काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई अराजक प्रवृत्तिको संज्ञा दिएका छन् । नेकपा (एमाले) स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री कार्कीले दमक नगर कमिटीले आयोजना गरेको बाल प्रतिभाको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सहकारीमा जम्मा गरेको सर्वसाधारणको करोडौँ अर्बौँ रकम अपचलन गर्ने, आफ्नै बैंक खातामा कहाँबाट पैसा आयो भन्ने थाहा नपाए झै गर्ने, आफैँले काटेको चेक मलाई थाहा छैन भन्ने जस्ता गैरजिम्मेवारी पूर्णजवाफ दिनु अराजक प्रवृत्ति रहेको बताएका हुन् ।
सबै किसिमका अराजकताका विरुद्ध सरकार कठोर भएर अघि बढ्ने उनको भनाइ छ । अराजकता र राजनीतिक अस्थिरतालाई उपयोग गरे नेपाली जनताको विकास र समृद्धिको चाहनामा अवरोध पुर्याउने नयाँ, पुराना जुनसुकै पार्टीका नेता, कार्यकर्तालाई कानुनी कठघरामा ल्याउन सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री कार्कीको बताए ।
कुनै बहानामा ठगी र अपराध गर्ने कानुनी दायरा बाहिर हुन नसक्ने भन्दै उनले कुनै दल विशेषको नेता हुँदैमा कानुनी कारबाहीबाट मुक्ति हुनुपर्छ भन्ने तर्क गर्नेले सामाजिक सञ्जालमा अराजकता मच्चाइरहेको उल्लेख गरे । उनले ७० प्रतिशत जनमतसहितका कांग्रेस–एमालेको सत्ता सहकार्यबाट मुलुकअघि बढिरहेको र यसले सरकारको स्थिरता र जनताको विकास र समृद्धिको चाहनालाई बढाइरहेको दाबी गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८१ - २०:३०
सर्लाही । सर्लाहीको बागमती नगरपालिका –२, धरहरामा शनिबार रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७२ वर्षीय सीताराम भण्डारीको रुखबाट लडेर मृत्यु ...
पौष १३ गते, २०८१ - २०:२७
बागलुङ । बागलुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको अस्पतालको रूपमा स्तरोन्नति गरिएको छ । गण्डकी प्रदेश सरकारले व्यवस्थापन तथा संगठन ...
पौष १३ गते, २०८१ - २०:१९
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जलवायु परिवर्तन र वातावरणीय सङ्कटको चुनौतीपूर्ण समयमा ड्रुक्पा परम्पराले देखाएको हरित अभियान र ...
पौष १३ गते, २०८१ - २०:०८
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका –१० स्थित मुलगाउँमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । आगो ताप्ने क्रममा सामान्य विवाद भई कुटपिटले घाइते भएका स्थ...
पौष १३ गते, २०८१ - १९:४९
सुनसरी । राप्रपा अध्यक्ष लिङ्देनले सम्पत्ति शुद्धीकरणको हतियारले अब ठुला दलका कोही नजोगिने बताएका छन् । राप्रपा कोशी प्रदेश समितिले शनिबार इटहरीमा आयो...
पौष १३ गते, २०८१ - १९:१८
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमालेको नेतृत्वबाट हट्न प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दि...
पौष १३ गते, २०८१ - १९:१२
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चीन र भारतका अधिकारीहरूबिच पुस ३ गते बेइजिङमा भएको सहमतिप्रति आपत्ति जनाएको छ । शनिवार सो पार्टीक...
पौष १३ गते, २०८१ - १९:०७
कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् । माछापुछ्रे गाउँपालिका–१ ...
पौष १३ गते, २०८१ - १९:०३
काठमाडौं । आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी दरपाथाना घर भई हाल काठमाडौ...
पौष १३ गते, २०८१ - १८:५७
मेक्सिको । मेक्सिकोका अधिकारीहरूले मेक्सिकोको उत्तरी चिहुआहुआ राज्यमा गोप्य चिहानमा गाडिएका १२ शव फेला पारेको जानकारी दिएका छन् । अधिकारीहरूले अमे...
प्रतिकृया लेख्नुहोस्: