Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

सरकारलाई प्रभावकारी बनाउन कांग्रेसको संयन्त्र कमजोर देखियो: नैनसिंह महर

खबरडबली संवाददाता

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेकपा एमालेसँगको गठबन्धन सरकार सञ्चालनका लागि पार्टीबाट बनेको संयन्त्रले पर्दा पछाडिबाट प्रभावकारी काम गर्न नसकेको बताएका छन् । 

नेपाल मुस्लिम संघको दोस्रो गण्डकी प्रदेश अधिवेशनलाई आज पोखरामा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै नेता महरले उक्त कुरा बताएका हुन् । कांग्रेसको सरकार सञ्चालनका लागि बनेको संयन्त्रले पर्दा पछाडि प्रभावकारी काम गर्न नसकेको र त्यसलाई गतिशील बनाउनुपर्ने उनले औंल्याए । 

'आम कार्यकर्ता र जनताको भावनामा रहेको संयन्त्रले काम गर्न सकेको छैन । कांग्रेसको ओज र स्टेन्थलाई बराबर राख्न संयन्त्रले बढी ध्यान दिनुपर्छ । टुलुटुलु हेरेर बस्नु भएन । कांग्रेसको ओज घटाउन हुन्न भनेर गम्भीर बन्नुपर्‍यो,' कार्यक्रम स्थलमा रहेका महामन्त्री गगन कुमार थापाप्रति इंगित गर्दै महरले भने ।

गठबन्धन र देशको भावना विपरीत कुरामा कांग्रेसको संयन्त्रले सरकारसँग डिभेड गर्न सक्नुपर्ने उनको भनाइ छ । 'सरकारसँग संयन्त्रले धेरै डिभेड गर्न नसकेको देशभरका साथीहरूको ठम्याइ छ । त्यसैले कांग्रेसको ओज र स्थितिलाई मध्यनजर गर्दै सम्मानको शक्ति सन्तुलन हुनुपर्छ । यसमा शीर्ष नेतृत्वको ध्यान पुगोस्,' उनले भने ।

यसका साथै समावेशिताको पूर्ण कार्यान्वयनका संविधानको अक्षरशः पालना हुनुपर्ने महरले बताएका छन् । संविधानले सबै जातजाति, समुदायका मानिसको अधिकार सुनिश्चित गरेको बताउँदै महरले त्यसको सफल कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

'संघीयताभित्रको समावेशिता कार्यान्वयनका लागि संविधानको अक्षरशः पालना हुनुपर्छ । आवश्यक कानुन तयार पारिनुपर्छ । त्यसका लागि कांग्रेसले पहल कदमी चाल्नुपर्छ । समावेशिताको आशय र मानसिकता अनुसार राजनीतिक दलहरूले काम गर्नुपर्छ,' उनले भने । उनले यस्तो गर्न सके मात्र सबैलाई संघीयता र समावेशिताप्रतिको विश्वास बढ्ने बताएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending