Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

थारू समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने

खबरडबली संवाददाता

काठमाडौँ । थारू समुदायले यही पुस २९ गते र माघ १ गते काठमाडौँको टुँडिखेलमा माघी महोत्सव मनाउने भएको छ । टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक एवं थारू कल्याणकारिणीसभाका नवनिर्वाचित अध्यक्ष प्रेमिलाल चौधरीले जानकारी दिए ।

उनले भने, “२०५९ सालदेखि काठमाडौँमा माघी महोत्सव मनाउँदै आएका छौँ । थारू समुदायको नयाँ वर्ष भएकाले थारू भाषा, संस्कृति र जनचेतनाको लागि दुईदिन महोत्सव मनाउने निर्णय गरेका हौँ । पहिलो दिन जिता मर्ना र रक्तदान कार्यक्रम राखेका छौँ भने दोस्रो दिन माघी महोत्सव आयोजना गर्नेछौँ ।”
उनका अनुसार माघी महोत्सवको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । यस वर्ष ‘थारू संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान’ भन्ने नारासहति माघी पर्व मनाउन लागिएको हो ।

उनका अनुसार माघी सफल बनाउन मूल आयोजक समिति मातहतमा विभिन्न उपसमितिहरू गठन गरिएको छ । बीसभन्दा थारू सङ्घसंस्थाको संयुक्त आयोजनामा हुने माघी महोत्सवमा २०८१ मा यस वर्ष थारू खानपिन÷परिकार, प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला, पुस्तक प्रदर्शनीलगायतका करिब सयभन्दा बढी स्टल रहने उनले बताए ।

प्रचारप्रसार गर्ने उद्देश्यका साथ र्‍याली पुस २७ गते शनिबार बिहान ७ बजे मोटरसाइकल र्‍याली तीनकुनेबाट सुरू भई भृकुटीमण्डपमा समापन हुनेछ भने माघ १ गते बिहान १० बजे थारू संस्कृति, वेशभूषा, बाजागाजा, सङ्घ संस्थाको तुल ब्यानरसहित न्यूरोड, वसन्तपुरमा जम्मा भई झाँकी र्‍याली प्रदर्शनसहित रत्नपार्क, शहीदगेट, सुन्धारा परिक्रमा गरी मूलसमारोह टुँडिखेलमा सरिक अध्यक्ष चौधरीको भनाइ छ ।

उनका अनुसार पुस २९ गते टुँडिखेलमा रक्तदान कार्यक्रम र साँझमा जिता मार्ने कार्यक्रम राखिएको छ । रक्तदान कार्यक्रमको संयोजन पुष्पा चौधरीले गर्नेछिन् भने जिता मार्ने कार्यक्रमको संयोजन बर्दियाली थारू विकास मञ्चले गरेको छ ।

यस्तै महोत्सवमा थारू सांस्कृतिक नृत्य तथा गीत (मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रंहवा नाच) सहित दुई दर्जनभन्दा धेरै सुन्दर नृत्य तथा गीतको धमाकेदार प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक नन्दुराज चौधरीले जानकारी दिए ।

महोत्सवमा थारू जातिले माघीपर्वमा खाने विशेष खाना परिकार (ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डु, लाइमुरी, भुजा, बन्डी जाँडको झोल, दारू, केराको तरूवा, सखरखण्ड, खरिया, सुँगुर र बङ्गुरको मासु, परेवाको मासु, माछा, घोघी, गङ्गटो, सिधरा, मसुलार) रहनेछन् ।

बालु सिन्की, बयरको चटनी, वरिया, चामलको गुरी, काथ्या रोटी, अन्डिक रोटी, तेलपौर रोटीलगायत विभिन्न परिकारको राखिने छ । महोत्सवमा देशभरका थारू समुदायको उपस्थिति रहने छ । हस्तकला, पुस्तक प्रदर्शनी एवं बिक्री वितरणमा थारू हस्तकला तथा थारू जातिका बारेमा लेखिएका, प्रकाशन भएका विभिन्न पत्रपत्रिका, ऐतिहासिक पुस्तक, पुस्तिका, जर्नल, प्रदर्शनीमा राखिनेछ ।

साथै हस्तकलाका सामग्री वेशभूषाः गोन्या ९गुन्यु० चोल्या ९चोलो०, लेहङ्गा, भेग्वा, अंगुछा, धोती, लङ्गौटी, धोती, कुर्ता, आँचर खडकी, घंघरिया, चौबन्दी टोपी, मन्द्रक झालरसहित अन्यमा ढकिया, ढक्ली, डेल्वा, भौंका, भौंकी, फेर्वा, पैनसटोपी, डेलिया आदि हस्तकलाका सामग्रीप्रदर्शनीमा राखिने छ । महोत्सवमा सहभागी भएकाले मन पराएका हस्तकला तथा पुस्तकहरू निश्चित दरमा खरिद गर्न सक्नेछन् ।महोत्सवलाई व्यवस्थापन गर्न तथा सफल बनाउनको लागि करिब रू २१ लाख खर्च हुने अनुमान गरिएको मूल आयोजकले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सशस्त्र प्रहरी निरीक्षक र सरकारी साक्षीविरुद्ध मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आज दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर गरेको छ। सशस्त्र प्रहरी ब...

प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्। राष्ट्रपति कार्यालयका अनुसार उनलाई २०८३ वैशाख २९ गतेदे...

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौँ । अर्घाखाँचीमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ। मृतकमध्ये ३ महिला र १ पुरुष रहेका छन्। सुपा देउराली मन्दिर दर्श...

०८१ सालको नीति तथा कार्यक्रम र अहिलेको हुबहु एउटै छ: राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र शाह नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम अघिल्...

सरकारलाई एमालेको प्रश्न: राष्ट्रिय झण्डा ओढेर देश जलाउनेप्रति सरकार किन मौन छ ?

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा कडा प्रश्न उठाएका छन्। मंगलबार प्रतिनिधिसभा ...

अरुको सुझाव सरकारले सुन्नुपर्छ : सांसद राई

काठमाडौं । श्रम संस्कृत पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई ‘साम्पाङ’ ले सरकारले दलहरुले दिएको सल्लाहअनुसार नीति तथा कार्यक्रममा सच्याउन सुझाव दिएक...

संसदीय प्रणालीप्रतिको प्रतिबद्धता र निष्ठामाथि शङ्का उत्पन्न भयो : आङदेम्बे

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता भिष्मराज आङदेम्बेले वर्तमान सरकारको संसदीय प्रणालीप्रतिको प्रतिबद्धता र निष्ठामाथि शङ्का उत्पन्न...

संसद भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ - अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स‌योजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान संसद् समावेशी हुनु सहिदहरूको बलिदानको उपज भएको ...

बालेन मेयर हुँदै प्रधानमन्त्री बन्नु क्रान्तिकै संकल्पको जित हो भन्ने लाग्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले अहिलेको संसद् समावेशी बन्नुमा आफ्नो आन्दोलनको भूमिका रहे...

प्रधानमन्त्रीको व्यवहारप्रति कांग्रेसको आलोचना, स्वास्थ्य अवस्थाबारे जानकारी माग

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीले संसद्मा देखाएको व्यवहारप्रति कडा आलोचना गरेका छन्। मंगलबार प्रति...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending