Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

२५ वर्षमुनिका लेखकलाई नेपालयको खुला आह्वान

खबरडबली संवाददाता

काठमाडौं । नेपाली प्रकाशनको फाँटमा नवीनताको पाटो उघार्दै ‘पल्पसा क्याफे’ उपन्यासमार्फत उदाएको पब्लिकेसन नेपालय २० वर्ष पुगेको छ। यो लामो यात्रापछि अब फेरि यस प्रकाशन गृहले नयाँ पुस्ताबीचबाट नयाँ सम्भावनाहरूको खोजी, सम्बर्द्धन र तिनको विकासमा आफूलाई संलग्न गराउने जमर्को गरेको छ।

नयाँ वर्षको आगमनसँगै ‘२०२५ मा २५ का २५’ मन्त्र बोकेर यो आह्वानको थालनी हुन लागेको हो। यसअन्तर्गत यसै वर्ष पब्लिकेसन नेपालयले संसारभरि फैलिएका २५ वर्ष वा त्योभन्दा कम उमेरका नेपाली तन्नेरीहरुको फरक विधाका तीन वटा पुस्तक प्रकाशन गर्ने घोषणा गरेको छ। पुस्तकहरु कथा, कविता र निबन्ध विधाका हुनेछन्।

यसका लागि ‘एक्काइसौं शताब्दी के सोचिरहेको छ? के लेखिरहेको छ?’ भन्ने प्रश्नमा केन्द्रित रही वर्तमान सहश्राब्दीमा जन्मेका लेखकहरूलाई पब्लिकेसनले खुला आह्वान गरेको छ।

‘सन् २००० लागेयता जन्मेका जोसुकै नेपाली, नेपाली मूल वा नेपाली भाषी युवा पुस्ताले तीनवटै विधामा आफूलाई सरिक गराउन सक्छन्,’ पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्य भन्छन्, ‘लेखकहरूले नेपाली, नेपालभित्र बोलिने जुनसुकै भाषा वा अंग्रेजीमा आफ्ना सामग्री तयार पार्न सक्छन्।’

त्यसैगरी, लेखकहरू जुनसुकै शीर्षक, विषय, शैली वा लयमा लेख्न स्वतन्त्र रहनेछन्।

तीन विधामध्ये निबन्धका हकमा यो आफैंमा बन्धनरहित खुला विधा भएकाले यसमा निबन्ध, प्रबन्ध, संस्मरण, यात्रा, जीवनी, प्रोफाइल, फिचर, मनोवाद, हास्य, व्यंग्य, टिप्पणी, ओपेड, कसैलाई सम्बोधन, समीक्षा, भावना, कल्पना, धारणा, सपना, प्रभाव, मिथक, श्रुति आदि सबैखाले रचना स्वीकार्य हुनेछन्।

हालसम्म कुनै पनि माध्यमबाट सार्वजनिक नभएका त्यस्ता रचनाहरू बढीमा २५ सय शब्दको हुनुपर्ने प्रावधान राखिएको छ।

त्यसैगरी, ‘आर्टिफिसियल इन्टेलिजेन्स’को प्रयोग गरेर तयार पारिएको कुनै पनि लेख वा रचना यो प्रतिस्पर्धाका लागि अमान्य हुनेछ।

तयार रचनालाई २०२५ को फेब्रुअरी २५ तारिखभित्र पब्लिकेसन नेपालयको वेबसाइटमार्फत् समाविष्ट गर्न सकिन्छ। वेबसाइटमै त्यसका लागि फारम राखिएको छ।

लामो र भारीभरकम भन्दा पनि रसिलो-कसिलो, सरल-तरल, शुद्ध-चुस्त अनि छोटो-छरितो रचना छनौटमा पर्ने सम्भावना बढी रहेको जानकारी पनि पब्लिकेसनले दिएको छ।

यसरी प्राप्त भएका रचनाहरुलाई लेखकहरू श्रवण मुकारुङ, भूषिता वशिष्ठ र नारायण वाग्ले सम्मिलित निर्णायक समितिले २५ वटाका दरले छनौट गर्नेछ। तत्पश्चात् छनौटमा परेका लेख-रचनाहरू विधागत हिसाबले तीनवटा फरक फरक पुस्तकका रुपमा सन् २०२५ भित्रै पब्लिकेसन नेपालयले प्रकाशन गर्नेछ। पुस्तकमा अटाएका प्रत्येक लेखकलाई पब्लिकेसनको नियमअनुसार रोयल्टी प्रदान गरिनेछ भने केही लेखकसँग पुस्तक प्रकाशनका लागि सम्झौता पनि गरिनेछ।

लेखकको योग्यता भनेकै केवल उनको जन्म सन् २००० को जनवरी १ तारिख वा त्यसभन्दा पछि भएको हुनुपर्नेछ। त्यसका लागि जन्ममिति खुल्ने तस्बिरसहितको कुनै पनि परिचयपत्र संलग्न गरी पठाउनुपर्ने हुन्छ।

‘हामीले आफ्ना प्रकाशन र त्यसको प्रवर्द्धनमा नवीनतालाई सदैव प्राथमिकतामा राख्दै आएका छौं,’ नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यो अभियान नयाँ पुस्तामा सम्भावना बोकेर बसेका लेखकहरू कुनै कारणवश अगाडि आउन सकिरहेका छैनन् भने उनीहरुसम्मै पहुँच बनाउने प्रयासको सुरुवात हो।’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढ्यो

काठमाडौँ। अर्थसचिव घनश्याम उपाध्यायले सरकारले कानुनी सुधारलाई तीव्र रूपमा अघि बढाएको बताएको छन् । मङ्गलबार बसेको प्रतिनिधिसभाअन्तर्गत अर्थ समिति बैठकम...

प्रतिनिधिसभामा आज शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा आज संसदमा प्रतिनिधित्व गर्ने ६ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्। बैठक दिउँसो १ बजे बस्ने कार्यसूची तय भएको स...

श्रममन्त्रीको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ अपहरण तथा शरीर बन्धक आरोपमा पक्राउ

सप्तरी। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्त गरेका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका ...

श्रममन्त्रीको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ अपहरण तथा शरीर बन्धक आरोपमा पक्राउ

सप्तरी। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्त गरेका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका ...

बजेटमा अस्वाभाविक अंक राख्ने प्रवृत्ति सच्याइने: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले बजेट निर्माणमा लामो समयदेखि देखिँदै आएको अस्वाभाविक रूपमा ठूलो अंक राख्ने प्रवृत्तिलाई सच्याइने बताएका छन्। ...

लेबनानमा इजरायली आक्रमण, छ जनाको मृत्यु

बेरुत। युद्धविराम सम्झौताको बाबजुद दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा छ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको  सरकारी मिडियाले जनाएको छ...

फलेवास नगरपालिकाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै

पर्वत। सङ्घीयता कार्यान्वयनमा आएको एक दशकपछि यहाँको फलेवास नगरपालिकाको भवन निर्माण भएको छ । जिल्लाको सातवटा स्थानीय तहमध्ये फलेवास नगरपालिका आफ्नै ...

१२ वर्षदेखि अलपत्र घुमाउने पुलको ठेक्का रद्द

तनहुँ । पोखरा–नारायणगढ सडकको वैकल्पिक मार्गका रूपमा रहेको बुद्धसिंह मार्गअन्तर्गत घुमाउनेस्थित त्रिशूली नदीमा निर्माणाधीन मोटरेबल पुलको ठेक्का सम्झौता...

समस्याग्रस्त सहकारीका बचत फिर्ता प्रक्रिया अघि बढ्दै

काठमाडौँ समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका बचतकर्ताको मागदाबी अनुसार बचत फिर्ता प्रक्रिया अघि बढाउन आवश्यक विवरण संकलन कार्...

कोइराला पक्षको आकस्मिक छलफल

काठमाडौं । शेखर कोइरालाले आफू निकट नेताहरूलाई छलफलका लागि बोलाएका छन्। गगन थापा ले सोमबार विशेष महाधिवेशनमा सहभागी नभएका १९ जनालाई केन्द्रीय सदस्यमा म...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending