Khabar Dabali ५ श्रावण २०८३ मंगलवार | 21st July, 2026 Tue
Investment bank

कोशी सरकार फेरबदलको बहस तीव्र : कांग्रेस अन्योलमा, वाम गठबन्धनको सम्भावना बलियो

खबरडबली संवाददाता

विराटनगर । कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशमा देखिएको नयाँ राजनीतिक समीकरणको प्रभाव अब कोशी प्रदेशमा पनि देखिन थालेको छ। एमाले नेतृत्वको प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिने चर्चा चलिरहे पनि पार्टीले अहिलेसम्म औपचारिक निर्णय गरेको छैन। यसबीच कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले आन्तरिक राजनीतिक परामर्शलाई तीव्र बनाएका छन्।

नेपाली कांग्रेसले प्रदेश सरकारको भविष्यबारे केन्द्रसँग छलफल गर्न कोशी प्रदेश संसदीय दलका नेता तथा प्रदेश सभापति उद्धव थापा र केन्द्रीय सदस्य अमृत अर्याललाई जिम्मेवारी दिएको छ। अर्कोतर्फ मुख्यमन्त्री तथा एमाले सचिव हिक्मतकुमार कार्की केही दिनयता काठमाडौंमा सक्रिय रहँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग लगातार परामर्शमा जुटेका छन्।

एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रमेशकुमार बस्नेतले कोशीको राजनीतिक अवस्था निकै संवेदनशील रहेको भन्दै पार्टी नेतृत्वलाई सचेत गराएको बताएका छन्। उनका अनुसार प्रदेशमा पटक–पटक सरकार परिवर्तन भएको, सभामुखसमेत सरकार गठनको प्रक्रियामा विवादित बनेको तथा वर्तमान अंकगणितले असावधानी भए मध्यावधि निर्वाचनसम्मको अवस्था सिर्जना हुन सक्ने जोखिम रहेको जानकारी नेतृत्वलाई गराइएको छ।

उनले अहिले सरकार बनाउने–गिराउने खेलभन्दा पनि स्थायित्वलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। वामपन्थी सहकार्यबारे भने पार्टी नेतृत्वबाट हालसम्म कुनै औपचारिक निर्देशन नआएको उनको भनाइ छ।

यसअघि मुख्यमन्त्री कार्कीले पनि केन्द्रको निर्णयअनुसार कांग्रेस सरकारबाट बाहिरिए पनि आफू प्रदेशमा विधि र प्रक्रियाअनुसार मात्रै अघि बढ्ने बताएका थिए। कांग्रेससँग प्रदेश तहमा कुनै असहमति नरहेको र सकेसम्म सहकार्यलाई निरन्तरता दिन चाहेको उनको भनाइ थियो।

यता नेकपा (माओवादी केन्द्र) ले भने बदलिँदो राजनीतिक अवस्थालाई अवसरका रूपमा हेरेको छ। संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो काठमाडौं पुगेर शीर्ष नेताहरूसँग सम्भावित नयाँ समीकरणबारे छलफलमा जुटेका छन्।

कांग्रेसका नेताहरू भने तत्काल सरकार परिवर्तन हुने सम्भावना नरहेको बताउँछन्। प्रमुख सचेतक गोपाल तामाङका अनुसार बीपी जयन्तीका कार्यक्रम सम्पन्न नभएसम्म नयाँ राजनीतिक निर्णय हुने सम्भावना कम छ। प्रदेश महामन्त्री भुपेन्द्र राईले पनि अहिले सरकार परिवर्तनबारे औपचारिक छलफल नभएको बताएका छन्।

वाम गठबन्धन बने सहज बहुमत

९२ सदस्यीय कोशी प्रदेश सभामा सरकार बनाउन ४७ सांसदको समर्थन आवश्यक पर्छ। एमालेसँग ४० र नेकपा (माओवादी केन्द्र)सँग १७ सांसद रहेकाले दुवै दल मिल्दा ५७ सदस्यीय स्पष्ट बहुमत पुग्छ।

तर एमालेबाहेकको गठबन्धन भने सहज देखिँदैन। कांग्रेसका २९ र नेकपाका १७ सांसद जोड्दा ४६ मात्रै पुग्छ। बहुमतका लागि थप एक सांसद आवश्यक पर्ने भएकाले जसपा वा राप्रपाको समर्थन अपरिहार्य हुन्छ। राप्रपाले सत्ताको अंकगणितमा सहभागी नहुने संकेत गरिसकेकाले एमालेबाहेकको नयाँ सरकार गठनको सम्भावना कमजोर देखिएको छ।

यही कारण अहिले कोशी प्रदेशको राजनीति कांग्रेस–एमाले गठबन्धन कायम रहने कि वामपन्थी नयाँ समीकरण बन्ने भन्ने मोडमा पुगेको छ। केन्द्रको राजनीतिक निर्णयले नै प्रदेश सरकारको आगामी दिशा तय गर्ने देखिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सक्कली बिल लिने उपभोक्तालाई सरकारको उपहार : दैनिक लखपति, महिनामा दुई जनाले पाउने १०–१० लाख

  काठमाडौं । सरकारले कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउन सक्कली बिल लिने उपभोक्तालाई लक्षित गर्दै आकर्षक पुरस्कार योजना सञ्चालन गर्ने भएको...

कोशी सरकार फेरबदलको बहस तीव्र : कांग्रेस अन्योलमा, वाम गठबन्धनको सम्भावना बलियो

विराटनगर । कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशमा देखिएको नयाँ राजनीतिक समीकरणको प्रभाव अब कोशी प्रदेशमा पनि देखिन थालेको छ। एमाले नेतृत्वको प्रदेश सर...

आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलरदेखि युरोसम्म कति पुग्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन ५ गते (आज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले निर्धारण गरेको दरअनुस...

पुल बन्यो, बाटो बनेन : जोखिम मोलेर यात्रा गर्न बाध्य डुडुवाका स्थानीय

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–१ कधइपुरवास्थित डुडुवा खोलामाथि निर्माण गरिएको पुल स्थानीयका लागि सहजताको भन्दा बढी जोखिमको कारण बनेको छ। पुल बन...

आयु सकिएको कोशी ब्यारेज : नयाँ पुलको योजना रोकिँदा बढ्दो जोखिममा लाखौँ नागरिक

काठमाडौं । नेपालको पूर्वी नाका जोड्ने जीवनरेखाका रूपमा रहेको कोशी ब्यारेज आफ्नो निर्धारित आयु सकिएपछि थप जीर्ण बन्दै गएको छ। वर्षायाममा बढ्दो नदीको बह...

आज पनि देशभर वर्षा, ६ प्रदेशका पहाडी क्षेत्रमा भारी पानी पर्ने चेतावनी

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रे...

धनगढीमा २७ लाखभन्दा बढीका प्रतिबन्धित प्लास्टिकजन्य सामग्री बरामद

धनगढी । धनगढी उपमहानगरपालिकाले प्रतिबन्ध लगाएका करिब २७ लाख ७२ हजार रुपैयाँ बराबरका प्लास्टिकजन्य सामग्री प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार...

कालीमाटीको नयाँ मूल्यसूची सार्वजनिक, गोलभेँडा ५० र भारतीय प्याज ५७ रुपैयाँमा

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार अधिकांश तरकारी तथा...

मोरङमा १४ लाखभन्दा बढीका अवैध सामान बरामद, एक जना पक्राउ

विराटनगर । भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका १४ लाख ८६ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान सशस्त्र प्रहरीले मोरङका विभिन्न स्थानबाट...

दुई दिने सार्वजनिक बिदा लागू भएपछि अन्य बिदा पुनरावलोकन हुँदै, अध्ययन गर्न कार्यदल गठन

काठमाडौं । सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा लागू गर्ने निर्णयसँगै अन्य सार्वजनिक बिदाको संख्या र औचित्य पुनरावलोकन गर्ने प्रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending