नेपालगन्ज । बाँकेको राप्तीसोनारी १ सौरी मोडस्थित पूर्वपश्चिम राजमार्गमा सोमबार भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार कोहलपुरदेखि दाङतर्फ जाँदै गरेको डिजेल बोकेको ना ८ ख ३३३ नम्बरको ट्याङ्कर र दाङदेखि कोहलपुरतर्फ आउँदै गरेको भे ९ प ९५१७ नम्बर को मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
सो दुर्घटनामा परेर गम्भीर घाइते भएका कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ३ बस्ने वर्ष अन्दाजी ४८.४९ का घमनबहादुर शाही र कैलाली धनगढी उपमहानगरपालिका १४ बस्ने वर्ष अन्दाजी ३५.३६ का रुपेश बस्नेतलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा पठाइएकोमा उपचारको क्रममा दुबैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको जानकारी आउनेबित्तिकै इलाका प्रहरी कार्यालय कोहलपुरबाट सो कार्यालयका प्रमुख डिएसपी धर्मराज भण्डारीको नेतृत्वमा प्रहरी टोलीले घटनास्थलमा पुगेर घटनाको विस्तृत जानकारी लिनुका साथै घाइतेलाई अस्पताल पुर्याएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
दुर्घटनाको कारण दुबै सवारीसाधन तीव्र गतिमा रहेकोले नियन्त्रण गर्न नसकी एक आपसमा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । मृतकहरुका आफन्तलाई घटना बारे जानकारी गराइएको र दुबैजनाको शवलाई पोस्टमार्टमका लागि भेरी अस्पताल पठाइएको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - १८:०६
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणमा परेर हालसम्म १५ जना नेपाली घाइते भएका छन्। तीमध्ये १४ जना उपचारपछि आफ...
फाल्गुन २७ गते, २०८२ - १७:४२
काठमाडौं। भारत र श्रीलङ्कामा हालै सम्पन्न आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० बाट दुई लाख ५...
फाल्गुन २७ गते, २०८२ - १७:३६
लेखनाथ। छ दिनअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । यो निर्वाचनमा प्रत्यक्षतर्फका ...
फाल्गुन २७ गते, २०८२ - १७:००
काठमाडौं । कृष्णप्रसाद सिटौला ले प्रतिनिधि सभा निर्वाचनको परिणाम अपेक्षाभन्दा फरक आएको बताएका छन्। बुधबार नेपाली कांग्रेस बाट राष्ट्रिय सभामा नवनिर...
फाल्गुन २७ गते, २०८२ - १६:५०
काठमाडौँ। नेपाल वायु सेवा निगमले आज राति विशेष उडानमार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ । निगमले मङ्गलबार एक उडान सूचना...
फाल्गुन २७ गते, २०८२ - १६:४६
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताउँदै केन्द्रीय सुरक्षा समिति, प्रदेश ...
फाल्गुन २७ गते, २०८२ - १६:३७
इलाम। दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा यस पटक नयाँ दलका रूपमा रहेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो बनेको छ । इलाम क्षेत्र नम्बर १ म...
फाल्गुन २७ गते, २०८२ - १६:२८
काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको १ सय ६५ सिटकै नतिजा ...
फाल्गुन २७ गते, २०८२ - १५:५६
टीकापुर। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव नहुने बताएको छन्। बुधबार कैलालीमा चारपाङ्ग्रे मेसिनद्वारा ...
फाल्गुन २७ गते, २०८२ - १५:४५
सप्तरी। प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणामअनुसार सप्तरीमा १६ हजार १ सय २५ मत बदर भएको ...



प्रतिकृया लेख्नुहोस्: