Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

क्वारेनटाइन नहुँदा तरकारी ल्याउन विवाहको कार्ड देखाउनु पर्ने

खबरडबली संवाददाता

बैतडी । पश्चिमी सीमा नाका झुला घाट स्थित महाकाली भन्सारमा क्वारेनटाइन नहुँदा तरकारी ल्याउँदा विवाहको कार्ड देखाउनु पर्ने अवस्था सिर्जना भएको छ । सीमा नाकामामा क्वारेनटाइन मात्रै होइन, अन्य वस्तु चेकजाँचका लागिसमेत नेपाली सुरक्षाकर्मीसँग स्क्रिनिङ जस्ता कुनै उपकरण छैन । झुला घाटमा रहेको सटही काउन्टरसमेत बन्द हुँदा झन् समस्या भएको छ । सटही काउन्टर द्वन्द्वमा बन्द भएको थियो ।   

भारततर्फको सीमा चेक पोस्टमा भने अन्तर्राष्ट्रिय विमानस्थल जतिकै सुरक्षा व्यवस्था खेप्न सकिन्छ । त्यहाँ डिजिटल स्क्रिनिङ मेशिन, तालिम प्राप्त कुकुर र जनशक्ति तैनाथ गरिएको छ । नेपालतर्फको सुरक्षा पोस्टमा भने प्रविधिका नाममा एउटा टेबुल, रजिस्टर र डट पेन मात्र देखिन्छ । 

झुला घाट सीमा नाकामा क्वारेनटाइन र डिजिटल स्क्रिनिङ मेशिन आवश्यक भएको बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। उनले भने,“ नाकामा महाकाली भन्सार कार्यालय छ तर, क्वारेनटाइन छैन । क्वारेनटाइन नहुँदा भारतबाट भित्रिने खाद्यान्नको गुणस्तर र विषदि परीक्षण हुन सकेको छैन । प्राविधिक कर्मचारी र उपकरण आवश्यक भएको कुरा विभागमा जानकारी गराई सकेका छौँ ।“ 

विवाहको सिजनमा कार्ड देखायो भने तरकारी भित्रिन दिने गरेको झुला घाट सीमा प्रहरी चौकीका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक गङ्गाराम टमटाले बताए। 

उनले भने,ि“ विवाहको सिजनमा कार्ड हेरेर मात्रै तरकारी भित्रिन दिने गरेका छौँ । व्यावसायिक रूपमा तरकारी आउँदैन । नेपालबाट पहिले घ्यु पैठारी हुने गर्दथ्यो । पछिल्लो समय भारतबाट घरायसी प्रयोजनका लागि दैनिक उपभोग्य वस्तु आउने गरेको छ । नेपालबाट भारततर्फ कृषि उपज निर्यात हुँदैन ।” 

झुला घाट सीमा नाकाबाट रोजगारीका लागि भारत जानेको सङ्ख्या भने बढेको छ । यहाँबाट दैनिक दुई सयको सङ्ख्यामा नेपालीहरू भारत जाने गरेका छन् ।  झुला घाट सीमा प्रहरी चौकीको तथ्याङ्क अनुसार पुस १ गतेदेखि २७ गतेसम्म दुई हजार पाँच सय नेपाली भारत गएका छन् । रोजगारीका लागि भारत जानेमा महिलासमेत छन् । पुसमा मात्रै ८४६ महिला भारत गएका छन् । 

झुला घाट नाका भएर भारतबाटसमेत किनमेल र मन्दिर दर्शनका लागि पुस महिनामा ५०५ जना भारतीय नागरिक नेपाल आएका छन् । नेपाल प्रवेश गरेका ५०५ जना मध्ये ३७६ जना फिर्ता भएका छन् । अन्य भारतीय बैतडी सदरमुकाममा कपाल काट्ने, सिरक डसना बनाउने कामका लागि बसेको पाइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आइतबारे बिदाको सट्टा हिउँदे बिदा घटाइयो, अब ३० दिन मात्रै

काठमाडौँ । सरकारले विद्यालय तहको हिउँदे बिदा अवधि घटाएको छ। अब सामुदायिक विद्यालयमा वार्षिक ४५ दिनसम्म दिइने हिउँदे बिदा ३० दिनमा सीमित हुने भएको छ। ...

सशस्त्र प्रहरी निरीक्षक र सरकारी साक्षीविरुद्ध मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आज दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर गरेको छ। सशस्त्र प्रहरी ब...

प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्। राष्ट्रपति कार्यालयका अनुसार उनलाई २०८३ वैशाख २९ गतेदे...

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौँ । अर्घाखाँचीमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ। मृतकमध्ये ३ महिला र १ पुरुष रहेका छन्। सुपा देउराली मन्दिर दर्श...

०८१ सालको नीति तथा कार्यक्रम र अहिलेको हुबहु एउटै छ: राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र शाह नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम अघिल्...

सरकारलाई एमालेको प्रश्न: राष्ट्रिय झण्डा ओढेर देश जलाउनेप्रति सरकार किन मौन छ ?

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा कडा प्रश्न उठाएका छन्। मंगलबार प्रतिनिधिसभा ...

अरुको सुझाव सरकारले सुन्नुपर्छ : सांसद राई

काठमाडौं । श्रम संस्कृत पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई ‘साम्पाङ’ ले सरकारले दलहरुले दिएको सल्लाहअनुसार नीति तथा कार्यक्रममा सच्याउन सुझाव दिएक...

संसदीय प्रणालीप्रतिको प्रतिबद्धता र निष्ठामाथि शङ्का उत्पन्न भयो : आङदेम्बे

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता भिष्मराज आङदेम्बेले वर्तमान सरकारको संसदीय प्रणालीप्रतिको प्रतिबद्धता र निष्ठामाथि शङ्का उत्पन्न...

संसद भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ - अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स‌योजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान संसद् समावेशी हुनु सहिदहरूको बलिदानको उपज भएको ...

बालेन मेयर हुँदै प्रधानमन्त्री बन्नु क्रान्तिकै संकल्पको जित हो भन्ने लाग्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले अहिलेको संसद् समावेशी बन्नुमा आफ्नो आन्दोलनको भूमिका रहे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending