनस्थित एक तेल प्रश...
चैत्र ८ गते, २०८१ - २०:०१
खार्तूम । सुडानको सेनाले राजधानी खार्तूमस्थित राष्ट्रपति भवनलाई अर्धसैनिक ‘र्यापिड सपोर्ट फोर्सेज’ले शुक्रबार पुनः कब्जामा लिएको जनाएको छ । सेनाका ...
चैत्र ८ गते, २०८१ - १९:५७
मुम्बई । एलन मस्कको सोसल मिडिया प्लेटफर्म एक्सले सोसल मिडिया सामग्री हटाउन अनुरोध गर्न नियन्त्रण आदेशको प्रयोग गरेकामा भारत सरकारविरुद्ध मुद्दा दायर ग...
चैत्र ८ गते, २०८१ - १९:५२
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले पार्टी कमजोर हुँदा बेला–बेलामा लोकतन्त्र मासिँदै आएको बताएका छन्...
चैत्र ८ गते, २०८१ - १९:४५
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चैत १५ गते काठमाडौंमा हुने विरोध सभामा ठुलो सङ्ख्यामा उपस्...
चैत्र ८ गते, २०८१ - १९:२३
मुम्बइ । यति लामो समयपछि सलमान खानलाई ठूलो पर्दामा देख्दा उनका फ्यानहरु निकै उत्साहित हुनेछन् । अभिनेताको बहुप्रतिक्षित फिल्म सिकन्दर यस वर्षको इदक...
चैत्र ८ गते, २०८१ - १९:१९
ठोरी । ठोरी गाउँपालिकाका नेपाली कांग्रेसका उपसभापति नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जारी ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान अन्तर्ग...
प्रतिकृया लेख्नुहोस्: