Ntc summer Offer
Khabar Dabali २८ चैत्र २०८१ बिहीबार | 10th April, 2025 Thu
Investment bank

सुर्खेतमा ‘मानव स्मारक’ बनाउन नौ करोड ७६ लाख सङ्कलन

खबरडबली संवाददाता

कर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘मानव स्मारक’ बनाउन नौ करोड ७६ लाख ९२ हजार आठ सय ४३ सङ्कलन भएको छ । यही मङ्सिर २१–२८ गतेसम्म वीरेन्द्रनगरमा सञ्चालन भएको श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञबाट उक्त रकम सङ्कलन भएको हो । 

महायज्ञ सञ्चालन मूल आयोजक समितिले आज पत्रकार सम्मेलनमार्फत सप्ताहबाट सङ्कलित रकम सार्वजनिक गर्दै सो रकमबाट मानव सेवा आश्रमको कर्णाली प्रदेशस्तरीय भवन अर्थात् ‘मानव स्मारक’ निर्माण गर्ने जनाएको छ । 

मूल आयोजक समितिका संयोजक डा नवराज केसीले पाँच करोडको लक्ष्य राखिएकोमा करिब दोब्बरले दान संकलन भएको बताए । “महायज्ञमा एकदेखि एक करोडसम्म रकम दान गर्नुभएको छ,” संयोजक केसीले भने, “यसमा हामीले समुदायलाई जोडेका छौँ ।” महायज्ञबाट एक करोड ९७ लाख ६६ हजार ६५ नगद, एक करोड ३३ लाख २७ हजार छ सय एक क्युआर तथा ‘अनलाइन’ माध्यमबाट प्राप्त भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष टीकाराम चपाइले जानकारी दिए । 

३७ लाख ८८ हजार नौ सय २१ रकम बराबरको चेक प्राप्त भएको र पाँच करोड चार लाख १६ हजार ३२ स्थानीय तह र विभिन्न सङ्घसंस्थाहरूले दिने प्रतिबद्धता गरेको उनले बताए । उनका अनुसार त्यसमा ५७ लाख ७९ हजार पाँच सय ८२ व्यक्तिगत प्रतिबद्धता भएको छ । महायज्ञ मूल आयोजक समितिका अनुसार कलश यात्रामा प्रयोग भएको कलश बिक्रीबाट ४२ लाख ७४ हजार आठ सय ८२ र दान पेटिकामा तीन लाख २६ हजार चार सय ५५ तथा किताब बिक्रीबाट १३ हजार तीन सय पाँच सङ्कलन भएको छ । ५० लाख ७४ हजार ८७ महायज्ञ सञ्चालनका क्रममा प्रचारप्रसार, यातायात, खाद्यान्न तथा भान्सा, विद्युत्, इन्धन, अतिथि सत्कार खर्च भएको छ । 

सङ्कलित रकमबाट वीरेन्द्रनगर नगरपालिका–११ स्थित गङ्गामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले प्रदान गरेका २९ बिघा जग्गामा मानव सेवा आश्रमको प्रदेशस्तरीय ‘मानव स्मारक’ भवन निर्माणको कार्य थालनी गरिने संयोजक केसीले बताए । भवन निर्माणका लागि नौदेखि ११ करोड लागत लाग्ने अनुमान गरिएको उनको भनाइ छ । 

डा केसीका अनुसार सरकारको पुँजीले मात्र भवन निर्माण सम्भव नहुने भएकाले महायज्ञमार्फत समाज तथा समुदायबाट पुँजी सङ्कलन गरिएको हो । अबको दुई/तीन महिनामै भवन निर्माण कार्य अगाडि बढाउने तयारी भइरहेको छ । भवनमा सडक आश्रित मानवको उद्धारका लागि मात्र नभई मानव धर्म के हो ? भन्नेबारे बुझाउने मानवता अध्ययन केन्द्रको समेत स्थापना गरिनेछ ।

मानव सेवा आश्रमले ‘मानव स्मारक भवन निर्माणका लागि एउटा छुट्टै विकास समिति गठन गर्ने र सो समितिले नै भवन निर्माण कार्य सम्पन्न गर्ने बताइएको छ । कर्णाली प्रदेश सरकारले पनि भवन निर्माणका लागि चालु आर्थिक वर्षमा एक करोड बजेट दिने घोषणा गरेको छ । उक्त महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथा वाचक रहेर निःशुल्क कथा वाचन गरेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इजरायलले गाजामा आक्रमण: २९ जनाको मृत्यु

काठमाडौं । इजरायली हवाई आक्रमणले गाजा सिटीको शुजैय्या क्षेत्रमा २९ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ र ५० भन्दा बढी घाइते भएका छन् । यसैगरी, मलब...

प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतका कृषि तथा किसान कल्याणमन्त्री शिवराजसिंह चौहानले आज शिष्टाचार भेट गरेका छन् । ...

सोबिता गौतम आइपियूको स्वास्थ्यसम्बन्धी समितिमा निर्वाचित

काठमाडाैं । सांसद सोबिता गौतम १५०औँ अन्तरसंसदीय संघ (आइपियू) महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिमा निर्वाचित भएकी छिन् । आइपियू महासभाको २१...

झापा गाउँपालिकाका किसान व्यावसायिक मकैखेतीमा

झापा । खेतबारीमा हुर्किएका पाँच फिट अग्ला मकैका बोटमा सुत्ला च्यापेका भरिला तीन वटासम्म घोगा फलेको देखेर झापा गाउँपालिका वडा नम्बर २ का नरेन्द्रकुमार ...

आठ महिनामा ८ अर्ब रुपैयाँ अध्ययनका नाममा विदेश बाहिरियो

काठमाडौं। अध्ययनका नाममा नेपालबाट विदेश जाने रकम हरेक महिना वृद्धि हुँदै गएको छ । बुधवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको आठ...

बाग्लुङको ताराखोला गाउँपालिका–३ का वडाध्यक्ष भण्डारी मृत फेला

बाग्लुङ । बाग्लुङको ताराखोला गाउँपालिका–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत भेटिएका छन् ।  बुधबार बिहान करिब ११ बजे भण्डारी आफ्नै घरनजिकको गोठबाह...

कोशी प्रदेशमा ‘पर्यटन वर्ष २०८२’ सुरु

धनकुटा । कोशी प्रदेश सरकारले २०८२ साललाई लक्षित गरेर कोशी पर्यटन वर्ष सुरु गरेको छ । कोशी प्रदेशको प्रसिद्ध पर्यटकीय स्थल तीनजुरे मिल्के क्षेत्रबाट पर...

मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत र...

चीनले अमेरिकाको समानमा ८४ प्रतिशत कर लगाए पछि विश्वभरी हंगामा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेश गर्ने चिनियाँ सामानमा १०४ प्रतिशत कर लगाएपछि बिहीबारदेखि लागू हुने गरी चीनले पनि अमेरिकी...

आगामी तीन दिन हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy