मनाङ । हिमाली जिल्ला मनाङमा अत्यधिक चिसो बढ्दै गएको छ । चिसोका कारण यहाँको फोहरमैला व्यवस्थापन गर्न कठिन भएको छ ।
सदरमुकामस्थित चामे गाउँपालिकाले अध्यधिक चिसोका कारण दैनिक रूपमा उठाउँदै आएको फोहरमैला उठाउन नसक्ने जनाएको छ । अध्यधिक चिसो र हिमपात हुँदा जाडो छल्न जिल्लामा स्थानीय नबस्ने हुँदा फोहर सङ्कलन नगरिने सूचना जारी गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नमनारायण मल्लले जानकारी दिए ।
उनका अनुसार चिसोका कारण यहाँका स्थानीय जाडो छल्न बेँसी झर्ने क्रम बढेसँगै फोहोरमैला कम निस्कने भएकाले सङ्कलन रोकिएको हो ।
“अर्को सूचना जारी नहुँदासम्म फोहोरमैला उठाउने कार्य स्थगन गरिएको छ”, उनले भने, “साथै सो अवधिमा घरबाट निस्किएका फोहरमैला खोला, सडक र सार्वजनिक स्थानमा जथाभावी नफाली उचित व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।”
अत्यधिक चिसो भएपछि माथिल्लो भेगका प्रहरी चौकी र बैंकले सदरमुकाम केन्द्रित भइ सेवा प्रवाह गर्दैआएका प्रमुख जिल्ला अधिकारी मात्रिका आचार्यले बताए । उनका अनुसार नार्पाभूमिको दुईवटा प्रहरी चौकी र बैंक सेवा प्रवाहका लागि सदरमुकाम सारिएको छ भने माथिल्लो मनाङ गाउँको प्रहरी चौकी मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्डेमा सारेर सेवा प्रवाह भइरहेको छ ।
चिसोका कारण माथिल्लो भेगका अधिकांश स्थानीय जिल्ला बाहिर गइसकेका छन् भने तल्लो भेगका चामेलगायतका स्थानीय बाहिर जाने क्रममा रहेका प्रजिअ आचार्यले बताए। यसरी स्थानीय बाहिरिएको अवस्थामा फोहरमैला कम निस्कने भएकाले सङ्कलन र व्यवस्थापनका काम रोकिएको उनले बताए ।
स्थानीय बेँसी झरे पनि सुरक्षा निकाय, स्वास्थ्य तथा विषयगत कार्यालयका कर्मचारीले सेवा प्रवाह गर्दैआएका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए । उनले भने। “स्थानीयको यहाँ बसोबास नभएको बेलामा सुरक्षा दिने हाम्रो जिम्मेवारी हो । त्यसैले यस अवधिमा अपनाउनुपर्ने सुरक्षाका लागि नै खटिएका छौँ ।”
अध्यधिक चिसोका कारण खोला, नदी तथा धारामा पानी जमेको छ । चिसोले पिउने पानीकै समस्या छ । प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार अधिकांश स्थानीय बेँसी झरिसकेका पनि यहाँ रहेका स्थानीयलाई सुरक्षित रहन अनुरोध गरिएको छ ।
जिल्ला अस्पतालका प्रमुख डा दिवाकर कोइरालाका अनुसार जाडोयाममा स्थानीयलाई सेवा प्रवाहमा सहज बनाउने प्रयासमा जुटिरहेको बताए। स्थानीयवासी मङ्सिरदेखि फागुनसम्म अन्यत्र बसाइँ सर्ने गरेका छन् । यस अवधिमा चिसोका कारण यहाँ विकास निर्माणको काम ठप्प रहन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २४ गते, २०८२ - ०८:४६
सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...
चैत्र २४ गते, २०८२ - ०८:४३
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...
चैत्र २४ गते, २०८२ - ०८:३८
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...
चैत्र २४ गते, २०८२ - ०७:४८
एमालेसँगको सम्भावित एकताबारे पनि छलफल
चैत्र २४ गते, २०८२ - ०७:३२
काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...
चैत्र २४ गते, २०८२ - ०७:२८
सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी
चैत्र २४ गते, २०८२ - ०७:२३
कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...
चैत्र २४ गते, २०८२ - ०७:१९
गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...
चैत्र २४ गते, २०८२ - ०७:१६
झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...
चैत्र २४ गते, २०८२ - ०७:१०
काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...


प्रतिकृया लेख्नुहोस्: