Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

ओलम्पिक, उथलपुथल र ट्रम्पको वर्षपछि विश्वले सन् २०२५ लाई स्वागत गर्दै

खबरडबली संवाददाता

सिड्नी । सन् २०२५ लाई अभिवादन गर्न भीडले मङ्गलबार आतसबाजीको आनन्द लिँदै र स्याम्पेन पिउँदै ओलम्पिक गौरव, डोनाल्ड ट्रम्पको नाटकीय पुनरागमन तथा मध्यपूर्व र युक्रेनमा उथलपुथल ल्याउने वर्षलाई बिदाइ गर्ने छन् । 

सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्षका रुपमा दर्ता हुने लगभग निश्चित छ । जलवायु-प्रेरित विपत्तिहरूले युरोपको मैदानदेखि काठमाडौं उपत्यकासम्म तहसनहस पारेको छ । मङ्गलबार दिउँसो अस्ट्रेलियाको मनमोहक सिड्नी हार्बरमा नयाँ वर्षको पूर्वसन्ध्याको समारोह सुरु हुँदा धेरै दर्शकहरु बितेको १२ महिनालाई पछाडि छोड्न पाउँदा राहत महसुस गरिरहेका थिए । 

“स्पष्टरुपमा विभिन्न ठाउँमा धेरै युद्ध र अशान्ति चलिरहेको छ”, ३२ वर्षीय बीमा कर्मचारी स्टुअर्ट एडवड्र्सले सिड्नीको जलक्षेत्रमा भीड बढ्दै गर्दा भने, “यदि यी सबै कुराहरू आफैँ समाधान हुन्थे र मिल्थे भने संसारका लागि राम्रो हुन्थ्यो ।” ‘विश्वको नयाँ वर्षको राजधानी’ भनिने यस शहरले मध्यरातमा आफ्नो प्रख्यात अपेरा हाउस र हार्बर ब्रिजबाट नौ टन आतसबाजी छोड्नेछ । आतसबाजी हेर्न शहरको किनारमा दश लाखभन्दा बढी दर्शक जम्मा हुने अपेक्षा गरिएको छ । “सबै सुन्दर रङहरु देखेर र अद्भुत अस्ट्रेलियामा यति धेरै मानिससँग यो परिस्थितिमा रहन पाउँदा आनन्द लिँदैछु”, ७१ वर्षीय सेवानिवृत्त नर्स रुथ रोसेले भने । टेलर स्विफ्टले यस वर्ष आफ्नो इरास भ्रमण समाप्त गरे । पिग्मी हिप्पो मो देङ भाइरल भयो र १६ वर्षीया फुटबल प्रतिभा लामिन यमलले स्पेनलाई युरो जित्न मद्दत गरे । 

पेरिस ओलम्पिकले जुलाई र अगस्टमा केही हप्ताका लागि विश्वलाई एकजुट गर्यो । खेलाडीहरूले सेन नदीमा पौडी खेले, आइफेल टावरको छायाँमा दौडे र भर्साइल दरबार बाहिरको सजाइएको लनमा घोडा चढे । 

चुनावी उथलपुथल

यो चुनावको विश्वव्यापी वर्ष थियो । निर्वाचनमा ६० भन्दा बढी देशमा करोडौँ मानिसले मतदान गरे । भ्लादिमिर पुटिन व्यापकरुपमा नक्कली मानिएको रुसी मतदानमा विजयी हुनुभयो भने बङ्गलादेशमा विद्यार्थी विद्रोहले सत्तारुढ प्रधानमन्त्रीलाई हटायो । तथापि डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा फर्काउने नोभेम्बर ५ को प्रतिस्पर्धा जत्तिको कुनै पनि मतदान नजिकबाट हेरिएको थिएन । 

मेक्सिकोदेखि मध्यपूर्वसम्म कमान्डर-इन-चिफका रुपमा ट्रम्पको पुनरागमनले पहिले नै तरङ्ग सिर्जना गरेको छ । नवनिर्वाचित राष्ट्रपति ट्रम्पले चीनलाई आर्थिक पीडा दिने धम्की दिनुभएको छ भने ‘२४ घन्टा’ भित्र युक्रेन युद्ध रोक्ने आफ्नो क्षमताको घमण्ड गरेका छन् । 

आशा र त्रास

बशर अल-असद सिरियाबाट भागेपछि, इजरायल दक्षिणी लेबनानमा प्रवेश गरेपछि र हिजबुल्लालाई लक्षित गर्ने हत्याको लहरमा परिमार्जित इलेक्ट्रोनिक्स विस्फोट भएपछि मध्यपूर्वभर उथलपुथल फैलियो । खाना, आश्रय र औषधिको घट्दो भण्डारले मानवीय सङ्कटलाई अझ अन्धकारमय बनाएको गाजाको निरन्तर युद्धबाट नागरिकहरु थकित भए । 

“सन् २०२४ सबैभन्दा कठिन वर्ष थियो”, विस्थापित बासिन्दाहरूको ठूलो सङ्ख्या अहिले भीडभाड भएका पालहरुमा बस्न बाध्य देइर अल-बलाहबाट वफा हज्जाजले भन्नुभयो, “मैले वर्षको सुरुदेखि नै मेरा बुबा र नजिकका साथीहरूसहित धेरै प्रियजनहरू गुमाएँ, सुरक्षा र शान्ति फर्कियोस् र युद्ध अन्ततः अन्त्य होस् ।”

लामो समयदेखिका शासक असदलाई इस्लामवादी विद्रोहीहरूले अपदस्थ गरेपछि सिरियामा नयाँ वर्ष नजिकिँदै गर्दा आशा र त्रास थियो । “सुरक्षा अवस्थाका कारण हामी यस वर्ष बाहिर जान हिचकिचाएका थियौँ, तर हामीले आफ्नो डरलाई जित्ने र आफ्नो बानी परिवर्तन नगर्ने निर्णय गर्यौँ”, ३४ वर्षीया वकिल माराम अयुबले राजधानी दमास्कसबाट भने । 

फेब्रुअरीमा युक्रेनमाथि रुसको आक्रमणले आफ्नो दुःखद तीन वर्ष पूरा गर्दैछ । पूर्वी क्षेत्रमा कमजोर हतियार भएको युक्रेनले अब महत्वपूर्ण सैन्य सहयोग घटाउन दृढ देखिएको ट्रम्प प्रशासनको सामना गर्नुपर्ने छ । किएभको सडकमा शिक्षक कातेरिना चेमेरिजले ‘युक्रेनका लागि अन्ततः शान्ति प्राप्त होस्’ र ‘मानिसहरु मर्न नपरोस्’ भन्ने चाहना राखे । 

पुनरागमन, फुटबल, उत्सव

एआईको प्रगति र उच्च मुद्रास्फीति घट्ने अनुमान गरिएको सन् २०२५ मा अझै धेरै आशाजनक कुराहरु छन् । ब्रिटपप ब्याड ब्वाइज ओएसिसले लामो प्रतीक्षित पुनर्मिलन गर्नेछ भने के-पप मेगास्टार बिटिएस दक्षिण कोरियामा सैन्य सेवापछि स्टेजमा फर्कनेछ । 

फुटबल प्रेमीहरुले संयुक्त राज्य अमेरिकामा आयोजना हुने नयाँ ढाँचाको ३२ टिम सहभागी क्लब विश्वकप हेर्न पाउनेछन् । भारतको पवित्र नदी किनारमा हुने भव्य कुम्भ मेला उत्सवमा ४० करोड तीर्थयात्रीको अपेक्षा गरिएको छ । यसलाई पृथ्वीमा मानवताको सबैभन्दा ठूलो जमघट भनिएको छ । 

बेलायतको मौसम सेवाले सन् २०२५ का लागि पहिले नै विश्वव्यापी उच्च तापक्रमको पूर्वानुमान गरेको छ । सेवाले अहिलेसम्मकै सबैभन्दा तातो वर्षहरुमध्ये एक हुने सम्भावना रहेको बताएको छ । तर विद्युतीय सवारी साधनको बिक्री बढ्दै जाँदा र नवीकरणीय ऊर्जाको वृद्धिसँगै जलवायु परिवर्तनमा हिमनदीको प्रगतिले अन्ततः गति लिनसक्ने आशाको किरण देखिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE