Khabar Dabali २४ कार्तिक २०८२ आईतवार | 9th November, 2025 Sun
Investment bank

योग दिवसः काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभा गृह परिसरमा प्रवर्धनात्मक स्वास्थ्य सेवा सुरु गरेको छ ।

१० औँ राष्ट्रिय योग दिवसको अवसर पारेर स्वास्थ्य विभागले आयोजना गरेको कार्यक्रममा माघ ४ गतेसम्म विहान ७ बजेदेखि योग विज्ञहरूबाट नियमित योग ध्यान, प्रवचन, योग आसन प्रदर्शन, योग संगीतसहित शारीरिक र मानसिक स्वास्थ्य प्रवर्धनका कार्यक्रम हुनेछन् ।

यस्तै, नसर्ने रोग सम्बन्धी कार्यशाला, बिज्ञहरुसँग छलफल, अन्तरक्रिया, नसर्ने रोगको स्क्रिनिङ्, स्वास्थ्य तन्दुरुस्ती र पोषण परामर्श प्रवर्धनात्मक स्वास्थ्य सेवामा समेटिएका छन् । 

कार्यक्रम शुभारम्भ गर्दै आज स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले भने,  ‘पछिल्लो समय योगलाई हात र खुट्टा तन्काउने कलाका रुपमा बुझ्न थालिएको छ, योग त शारीरिक कलामाथि धेरै माथि तन र मन जोड्ने सशक्त माध्यम हो, स्वस्थ्य रहन शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपमा सन्तुलित हुनुपर्छ, यो फल योग र ध्यानबाट प्राप्त गर्न सकिन्छ ।’

महानगरपालिकाले निरोधात्मक र प्रवर्धनात्मक स्वास्थ्य सेवालाई प्राथमिकता दिएको उल्लेख गर्दै महर्जनले विज्ञान र प्रविधि तथा आर्जित सम्पत्तिले भौतिक सुविधा दिने तर सुख नदिने बताए । ‘सुखका लागि योग नै उत्तम विधि हो, यसकारण हामी सहरबासीलाई सुख महसुस गराउन योगका कार्यक्रमलाई प्रवर्धन गरिरहेका छौं’ उनले भने ।

‘योग विज्ञानलाई विद्यालय तहको औपचारिक शिक्षामा समावेश गरेर यसको महत्वलाई ज्ञान र व्यवहारमा कार्यान्वयन गर्ने योजना बनाएका छौँ,’ कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेलले भने,  ‘बालिबालिकाको चारित्रिक विकासका लागि योग सिकाइ महत्वपूर्ण माध्यम हो ।’ 

‘आनन्दमय जीवन जिउने कलाका लागि यौगिक परामर्श, फल अपेक्षाविनाको सेवा, आसन, प्राणायाम, ध्यान, स्वस्थ्यकर भोजन, तनाव व्यवस्थापन आवश्यक हुन्छ’ कार्यक्रमको निरन्तताका बारेमा महानगरको स्वर्णिम योजना  ‘आरोग्य जीवन’का फोकल पर्सन ज्ञानबहादुर ओली भने,  ‘हरेक वडामा योग कक्षा सञ्चालन गर्न प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिसकेका छौँ ।’ 

सहरी जीवनशैली क्रमशः अस्वस्थ्यकर खानपान र निष्क्रियतातर्फ उन्मुख भइरहेकोले यसबाट सिर्जना हुन सक्ने दीर्घ र नसर्ने रोगको जोखिमबाट बचाउन योग तथा स्वास्थ्य परामर्श शिविर सञ्चालन गरिएको स्वास्थ्य विभागका प्रमुख दिपक केसीको भनाइ छ । 

पछिल्लो समय जीवनशैलीसँग सम्बन्धित मधुमेह, उच्च रक्तचाप, क्यान्सर, हृदयाघात, मस्तिष्कघात, अम्लपित्त, क्यान्सर, मिर्गौलाको खराबी, दम, माइग्रेन, चिन्ता, डिप्रेसन, ढाड दुख्ने, उच्च बोसोपन, मोटोपना जस्ता समस्याबाट मानव मृत्यु भइरहेको छ । सक्रिय जीवनशैलीले रोग लाग्नबाट रोक्न सक्छ । रोग लागेर उपचारकै क्रममा पनि योग अभ्यासबाट समस्या घटाउन सकिन्छ । ‘योग गरेर अन्य औषधि छुटाउँछु भन्नु हुँदैन, योगको कुनै लाभ छैन पनि भन्नु हुँदैन, आवश्यकताका आधारमा छुट्टाछुट्टै वा सँगै योग अभ्यास र ध्यान गरे दुवैबाट लाभ पाउन सकिन्छ,’ उनले भने ।

कार्यक्रमका विषय प्रस्तुति तथा योग कक्षा सञ्चालनका लागि काठमाडौँ विश्वविद्यालयसहित योग शिक्षा अध्यापन गराउने विश्वविद्यालय, जीवन विज्ञान, पतञ्जली योग, ओशो तपोवनसहित योग अभ्यास र योग विज्ञानको प्रवर्धनमा सक्रिय संघसंस्थाहरुको सहकार्य गरिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निजी क्षेत्रको मनोबल बढाउन सरकारले विशेष पहल गर्नुपर्छ: अध्यक्ष ढकाल

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको मनोबल बढाउनका लागि सरकारले विशेष पहल लिनुपर्नेमा जोड दिएको छन् । ...

व्यवसायीलाई प्रधानमन्त्री कार्कीको आह्वान : डराउने होइन, आत्मविश्वासका साथ अघि बढौं

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले उद्योगी तथा व्यवसायीहरूलाई आत्मविश्वासका साथ अघि बढ्न आह्वान गरेकी छिन्। शुक्रबार आयोजित राष्ट्रिय आर्थिक ...

मधेश प्रदेशसभामा सांसद रहबर अन्सारीले दले आफैंलाई मोसो

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) का मधेश प्रदेशसभा सांसद रहबर अन्सारीले शुक्रबार प्रदेशसभाको बैठकमै आफैंलाई मोसो दलेका छन्। अन्सारीले सांसद र दल...

प्रहरीलाई कुटपीट, प्रहरी कार्यालय तोडफोड र लुटपाटमा संलग्न पक्राउ

दमक। झापामा जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरीलाई कुटपीट, प्रहरी कार्यालय तोडफोड र लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले श...

७२ घण्टासम्म सप्तरीका सबै सीमानाका बन्द रहने

सप्तरी। भारतको विहारमा हुन लागेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै सप्तरीसँग जोडिएका सीमा ७२ घण्टाका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्य...

नेपाल ट्रस्टको लिज सम्झौतामा हिनामिना : पूर्व सहसचिव कार्की पक्राउ

काठमाडौँ । नेपाल ट्रस्टको जग्गा लिज सम्झौता प्रकरणमा हिनामिनासम्बन्धी आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले पूर्व सहसचिव लेखबहादुर कार्कीलाई पक...

बागलुङमा पिकअप दुर्घटना: मृतक र घाइतेको पहिचान खुल्यो

बागलुङ। बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी मृत्यु र घाइते हुनेको पहिचान खुलेको छ ।  शुक्रबार राति १० बजे बुर्तिबाङदेखि ढोरपाटन जाँदै गरेको...

आलमको निधनमा कांग्रेसले तीन दिनसम्म आधा झण्डा झुकाउने

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय सदस्य अफताब आलमको निधनमा तीन दिनसम्म झण्डा आधा झुकाउने भएको छ । शनिबार बसेको सो पार्टीको आकस्मिक बैठकले शोक प्र...

जेनजी आन्दोलनको क्रममा हिरासतबाट फरार व्यक्ति खोटाङमा पक्राउ

खोटाङ। जेनजी आन्दोलनको क्रममा हिरासतबाट फरार भएका एक व्यक्ति खोटाङमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६, केराबारीका २३...

अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्‍यो, सरकारी बन्दको असर बढ्दै

वासिङ्टन। अमेरिकी सङ्घीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक सङ्कटबीच देशभरका एयरलाइन्सहरूले शुक्रबार करिब एक हजार उडान रद्द गरेका छन् । यद्यपि ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending