Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

शिक्षा र स्वास्थ्यबिचको तादात्म्यले समृद्ध समाज निर्माण : शिक्षामन्त्री

खबरडबली संवाददाता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविविधमन्त्री विद्या भट्टराईले शिक्षा र स्वास्थ्यबिचको तादात्म्यले मात्रै समृद्ध समाजको निर्माण गर्न सकिने बताएको छिन । राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएको हो । उनले शिक्षा योगसँग नजोडिकन समाजलाई समृद्ध बनाउन नसकिने बताईन।

मन्त्री भट्टराईले योगलाई कक्षाकोठा र विद्यार्थीको जीवनसँग जोड्न बाँकी रहेको र अब आगामी शैक्षिक सत्रदेखि योगलाई विद्यार्थीको जीवनसँग जोड्ने प्रतिबद्धता जनाईन । शिक्षा र स्वास्थ्य आजको महत्त्वपूर्ण विषय भएको उल्लेख गर्नुहुँदै शिक्षा र स्वास्थ्य राज्यका लागि पनि सुदृढ गर्नुपर्ने विषय रहेको बताईन। योगलाई जीवनमा ग्रहण गर्नुपर्ने आवश्यकता औंल्याईन ।

‘‘योगलाई कक्षाकोठा र विद्यार्थीको जीवनसँग जोड्न बाँकी छ । अब हामी सङ्कल्प गरौँ । योगलाई विद्यार्थीको जीवनसँग जोडौँ । हरेक विद्यालयको अभ्याससँग जोडौँ । हाम्रा विद्यार्थीका क्रियाकलापसँग जोडौँ । जसले गर्दा हामीले संस्थागत विद्यालय अर्थात् समृद्ध भएका विद्यालय मात्र होइन, सार्वजनिक विद्यालयमा पढ्ने विपन्न विद्यार्थी, जसको मनोविज्ञान र मनोबललाई बढाउन पनि योग र ध्यानले प्रश्रय गरोस् ।,’’ मन्त्री भट्टराईले भनिन, ‘‘त्यसका लागि अब आउने शैक्षिक सत्रबाट अभ्यासहरु सुरु गर्नुपर्छ । त्यस काममा लाग्नुपर्छ । त्यसप्रति प्रतिबद्ध भएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय लाग्नेछ ।’’

मन्त्री भट्टराईले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर अघि बढ्नसके मात्रै मुलुकलाई समृद्धितर्फ अघि बढाउन सकिने उल्लेख गरिन । शिक्षाको माध्यमबाट नै विगतमा समाजलाई जागरुक गरेको भए पनि अब आम नागरिकमा जागरुकता ल्याउन योग र ध्यानको आवश्यक रहेको बताईन

‘‘शिक्षा र स्वास्थ्य आजको महत्त्वपूर्ण विषय हो । यो राज्यका लागि पनि सुदृढ गर्नुपर्ने विषय छ । शिक्षा र स्वास्थ्यबिचको तादात्म्यले मात्रै हामीले समृद्ध समाजको निर्माण गर्नसक्छौँ । शिक्षासँग योग नजोडिकन हामीले समाजलाई समृद्ध बनाउन सक्दैनौँ ।’’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आइतबारे बिदाको सट्टा हिउँदे बिदा घटाइयो, अब ३० दिन मात्रै

काठमाडौँ । सरकारले विद्यालय तहको हिउँदे बिदा अवधि घटाएको छ। अब सामुदायिक विद्यालयमा वार्षिक ४५ दिनसम्म दिइने हिउँदे बिदा ३० दिनमा सीमित हुने भएको छ। ...

सशस्त्र प्रहरी निरीक्षक र सरकारी साक्षीविरुद्ध मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आज दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर गरेको छ। सशस्त्र प्रहरी ब...

प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्।  राष्ट्रपति कार्यालयका अनुसार उनलाई २०८३ वैशाख २९ गतेदेखि...

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौँ । अर्घाखाँचीमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ। मृतकमध्ये ३ महिला र १ पुरुष रहेका छन्। सुपा देउराली मन्दिर दर्श...

०८१ सालको नीति तथा कार्यक्रम र अहिलेको हुबहु एउटै छ: राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र शाह नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम अघिल्...

सरकारलाई एमालेको प्रश्न: राष्ट्रिय झण्डा ओढेर देश जलाउनेप्रति सरकार किन मौन छ ?

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा कडा प्रश्न उठाएका छन्। मंगलबार प्रतिनिधिसभा ...

अरुको सुझाव सरकारले सुन्नुपर्छ : सांसद राई

काठमाडौं । श्रम संस्कृत पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई ‘साम्पाङ’ ले सरकारले दलहरुले दिएको सल्लाहअनुसार नीति तथा कार्यक्रममा सच्याउन सुझाव दिएक...

संसदीय प्रणालीप्रतिको प्रतिबद्धता र निष्ठामाथि शङ्का उत्पन्न भयो : आङदेम्बे

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता भिष्मराज आङदेम्बेले वर्तमान सरकारको संसदीय प्रणालीप्रतिको प्रतिबद्धता र निष्ठामाथि शङ्का उत्पन्न...

संसद भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ - अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स‌योजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान संसद् समावेशी हुनु सहिदहरूको बलिदानको उपज भएको ...

बालेन मेयर हुँदै प्रधानमन्त्री बन्नु क्रान्तिकै संकल्पको जित हो भन्ने लाग्छ : प्रचण्ड

‘हिजो बन्दुक बोकेकाहरूको सपना, आज संसद् र सिंहदरबारसम्म

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending