लुम्बिनी । रुपन्देहीको बेलहिया नाका हुँदै सन् २०२४ मा १ सय ९७ देशका पर्यटक नेपाल आएका छन् । जसमध्ये सर्वाधिक धेरै पर्यटक आएका प्रमुख पाँच मुलुकमा क्रमशः श्रीलङ्का, थाइल्यान्ड, म्यानमार, भियतनाम र दक्षिण कोरिया छन् ।
अध्यागमन कार्यालय, बेलहियाको तथ्याङ्कअनुसार सन् २०२४ मा यस नाकाबाट नेपाल आउने तेस्रो मुलुकका पर्यटकको सङ्ख्या ९२ हजार ६ सय ४४ छ । ९३ हजार २ सय ९० पर्यटक यस नाकाबाट बाहिरिएका छन् । यस नाकाबाट सर्वाधिक २६ हजार ५ सय ७७ जना श्रीलङ्काली छन् । त्यसपछि थाइल्यान्डबाट २१ हजार ३ सय ९७, म्यानमारबाट ११ हजार ४ सय २२, भियतनामबाट ७ हजार ४ सय ८४, दक्षिण कोरियाबाट ३ हजार ८ सय ४ र अमेरिकाबाट २ हजार ६ सय ८० जना छन् ।
अफगानिस्तान, बङ्गलादेश, अन्दोरा, बहराइन, बरवादोस, ब्रुनाइ, कङ्गो, क्युबा, एरिटिया, हाइटी, हन्डुरास, इभोरिकोस्ट, काजकिस्तान, लिथुनिया, ताजकिस्तान, युगोस्लाभिया, सुडान, सिरिया, सेनेगल, स्कोटिश, पयासबसुफ, पाकिस्तान, मोजामिक राष्ट्रबाट भने आगमन शून्य छ ।
सन् २०२४ मा यस नाकाबाट आएको यो पर्यटकको सङ्ख्या विगत पाँच वर्षपछिको सर्वाधिक हो । सुनौली–भैरहवा नाका स्थल मार्ग हुँदै सर्वाधिक पर्यटक नेपाल भित्रिने गरेको मुख्य नाका हो । पर्यटक आवागमनको हिसाबले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिको मुलुककै दोस्रो ठुलो हो ।
सन् २०१९ मा १ लाख ६१ हजार ६ सय १९, सन् २०२० मा ४३ हजार ३ सय ६७, सन् २०२१ मा ८ सय १२, सन् २०२२ मा २० हजार २ सय २० र सन् २०२३ मा ८१ हजार ५ सय ५१ पर्यटक आएका थिए ।
चिनियाँ नागरिक तथा पर्यटकको आगमन भने यस नाकाबाट विगत चार वर्षदेखि शून्य छ । कार्यालयका सूचना अधिकृत पुकार श्रेष्ठले सन् २०२१ देखि यस नाकाबाट चिनियाँ पर्यटकको आगमन शून्य भएको बताउनुभयो । त्यसअघि २०२० मा ८ सय १३, २०१९ मा ६ हजार १ सय ८ जना चिनियाँ पर्यटक भित्रिएका थिए ।
यस नाकाबाट आउने अधिकांश पर्यटकको मुख्य गन्तव्य लुम्बिनी हो । त्यसपछिको गन्तव्य पाल्पा, पोखरा, मुक्तिनाथ, काठमाडौँ, सौराहा हुन् । मुख्य गन्तव्य स्थल लुम्बिनीमा पर्यटकको बसाइ अवधि बढ्न सकेको पाइँदैन । अधिकतम २ रातभन्दा बढी पर्यटक बसेका छैनन् ।
‘पासपोर्ट होल्डरहरू दश प्रतिशत हाराहारीमा उही दिन फर्किने गरेको पाइएको छ’, अध्यागमन कार्यालय बेलहियाका प्रमुख नारायण पाण्डेले भने, ‘उनीहरू लुम्बिनीमा पाइला टेकेर त्यहीँबाट फर्कने गरेका छन् ।’ बेलहिया नाकाबाट भारतीय पर्यटकको आगमन उच्च छ । तर भारतीयहरूलाई भिसा लगाउन नपर्ने भएकाले उनीहरूको तथ्याङ्क अध्यागमनले राख्दैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २९ गते, २०८३ - १४:२७
विराटनगर। नेपाल–भारत सीमा जोगबनी नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरूका लागि परिचयपत्र जाँच अनिवार्य गरिएको छ। आजदेखि लागू गरिएको यस व्यवस्थाअनुसार भ...
बैशाख २९ गते, २०८३ - १४:०२
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको उपनेतामा पार्टी सचिव तथा पूर्वमन्त्री पद्मा अर्याललाई मनोनित गरेको छ। एमाले संसदीय दलका ने...
बैशाख २९ गते, २०८३ - १३:४१
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री संसद् बैठकबाट...
बैशाख २९ गते, २०८३ - १३:३२
काठमाडौँ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत मंगलबारको खेलमा स्कटल्यान्डले नेपाललाई घरेलु मैदानमा २४४ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिक...
बैशाख २९ गते, २०८३ - १३:१२
काठमाडौँ। अर्थसचिव घनश्याम उपाध्यायले सरकारले कानुनी सुधारलाई तीव्र रूपमा अघि बढाएको बताएको छन् । मङ्गलबार बसेको प्रतिनिधिसभाअन्तर्गत अर्थ समिति बैठकम...
बैशाख २९ गते, २०८३ - १२:५५
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा आज संसदमा प्रतिनिधित्व गर्ने ६ दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्। बैठक दिउँसो १ बजे बस्ने कार्यसूची तय भएको स...
बैशाख २९ गते, २०८३ - १२:२९
सप्तरी। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्त गरेका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका ...
बैशाख २९ गते, २०८३ - १२:२९
सप्तरी। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सवारी चालक पदमा नियुक्त गरेका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका ...
बैशाख २९ गते, २०८३ - १२:१७
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले बजेट निर्माणमा लामो समयदेखि देखिँदै आएको अस्वाभाविक रूपमा ठूलो अंक राख्ने प्रवृत्तिलाई सच्याइने बताएका छन्। ...
बैशाख २९ गते, २०८३ - ११:५८
बेरुत। युद्धविराम सम्झौताको बाबजुद दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा छ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको सरकारी मिडियाले जनाएको छ...


प्रतिकृया लेख्नुहोस्: