Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

पृथ्वीजयन्तीका अवसरमा जङ्गी अड्डामा विविध कार्यक्रम

खबरडबली संवाददाता

काठमाडौँ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा विविध कार्यक्रम आयोजना गरिएको छ । प्रधान सेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा ‘नेपाल एकीकरणमा पृथ्वी नारायण शाहको देन, नेपाली सेना र राष्ट्रियता’ तथा ‘पृथ्वी नारायण शाहको दिव्योपदेश’सम्बन्धी प्रवचन, ‘एकताको बीज’ नामक लघु नाटक प्रदर्शन र कविता प्रस्तुत गरिएको थियो ।

समारोहमा प्रमुख सेनानी चन्द्रशेखर काप्रीले ‘जन्मेर आउ’, उपसेनानी बलदेव केसीले ‘राष्ट्र निर्माताको देन’ र प्राविधिक जम्दार देवीप्रसाद बरालले ‘एकताको मियो’, सैनिक आवासीय महाविद्यालय भक्तपुरका छात्र उत्सव आचार्यले ‘पृथ्वी सन्देश’, राष्ट्रिय सेवादलका क्याडेट तात्रा सलिना खड्काले ‘नेपालः एकता र साहसको प्रतिविम्ब’ र रोशनी तण्डुकारले ‘मेरो घर, मेरो महिमा’शीर्षकको  कविता प्रस्तुत गरेका थिए ।

सो अवसरमा इतिहासविद् प्राडा राजाराम सुवेदी र प्राध्यापक डा त्रिरत्न मानन्धरले नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको भूमिका र उनको दिव्योपदेशसम्बन्धी प्रवचन दिएका थिए । समारोहमा प्रधान सेनापति सिग्देलले कविता प्रतियोगितामा सकल दर्जा र सैनिक महाविद्यालय र राष्ट्रिय सेवादलतर्फ उत्कृष्ट हुनेलाई पुरस्रकार र प्रमाणपत्र तथा प्रवचनकर्तालाई प्रसंशापत्र प्रदान गरे ।

उपरथी दीपककुमार बानियाँले पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले प्रत्येक वर्ष जङ्गी अड्डादेखि युनिट तहसम्म विविध कार्यक्रम आयोजना गर्दै आइरहेको जानकारी दिए । यसवर्षको पृथ्वी जयन्तीका अवसरमा शाहको जीवनी, दिव्योपदेशसम्बन्धी ५२ वटा प्रवचन, चार वटा पदयात्रा कार्यक्रम, २६ वटा अनुसन्धानात्मक आलेख, कविता, वक्तृत्वकला प्रतियोगिता, दौड र विभिन्न पेसागत कला प्रदर्शन भएका छन् । सेनाले सञ्चालन गरेको विविध क्रियाकलापमा करिब ११ हजार पाँच सय फौज प्रत्यक्षरुपमा सहभागी भएको थिए ।

उपरथी बानियाँले जङ्गी अड्डा तहमा सैनिक महाविद्यालयस्तरीय लघु नाटक प्रतियोगिता, सकल दर्जा, सैनिक महाविद्यालय र राष्ट्रिय सेवा दलका क्याडेट सम्मिलित कविता प्रतियोगितासमेत सञ्चालन गरिएको जानकारी दिए । नेपाली सेनाले पृथ्वी नारायण शाहलाई आफ्नो संस्थापक मान्दै आइरहेको छ ।

“दिवसका सन्दर्भमा गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रालाई निरन्तरता दिइएको छ । प्रत्येक वर्ष सञ्चालन हुँदै आएको ऐतिहासिक साँगुरीगढी पदयात्रा कार्यक्रम यसवर्ष सुनसरीको फुस्रेबाट धनकुटाको पाख्रिबाससम्म थप गरी सञ्चालन गरिएको छ”, कार्यरथी बानियाँले भने ।

सेनाले पहिलो पटक उदयपुर जिल्लामा उदयपुरगढी–चौदण्डीगढी पदयात्रा र इलाममा इलाम नगरपालिका, जोगमाई गाउँपालिका र सूर्योदय नगरपालिकाको अगुवाइ र नेपाली सेनाको संयोजकत्वमा नेपाल–भारत सीमानामा पर्ने छब्बीसेदेखि माइस्थानसम्म करिब ३९ किमी दूरीको निशान पदमार्ग पदयात्रा कार्यक्रम सञ्चालन गरेको उनको भनाइ छ ।

सेनाले सामरिक र पर्यटकीय दृष्टिबाट महत्वपूर्ण पदमार्गहरु तथा गढी किल्लाको पहिचान, सञ्चालन सम्बद्र्धन र प्रचारप्रसारमा पूरातत्व विभाग, पर्यटन विभाग र अन्य सरोकारवाला निकायसँगको समन्वयमा काम अघि बढाइएको उपरथी बानियाँले जानकारी दिए ।

राष्ट्रिय एकता प्रवद्र्धन केन्द्रित कार्यक्रमबाट पृथ्वीनारायण शाहको योगदानको सम्मान हुनुका साथै राष्ट्रिय एकताको भावना थप मजबुद हुने नेपाली सेनाको विश्वास छ । कार्यक्रममा पूर्वप्रधान सेनापति, पूर्वरथीवृन्द, रथीवृन्द, प्राध्यापक, इतिहासविद्लगायत उपस्थित थिए । 

त्यसअघि प्रधानसेनापति सिग्देलले जङ्गी अड्डा परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरेका थिए । त्यसअवसमा सेनाको टुकडीले राष्ट्र निर्माता सलामी अर्पण गरेको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यूएईमा इरानको ड्रोन आक्रमणमा १५ नेपाली घाइते, अधिकांश काममा फर्किए

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणमा परेर हालसम्म १५ जना नेपाली घाइते भएका छन्। तीमध्ये १४ जना उपचारपछि आफ...

टी–२० विश्वकप : नेपाललाई तीन करोड ७७ लाख पुरस्कार

काठमाडौं। भारत र श्रीलङ्कामा हालै सम्पन्न आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० बाट दुई लाख ५...

गण्डकी प्रदेशकी एक्ली सांसद महिला

लेखनाथ। छ दिनअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । यो निर्वाचनमा प्रत्यक्षतर्फका ...

प्रतिनिधि सभा निर्वाचनको परिणाम अप्रत्याशित देखियो : कृष्णप्रसाद सिटौला

काठमाडौं । कृष्णप्रसाद सिटौला ले प्रतिनिधि सभा निर्वाचनको परिणाम अपेक्षाभन्दा फरक आएको बताएका छन्। बुधबार नेपाली कांग्रेस बाट राष्ट्रिय सभामा नवनिर...

यात्रु उद्धार गर्न निगमको जहाज दुबई जाँदै

काठमाडौँ। नेपाल वायु सेवा निगमले आज राति विशेष उडानमार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ । निगमले मङ्गलबार एक उडान सूचना...

रक्तपातविहीन ऐतिहासिक निर्वाचन : गृहमन्त्री अर्याल

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताउँदै केन्द्रीय सुरक्षा समिति, प्रदेश ...

इलाममा समानुपातिकतर्फ श्रम संस्कृति पार्टी पहिलो

इलाम। दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा यस पटक नयाँ दलका रूपमा रहेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो बनेको छ । इलाम क्षेत्र नम्बर १ म...

समानुपातिकतर्फ दलले प्राप्त गरेको मत सिटमा कसरी बदलिन्छ ? यस्तो छ 'सेन्ट लग' सूत्र

काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको १ सय ६५ सिटकै नतिजा ...

यस वर्ष मलखादको अभाव हुँदैन - कृषिमन्त्री डा. परियार

टीकापुर। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव नहुने बताएको छन्। बुधबार कैलालीमा चारपाङ्ग्रे मेसिनद्वारा ...

सप्तरीमा समानुपातिकतर्फ १६ हजारभन्दा बढी मत बदर

सप्तरी। प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणामअनुसार सप्तरीमा १६ हजार १ सय २५ मत बदर भएको ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE