काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको विकल्पका रुपमा रहेको सिस्नेरी खानेपानी आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाउन सुरु भएको छ । आयोजनाको सम्भाव्यता अध्ययन सकिएर विस्तृत आयोजनाको काम अघि बढाइएको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. सञ्जीवविक्रम राणाले जानकारी दिए ।
उनले भने, ‘चालु आर्थिक वर्षभित्र परामर्शदाता छनोट हुन्छ र काम सुरु भएको १४ महिनामा प्रतिवेदन तयार हुन्छ ।’ बोर्डले मकवानपुरमा अवस्थित सिस्नेरी र कोगटे खोलाको पूर्वसम्भाव्यता अध्ययन भने पूरा गरिसकेको छ ।
खानेपानी मन्त्री प्रदीप यादवले ललितपुरका धेरै ठाउँमा खानेपानी आपूर्ति गर्ने उद्देश्यले सिस्नेरी खानेपानी आयोजनाअघि बढाउन लागिएको बताए । उनका अनुसार यो आयोजना मेलम्ची खानेपानी आयोजनाको विकल्पमा बनाउन लागिएको हो । वर्खापछि सञ्चालनमा आएको मेलम्ची खानेपानी अहिले फेरि बन्द भएको अवस्था छ ।
काठमाडौँ उपत्यकाको जनसङ्ख्या बढ्दै जाँदा मेलम्चीको पानी मात्रै पर्याप्त नहुने भएकाले नयाँ विकल्पमा काम सुरु गरिएको हो । सिस्नेरीमा बाँध बाँधेर खोलाको पानी सङ्कलन गर्ने र उपत्यकामा पठाइने कार्यकारी निर्देशक राणाले बताए । उनका अनुसार उक्त आयोजनाबाट दैनिक १३ करोडदेखि १४ करोड लिटर पानी उपत्यकामा ल्याउन सकिन्छ ।
उक्त आयोजनास्थल ललितपुरको सैंबु रिजर्भ वायरबाट करिब १९ किलोमिटर टाढा दक्षिणमा पर्दछ । जुन कुलेखानी खोला, सिस्नेरी खोला र मकवानपुर जिल्ला हुँदै बगेको बागमती नदीको नजिक पर्दछ । सिस्नेरीमा रहेको कोगटे खोला कुलेखानीको शाखा हो भने कुलेखानी बागमती नदीको शाखा हो ।
यस आयोजनालाई दीर्घकालीन महत्वको आयोजनाका रुपमा हेरिएको छ । यस आयोजनाअन्तर्गत सिस्नेरीमा बाँध निर्माण गरी कोगटे खोला र कुलेखानी खोलाको पानी वर्षायामको समयमा सङ्कलन गरिनेछ र सङ्कलित पानीलाई पम्प गरी सैंबु जलाशयमा पठाई ललितपुर महानगर क्षेत्रभित्र वितरण गरिनेछ । सिस्नेरीमा निर्माण हुने बाँधको लम्बाई एक सय ६२ मिटर र उचाई ६५ मिटर रहने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २४ गते, २०८२ - ०८:४६
सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...
चैत्र २४ गते, २०८२ - ०८:४३
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...
चैत्र २४ गते, २०८२ - ०८:३८
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...
चैत्र २४ गते, २०८२ - ०७:४८
एमालेसँगको सम्भावित एकताबारे पनि छलफल
चैत्र २४ गते, २०८२ - ०७:३२
काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...
चैत्र २४ गते, २०८२ - ०७:२८
सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी
चैत्र २४ गते, २०८२ - ०७:२३
कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...
चैत्र २४ गते, २०८२ - ०७:१९
गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...
चैत्र २४ गते, २०८२ - ०७:१६
झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...
चैत्र २४ गते, २०८२ - ०७:१०
काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...


प्रतिकृया लेख्नुहोस्: