Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

पहिलाे पटक टावररहित माेबाइल सेवा, भारतवाट अन्तरिक्षमा लञ्च गरिँदै उपग्रह

खबरडबली संवाददाता

काठमाडाैं ।  भारतको अन्तरिक्ष अभियान (इसरो)ले सन् २०२५ मा धेरैका लागि विशेष बनाउने भएको छ। आगामी ६ महिनामा इसरोले एकपछि अर्को ठूला मिसनहरू प्रक्षेपण गर्न लागेको छ। तीमध्ये सबैभन्दा बढी चर्चामा रहेको गगनयान मिसन र भारत-अमेरिकाबीच अहिलेसम्मको सबैभन्दा महंगो संयुक्त उपग्रह ‘निसार’ अभियान हो। 

भारतीय सञ्चारमाध्यमका अनुसार यो संयुक्त अभियानको कथा यहाँ मात्र समाप्त हुँदैन, यसले चाँडै आफ्नो फोनबाट सिधा स्पेसमा कल गर्न सम्भव बनाउनेवाला पनि छ।

इसरोले यही फेब्रुअरी र मार्च भित्रमा अमेरिकी सञ्चार उपग्रह प्रक्षेपण गर्नेछ। यसको मद्दतले अब तपाईंको स्मार्टफोनले कल गर्न र स्पेसमा सिधा जडान गरेर इन्टरनेट प्रयोग गर्न सक्षम हुनेछ।

विशेष कुरा यो हो कि यसका लागि कुनै विशेष ह्यान्डसेट वा टर्मिनल आवश्यक पर्दैन। यो पूर्ण रूपमा व्यावसायिक प्रक्षेपण हुनेछ, जसलाई इसरोका वाणिज्य शाखा न्यू स्पेस इन्डिया लिमिटेडद्वारा कार्यान्वयन गर्दैछ।

यो मिसन के हो? 

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले अमेरिकाको एसटी स्पेश मोबाइल कम्पनीको उपग्रह प्रक्षेपण गर्न लागेको हो। यो मिसन विशेष टेक्नोलोजीमा आधारित छ, जसले मोबाइल फोनलाई सिधै उपग्रहहरूमा जडान गर्ने क्षमता राख्नेछ।

अमेरिकी कम्पनीले भारतबाट ठूलो सञ्चार उपग्रह प्रक्षेपण गर्न लागेको यो पहिलो पटक हो। भारतले अहिलेसम्म अमेरिकी कम्पनीका साना उपग्रह मात्रै प्रक्षेपण गर्दै आएको थियो।

यो प्रविधिको उद्देश्य संसारको जुनसुकै कुनामा, चाहे त्यो पहाड होस्, जङ्गल होस् वा समुद्रको बीचमा मोबाइल नेटवर्क उपलब्ध गराउनु हो। यो अभियान सफल भएमा अब मोबाइल टावर विना पनि कल गर्न र इन्टरनेट सेवा लिनका लागि सहजै उपलब्ध हुने भएको छ।

नेटवर्क कभरेज एक प्रमुख चुनौती भएको क्षेत्रका लागि यो क्रान्तिकारी साबित हुने इसोरोले जनाएको छ।

यो प्रणालीले कसरी काम गर्नेछ?

यो एक ठूलो र उन्नत उपग्रह हो, जुन प्रत्यक्षदेखि बिक्री प्रविधिमा डिजाइन गरिएको हो। यो स्याटेलाइटले फोनमा सिधै सिग्नलहरू पठाउने छ, जसले गर्दा मोबाइलले कुनै मध्यवर्ती टावर वा नेटवर्क बिना काम गर्नेछ।

अर्थात्, तपाईंको स्मार्टफोनको लाइन सिधै स्पेसमा जडान हुनेछ। यो मिसन इसरोको लागि अर्को उपलब्धी हो, जसले अन्तर्राष्ट्रिय अन्तरिक्ष मिशनहरूमा भारतको भूमिकालाई अझ बलियो बनाउने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

एन्टेना आधा फुटबल मैदान बराबर

यस स्याटेलाइटको एन्टेना करिब ६४ वर्ग मिटरको हुनेछ, जुन आधा फुटबल मैदान बराबर हो।  यसको तौल करिब ६००० किलोग्राम हुनेछ र भारतको श्रीहरिकोटाबाट इसरोको एलभिएम-३ रकेट (बाहुबली) मार्फत अन्तरिक्षको कक्षमा राखिनेछ।

यो प्रक्षेपण इसरोको लागि ठूलो उपलब्धी हो किनभने यसले अमेरिकी कम्पनीहरूको भारतको रकेट र प्रक्षेपण प्रणालीमा विश्वास बढाउने छ। यसअघि एलभिएम-३ ले वेन वेभ स्याटेलाइट तारामण्डललाई दुई पटक सफलतापूर्वक प्रक्षेपण गरिसकेको छ।

यसको फाइदा 

विश्वव्यापी नेटवर्क कभरेजः अब दुर्गम क्षेत्रमा पनि नेटवर्क उपलब्ध हुनेछ। विपद् व्यवस्थापनमा सहयोगीः  बाढी, भूकम्प वा कुनै पनि विपद्को समयमा मोबाइल टावरले काम नगर्दा यो प्रविधि निकै उपयोगी हुनेछ।

सस्तो र पहुँचयोग्य नेटवर्क

मोबाइल नेटवर्क कम्पनीहरूको खर्चमा कमी आउने छ, जसको प्रत्यक्ष लाभ उपभोक्तालाई हुनेछ।

यो सेवा स्पेसबाट प्रत्यक्ष कलहरू प्रयोग गर्नका लागि कसैले पनि सेवा प्रदायकहरू जस्तो कि (एयरटेल, भोडाफोन, एनटिसी, एनसेल) जस्ता मोबाइल नेटवर्क उपलब्ध गराउने कम्पनी परिवर्तन गर्न नपर्ने कम्पनीले जनाएको छ। ‘यसका लागि हामी विश्वभरका मोबाइल नेटवर्क अपरेटरहरूसँग काम गरिरहेका छौं,’ इसरोले प्रारम्भिक जानकारी दिँदै भनेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending