घोडाघोडी । जिल्लाका विभिन्न स्थानमा माघेसङ्क्रान्ति पर्व अर्थात् माघीको रौनक सुरु भएको छ । विशेषगरी थारू समुदायले माघलाई नयाँ वर्षका रूपमा लिने गर्दछन् । थारू समुदायमा माघेसङ्क्रान्तिका अवसरमा बङ्गुुरको मासु अनिवार्य जसे भएकाले सोको जोहो गर्नुका साथै ढिक्रीका लागि चामलको पिठो पिसाउने, दुनाटपरी गाँस्नेलगायत काम सम्पन्न भएको स्थानीय बताउँछन् ।
पुसको अन्तिम दिनदेखि माघी सुरु हुने गरेका घोडाघोडी नगर भल्मन्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले बताए । उनका अनुसार पुसको अन्तिम दिन हरेक थारू बस्तीमा सामूहिक सुँगुर, बङ्गुर काटिने प्रचलन छ । यसलाई ‘जिता’ मार्ने भनिन्छ ।
पर्वसँगै थारू समुदायमा बरघर, भलमन्सा, चिराकी, चौकीदार फेरबदल गर्ने वा पुरानालाई राख्ने भन्नेबारे छलफल सुरु भइसकेको चौधरीले जानकारी दिए । ‘गाउँघरमा आगोको मुढाहरू ताप्दै सामूहिक रूपमा डफ गाइने ढमार गीतहरू पनि गाइने गरिन्छ । पुसको अन्तिम दिन रातभरि आगो तापेर आज बिहानै स्नान गर्ने प्रचलन छ’, उनले भने ।
अध्यक्ष चौधरीका अनुसार माघीका दिन नजिकैको नदी, तलाउ, पोखरी, दहमा नुहाउने र आ–आफ्नो आफन्त, इष्टमित्रलाई भेटघाट गर्ने, ठूलाबाट आर्शीवाद लिने र सानालाई आर्शीवाद दिने प्रचलन रहिआएको छ । माघेसङ्क्रान्तिका दिन नुहाउनाले वर्षभरि गरेको पाप वा नराम्रो काम, कुकर्म, वैमनष्यता पखालेर जाने र पुण्य प्राप्त हुने धार्मिक जनविश्वास रहेको उनले बताए ।
पर्वको अवसरमा कैलालीका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम आयोजना हुन्छन् । घोडाघोडी नगरपालिकास्थित बुट्का बाबा मन्दिरमा माघी मेलाको आयोजना गरिएको छ । ‘भाषा, धर्म, संस्कृति तथा पर्यटन प्रवर्द्धन, पवित्र धार्मिकस्थल बुटका बाबाको संरक्षण’ भन्ने मूल नाराका साथ माघेसङ्क्रान्ति तीर्थ मेला सुरु भएको मेला व्यवस्थापन समितिका संयोजक रामबहादुर चौधरीले जानकारी दिए । उनका अनुसार गत पुस २९ गतेदेखि सुरु भएको मेला यही माघ ४ गतेसम्म सञ्चालन हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८१ - ०९:३३
काठमाडौं । नेपाल बार एसोशिएशनको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनको मतगणनामा लोकतान्त्रिक–प्रगतिशील गठबन्धनको प्यानल नै विजयी भएको छ। म...
चैत्र २८ गते, २०८१ - ०९:२४
काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच आज छलफल हुने भएको छ। शिक्षा विधेयकका सम्बन्धमा छलफल गर्न भन्दै शिक्षा मन्त्रालयले बोलाएपछि नेपाल शिक्षक महासंघ ...
चैत्र २८ गते, २०८१ - ०९:१७
काठमाडौँ । यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा घाइते भई उपचारका लागि अस्पताल पुगेका १२९ जनामध्ये पाँच जनाबाहेक सबै उपचारपछि घर ...
चैत्र २८ गते, २०८१ - ०९:११
डोटी । डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको चट्याङ लागेर गए राति सायल गाउँपालिका–६ दल्लेख...
चैत्र २८ गते, २०८१ - ०८:४४
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सदस्य सम्मिलित २० सदस्यीय प्रतिनिधिमण्डल चीनको चोङकिङ ...
चैत्र २८ गते, २०८१ - ०८:२१
काठमाडौं । रोजगारीका लागि विदेशिएका नेपालीले पठाएको पैसा रेमिट्यान्सले फेरि कीर्तिमान बनाएको छ । चालु आर्थिक वर्षको आठ महिनामा रेमिट्यान्समार्फत १० खर...
चैत्र २८ गते, २०८१ - ०८:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेमाथि राज्य संयन्त्रबाट निर्मम प्रतिशोध साधिएको निष्कर्ष निकालेको छ । बुधबार ब...
चैत्र २८ गते, २०८१ - ०८:०४
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मू...
चैत्र २८ गते, २०८१ - ०७:११
बझाङ । बझाङको केदारस्यूँ गाउँपालिका–९ को पौडी ढोड्याखेत बजार नजिकै पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। बिहीबार साँझ भएको वर्षापछि पहिरो ...
चैत्र २८ गते, २०८१ - ०७:०८
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनार...
प्रतिकृया लेख्नुहोस्: