Ntc summer Offer
Khabar Dabali २ माघ २०८१ बुधबार | 15th January, 2025 Wed
Investment bank

थारू समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने

खबरडबली संवाददाता

काठमाडौँ । थारू समुदायले यही पुस २९ गते र माघ १ गते काठमाडौँको टुँडिखेलमा माघी महोत्सव मनाउने भएको छ । टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिका संयोजक एवं थारू कल्याणकारिणीसभाका नवनिर्वाचित अध्यक्ष प्रेमिलाल चौधरीले जानकारी दिए ।

उनले भने, “२०५९ सालदेखि काठमाडौँमा माघी महोत्सव मनाउँदै आएका छौँ । थारू समुदायको नयाँ वर्ष भएकाले थारू भाषा, संस्कृति र जनचेतनाको लागि दुईदिन महोत्सव मनाउने निर्णय गरेका हौँ । पहिलो दिन जिता मर्ना र रक्तदान कार्यक्रम राखेका छौँ भने दोस्रो दिन माघी महोत्सव आयोजना गर्नेछौँ ।”
उनका अनुसार माघी महोत्सवको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । यस वर्ष ‘थारू संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान’ भन्ने नारासहति माघी पर्व मनाउन लागिएको हो ।

उनका अनुसार माघी सफल बनाउन मूल आयोजक समिति मातहतमा विभिन्न उपसमितिहरू गठन गरिएको छ । बीसभन्दा थारू सङ्घसंस्थाको संयुक्त आयोजनामा हुने माघी महोत्सवमा २०८१ मा यस वर्ष थारू खानपिन÷परिकार, प्रदर्शनी एवं बिक्री, थारू सीप हस्तकला, पुस्तक प्रदर्शनीलगायतका करिब सयभन्दा बढी स्टल रहने उनले बताए ।

प्रचारप्रसार गर्ने उद्देश्यका साथ र्‍याली पुस २७ गते शनिबार बिहान ७ बजे मोटरसाइकल र्‍याली तीनकुनेबाट सुरू भई भृकुटीमण्डपमा समापन हुनेछ भने माघ १ गते बिहान १० बजे थारू संस्कृति, वेशभूषा, बाजागाजा, सङ्घ संस्थाको तुल ब्यानरसहित न्यूरोड, वसन्तपुरमा जम्मा भई झाँकी र्‍याली प्रदर्शनसहित रत्नपार्क, शहीदगेट, सुन्धारा परिक्रमा गरी मूलसमारोह टुँडिखेलमा सरिक अध्यक्ष चौधरीको भनाइ छ ।

उनका अनुसार पुस २९ गते टुँडिखेलमा रक्तदान कार्यक्रम र साँझमा जिता मार्ने कार्यक्रम राखिएको छ । रक्तदान कार्यक्रमको संयोजन पुष्पा चौधरीले गर्नेछिन् भने जिता मार्ने कार्यक्रमको संयोजन बर्दियाली थारू विकास मञ्चले गरेको छ ।

यस्तै महोत्सवमा थारू सांस्कृतिक नृत्य तथा गीत (मघौटा, सखिया, हुर्दगंवा, झुम्रा, छोक्रा, दिन्नचुवा, रागनी, बडोनाच, होरी, झर्रा, लठ्हवा, मुग्रंहवा नाच) सहित दुई दर्जनभन्दा धेरै सुन्दर नृत्य तथा गीतको धमाकेदार प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक नन्दुराज चौधरीले जानकारी दिए ।

महोत्सवमा थारू जातिले माघीपर्वमा खाने विशेष खाना परिकार (ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डु, लाइमुरी, भुजा, बन्डी जाँडको झोल, दारू, केराको तरूवा, सखरखण्ड, खरिया, सुँगुर र बङ्गुरको मासु, परेवाको मासु, माछा, घोघी, गङ्गटो, सिधरा, मसुलार) रहनेछन् ।

बालु सिन्की, बयरको चटनी, वरिया, चामलको गुरी, काथ्या रोटी, अन्डिक रोटी, तेलपौर रोटीलगायत विभिन्न परिकारको राखिने छ । महोत्सवमा देशभरका थारू समुदायको उपस्थिति रहने छ । हस्तकला, पुस्तक प्रदर्शनी एवं बिक्री वितरणमा थारू हस्तकला तथा थारू जातिका बारेमा लेखिएका, प्रकाशन भएका विभिन्न पत्रपत्रिका, ऐतिहासिक पुस्तक, पुस्तिका, जर्नल, प्रदर्शनीमा राखिनेछ ।

साथै हस्तकलाका सामग्री वेशभूषाः गोन्या ९गुन्यु० चोल्या ९चोलो०, लेहङ्गा, भेग्वा, अंगुछा, धोती, लङ्गौटी, धोती, कुर्ता, आँचर खडकी, घंघरिया, चौबन्दी टोपी, मन्द्रक झालरसहित अन्यमा ढकिया, ढक्ली, डेल्वा, भौंका, भौंकी, फेर्वा, पैनसटोपी, डेलिया आदि हस्तकलाका सामग्रीप्रदर्शनीमा राखिने छ । महोत्सवमा सहभागी भएकाले मन पराएका हस्तकला तथा पुस्तकहरू निश्चित दरमा खरिद गर्न सक्नेछन् ।महोत्सवलाई व्यवस्थापन गर्न तथा सफल बनाउनको लागि करिब रू २१ लाख खर्च हुने अनुमान गरिएको मूल आयोजकले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘गली ब्वाईको सिक्वेलमा रणवीर र आलिया नहुने, बिक्की र अनन्या पाण्डे देखिने

मुम्बइ। मानिसहरूलाई हिप हप संस्कृतिको परिचय गराउने फिल्म ‘गली ब्वाई’ सन् २०१९ मा रिलिज भएको थियो । जोया अख्तरले निर्देशन गरेको यो फिल्ममा रणवीर सिं...

सीवाइसी नेपाल लघुवित्तको स्थगित साधारण सभा अब माघ १२ गते बस्ने

काठमाडौं। सीवाइसी नेपाल लघुवित्तले माघ १२ गते साधारण सभा बोलाएको छ । यसअघि डाकिएको सभामा गणपुरक संख्या (कोरम) नपुगेपछि पुस २९ मा स्थगित गर्नुपरेको थिय...

अमेरिकी राष्ट्रपतिमा निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिन्थे !

वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प चार वर्षपछि पुनः निर्वाचित नभएको भए सन् २०२० को चुनावको नतिजा उल्ट्याउने कथित प्रयासका लागि द...

स्वास्थ्य बिमा ऐन संशोधनः अब हरेक तहमा सेवाप्रदायक संस्था रहने

काठमाडौं। स्वास्थ्य बिमा सेवाका लागि अब हरेक तहमा एउटा सेवाप्रदायक संस्था रहने भएका छन् । स्वास्थ्य बिमा ऐन २०७४ मा भएको संशोधनअनुसार अब स्वास्थ्य बिम...

प्रधानमन्त्री कप : एपिएफको सानदार जित

काठमाडौँ। प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफ क्लबले कर्णाली प्रदशेमाथि सानदार जित निकालेको छ । धनगढीस्...

इजरायल–हमास प्रारम्भिक आदान–प्रदानमा गाजाबाट ३३ बन्धक मुक्त हुने

जेरुसेलम । कतारमा भइरहेको गाजा युद्धविराम सम्झौताको पहिलो चरणमा ३३ इजरायली बन्धक रिहा हुने वार्तासँग सम्बन्धित स्रोतहरू र इजरायली मिडियाले मङ्गलबार बत...

पूर्वजले देखाएको बाटोमा लागौँः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजले गरेको खोज, अध्ययनको बाटोमा सबैलाई लाग्न प्रेरणा लिएर अघि बढ्नुपर्ने बताएको छन। प्रधानमन्त्री ओलील...

बर्दिवासमा आजदेखि दोश्रो मेयर कप आयोजना

महाेत्तरी। क्रिकेटमा अब्बल बन्दै आएका मधेश प्रदेशका पालिकाहरूले यसको विकास र खेलाडी उत्पादनमा ध्यान दिन थालेका छन् । पछिल्लो समय बाक्लै आयोजना हुँद...

धनुषाधाममा मकर मेला सुरु

धनुषा । धनुषाको प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा आज बिहानैदेखि एकमहिने मकर मेला सुरु भएको छ । मेलाको व्यवस्थापन धनुषाधाम नगरपालिकाले गर्दै आएको छ । ...

योग दिवसः काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभा गृह परिसरमा प्रवर्धनात्मक स्वास्थ्य सेवा सुरु गरेको छ । १० औँ राष्ट्रिय योग दिवसको अवसर पार...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy