Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

अतिक्रमित जग्गा फिर्ता नहुँदा माछा पोखरी असुरक्षित

फाइल फोटो
खबरडबली संवाददाता

हेटौंडा । प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र  हेटौँडाको अतिक्रमणमा परेको जग्गा अझै फिर्ता नहँुदा माछा पोखरी असुरक्षित भएको छ ।

विभिन्न व्यक्ति तथा संस्थाले लामो समयदेखि मत्स्य केन्द्रको कूल ४९ हेक्टर जग्गामध्ये १३ बिघा १३ कठ्ठा १० धुर जग्गा अतिक्रमण गर्दा माछापालन क्षेत्र घटेर समस्या भएको हो । “हाम्रो थुप्रै जग्गा अतिक्रमणमा परेको छ, अतिक्रमण गरेर अधिकांशले भौतिक संरचना निर्माण गरेका छन्”, कार्यालय प्रमुख सरोजकुमार यादवले भने,“जग्गा अतिक्रमणमा परेकाले माछापालनमा समस्या भएको छ,भने जग्गाको घेरबार गर्न सकेका छैनौँ ।” जग्गा घेरबार गर्न नसकेर माछापालनका लागि निर्माण गरिएको पोखरीसमेत असुरक्षित भएको उनको भनाइ छ । 

माछा प्लानको कित्ता नम्बर ९६ को जग्गामध्ये करिब १२ कठ्ठा जग्गा अतिक्रमण गरी स्थानीय विष्णुप्रसाद दङ्गाल, धनबहादुर लामा, सावित्री बज्राचार्य(कुँवर), नवीन श्रेष्ठ, उद्धव चौलागाईं, पदमबहादुर खड्का र प्रेमबहादुर परियारले भवनलगायतका संरचना निर्माण गरेर भोगचलन गर्दै आएको पाइएको कार्यालय प्रमुख यादवले बताए ।

अतिक्रमणमा परेको जग्गा खाली गर्न पटक–पटक सूचना दिए पनि हालसम्म खासै उपलब्धि हासिल हुन नसकेपछि अतिक्रमित जग्गामा निर्माण भएका संरचना भत्काउने तयारी भइरहेको प्रमुख यादवले बताए ।

अतिक्रमणमा परेको जग्गाको डिजिटल विधिबाट नक्शाङ्कन गरेपछि गत २०८० भदौ १६ गते सात जनाको नाम तोकेरै सो कार्यालयले अतिक्रमित जग्गा खाली गर्न निर्देशनात्मक सूचना जारी गरेको थियो । सूचना जारी भए पश्चात केही व्यक्तिले अतिक्रमित जग्गामध्ये छ कठ्ठा जग्गा खाली गरे पनि बाँकी जग्गा अझै खाली नभएको प्रमुख यादवको भनाइ छ । 

‘‘अतिक्रमित जग्गा खाली गर्न सूचना जारी गरेपछि अतिक्रमण गरेका केही व्यक्तिले उच्च अदालत पाटन–मकवानपुर इजलाशमा मुद्दा गरे”, प्रमुख यादवले भने,‘‘त्यो मुद्दा अदालतले खारेज गर्दै जग्गा खाली गर्न आदेश दियो ।”  

केही स्थानीयले अतिक्रमण गरेकोमध्ये ६ कठ्ठा जग्गा बनाएको संरचना हटाएर जग्गा खाली गरेपछि अहिले सो जग्गामा माछाको आहारका लागि उन्नत घाँस तथा केरा लगाएर सदुपयोग गरिएको छ । बाँकी अतिक्रमित जग्गामा अनाधिकृत रुपमा निर्माण गरिएको संरचना हटाउन सूचना जारी गरिएको एक वर्ष बित्न लाग्दासमेत सम्बन्धित व्यक्तिले जग्गा खाली गर्न नचाहेकाले अब सबै संरचना भत्काएर जग्गा खाली गराइने प्रमुख यादवले बताए । 

यस्तै सो कार्यालयकै नाममा रहेको कित्ता नं ९६ को आठ बिघा १३ कठ्ठा १८ धुर जग्गामा पिप्ले युवा क्लबले रङ्गशाला निर्माण, हेल्थपोष्ट र कार्यालयको भवनसमेत निर्माण गरी रेष्टुरेन्ट सञ्चालन गरिरहेको जनाएको छ ।

पिप्ले युवा क्लबले जग्गामा रङ्गशाला, हेल्थपोष्ट र कार्यालय भवन निर्माण गरिसकेकाले सो जग्गा सङ्घीय सरकार, प्रदेश सरकार वा स्थानीय सरकारमार्फत क्लबलाई भाडामा दिने गरी प्रक्रिया अघि बढाइएको प्रमुख यादवले बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै

काठमाडौँ । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ छ ...

कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा विभिन्न कार्यक्रम गर्दै

काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तय...

विश्व बैंकको सहयोगमा मुलपानी-तितौरे सडक कालोपत्र हुँदै

बागलुङ । विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मुलपानी–तितौरे नौ किलोमिटर खण्डमा कालोपत्र थालिएको छ । पहिलो चरणमा ति...

गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्य: बेवास्ताले बढ्दै जोखिम, समस्या कसरी थाहा पाउने ?

काठमाडौँ । गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्रा...

स्वदेशी चलचित्र डिजिटाइजेशनका लागि चलचित्र विकास बोर्डद्वारा आवेदन आह्वान

काठमाडौं । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रको डिजिटाइजेशन कार्यका लागि आवेदन आह्वान गरे...

निर्वाचन ६४ दिन बाँकी- ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरिसकेका...

आजको मौसमको : तराईमा हुस्सु, हिमाल-पहाडमा आंशिक बदली

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू–भागका अधिकांश स्थानमा...

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending