Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

गाजामा युद्धविराम सहमति नजिक, राष्ट्रपति रहँदै सम्झौता गराउने बाइडनको प्रयास

बन्धक मुक्त गर्नेबारे कस्तो सहमति हुनसक्छ ?

खबरडबली संवाददाता

काठमाडौं । कतारका मध्यस्थकर्ताहरूले युद्धविराम सम्झौता र गाजामा बन्दी बनाइएका व्यक्तिहरूको रिहाइका लागि गरिएका वार्ताका मुख्य मतभिन्नताहरू सल्टिएको बताएका छन्।

दोहामा "अन्तिम चरण"को वार्ता भइरहँदा उक्त विषय बाहिर आएको हो। तर कतारको विदेश मन्त्रालयका प्रवक्ताले यसको अर्थ सम्झौता वास्तविक रूपमा हुन्छ भन्ने अर्थ लगाउन आवश्यक नरहेको टिप्पणी गरेका छन्।

इजरेली अधिकारीले पनि आफूहरू सम्झौतानजिक पुगे पनि सम्झौता नै गर्ने चरणमा पुगिसकेको रूपमा अर्थ्याउन नहुने बताएका छन्।

हमासले भने स्पष्ट र समावेशी सम्झौता हुने गरी वार्ता निष्कर्षमा पुग्ने अपेक्षा गरेको जनाएको छ। गाजामा मात्रै विगत २४ घन्टामा ६१ जना प्यालेस्टिनीको ज्यान गएको हमास सञ्चालित स्वास्थ्यमन्त्रालयले जनाएको छ।

कतारको विदेशमन्त्रालयका प्रवक्ता मजिद अल अन्सारीले वार्ता सम्झौता नजिक पुगे पनि अहिलेसम्म भइसकेको अवस्था नरहेको बताए।

बीबीसीका गाजास्थित संवाददाता रुस्दी अबुवालुफले सम्झौताका लागि तीनवटा चरण हुने र पहिलो दिन तीनजना बन्धकहरू रिहा हुने बताएका छन्। त्यसपछि इजरेलले आफ्ना फौज फिर्ता गर्न थाल्ने बताइएको छ।

युद्धविराम गर्ने सहमतिका लागि इजरेल र हमास दुवै पक्ष सहमतिनजिकै पुगेको सङ्केतहरू प्राप्त भएका छन्।

'सफलताको सँघारमा'

अमेरिकी राष्ट्रपति जो बाइडनले सहमति सफल हुने "सँघारमा पुगेको" र आफ्नो प्रशासनले तत्काल सम्झौता गराउन पहल गरिरहेको बताए। त्यसलगत्तै प्यालेस्टिनी पक्षले जारी वार्ताबारे जानकारी दिएको हो।

एक इजरेली अधिकारीले पनि रोएटर्स समाचारसंस्थालाई वार्ता "निकै अगाडिको चरणमा" पुगेको बताएका छन्। उनका अनुसार केही "घण्टा, दिन वा थप केही समयमा" सम्झौता हुन सक्ने सम्भावना छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले आइतवार इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू र सोमवार वार्ताको मध्यस्थता गरिरहेका कतारका अमिर शेख तमिम बिन हमाद अल-थानीसँग कुराकानी गरेका थिए।

प्यालेस्टिनी अधिकारीहरूले बीबीसीलाई बताएअनुसार हमास र इजरेली अधिकारीहरूबीच पनि एउटै भवनमा सोमवार अनौपचारिक छलफल भएको थियो।

उक्त सहमतिमा पर्न सक्ने केही सम्भावित विवरणबारे खुलाउँदै ती अधिकारीले भनेका छन् ,"प्राविधिक कुरामा विस्तृत छलफल हुँदा लामो समय लाग्यो।"

सहमति भएका विषय के-के छन्?

दुवै पक्ष पहिलो दिन हमासले तीन बन्धक मुक्त गर्न सहमत देखिएका छन्। त्यसपछि इजरेलले बाक्लो बस्ती भएका क्षेत्रबाट आफ्नो सेना फिर्ता लैजान सुरु गर्ने छ।

सम्झौताको सात दिनपछि हमासले थप चार बन्धक मुक्त गर्ने र इजरेलले दक्षिणी गाजाबाट विस्थापित भएका मानिसहरूलाई उत्तरतर्फ फर्कन अनुमति दिने छ। तर उनीहरू तटीय मार्गबाट पैदलै फर्कनुपर्ने इजरेलको सर्त छ।

कार, चौपायाले तान्ने गाडा र ट्रकहरूलाई कतार र इजिप्टका प्राविधिक सुरक्षा टोलीले सञ्चालन गर्ने एक्स-रे उपकरणबाट जाँच गराएर सालह अल-दिन सडकसँगैको मार्गबाट पार गर्न अनुमति दिइने छ।

सम्झौताको खाकाअनुसार इजरेली सैनिकहरूले फिलाडेल्फी कोरिडरमा बसेर पूर्वी र उत्तरी सीमामा ८०० मिटरको 'बफर जोन' बनाउने छन्। उनीहरूले पहिलो चरणमा यहाँ ४२ दिनसम्म रहने अनुमति पाउने छन्।

बन्धक मुक्त गर्नेबारे कस्तो सहमति हुन सक्छ

इजरेलले पनि १,००० प्यालेस्टिनी बन्दी रिहा गर्ने सहमति व्यक्त गरेको छ। तीध्ये कम्तीमा १९० जना १५ वर्ष वा त्यसभन्दा धेरै वर्ष जेल सजाय तोकिएका व्यक्तिहरू छन्। त्यसको बदलामा हमासले ३४ बन्धक मुक्त गर्ने छ।

हमासले मुक्त गर्ने बन्धकहरूको सम्भावित सूची यसअघि बीबीसीलाई हमास अधिकारीहरूले उपलब्ध गराएका थिए। उक्त सूचीमा नेपालका विपिन जोशीको नाम छैन।

दोस्रो र तेस्रो चरणको वार्ता युद्धविरामको १६औँ दिनबाट सुरु हुने छ। बन्धक बनाइएका इजरेली मूलका एक अमेरिकी नागरिकका बुवाले 'बीबीसी न्यूजआवर'लाई इजरेलले सम्झौतामा "हुन्छ" भनेको "आफूले ठानेको" बताएका छन्।

जोनथन डेकल-खेनले आफ्ना छोरा सागुइको चिन्ताका कारण आफू सधैँ "त्रासमा बाँचिरहेको" बताएका छन्।

राष्ट्रपति रहँदै सम्झौता गराउने बाइडनको प्रयास

सम्झौता अन्तिम चरणमा पुगेको थप विवरण आइरहँदा अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले "यसै साता" सम्झौता हुन सक्ने बताएका छन्। जो बाइडनको राष्ट्रपतीय कार्यकाल यो सप्ताहान्तमा टुङ्गिदै छ।

इजिप्टका राष्ट्रपति अब्दुल फतह अल-सिसीसँग पनि आफूले कुराकानी गर्ने बाइडनले बताएका छन्।

अमेरिकाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका डोनल्ड ट्रम्पका विशेष दूत स्टीभ विट्कफ पनि दोहा पुगेका छन्।

ट्रम्पले आफूले ज्यानुअरी २० मा कार्यकाल सुरु गर्नुअघि नै बन्धकहरू मुक्त नभए "भयावह अवस्था" निम्तिन सक्ने चेतावनी यसअघि दिएका थिए।

इजरेली विदेशमन्त्री गीडन सारले वार्तामा प्रगति भएको र सम्झौताको "सम्भावना यसअघिको भन्दा राम्रो" देखिएको बताएका छन्।

नेतन्याहूमाथि पार्टीभित्रैबाट दबाव

सम्भावित सहमतिप्रति सत्ता साझेदार गठबन्धनबाटै इजरेली प्रधानमन्त्री नेतन्याहूले विरोध खेपिरहेका बेला अहिले वार्ता अन्तिम चरणमा पुगेको हो।

नेतन्याहूको आफ्नै दल लिकुड पार्टीका सदस्यसहित १० वामपन्थी नेताहरूले सङ्घर्षविरामको विरोध गर्दै उनलाई पत्र लेखेका छन्।

वार्ता हुँदै गर्दा गाजाको नागरिक प्रतिरक्षा निकायले इजरेलले गाजा सहरमा शृङ्खलाबद्ध आक्रमणमा परी सोमवार ५० भन्दा धेरै मानिसको मृत्यु भएको जनाएको छ।

"उनीहरूले विद्यालय, घर र मानिस भेला भएका ठाउँमा बम प्रहार गरे," उक्त निकायका प्रवक्ता महमुद बसालले समाचारसंस्था एएफपीसँग भने।

इजरेली सेनाले उक्त विवरणबारे बुझ्ने काम भइरहेको जनाएको छ। एक फरक वक्तव्यमा उसले गाजा क्षेत्रको उत्तरी भेगमा सोमवार छ सैनिकको मृत्यु भएको जनाएको छ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले दक्षिण इजरेलमा गरेको अप्रत्याशित हमलामा १,२०० जनाको मृत्यु हुनुका साथै २५१ जना बन्धक बनाइएका थिए।

त्यसपछि हमासविरुद्ध इजरेलले सुरु गरेको प्रत्याक्रमणमा गाजामा ४७,००० भन्दा बढी मानिस मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हमासले अझै करिब ९४ जनालाई गाजामा बन्धक बनाइरहेको बताइएको छ। तीमध्ये ३४ जनाको मृत्यु भइसकेको ठानिएको छ। बीबीसी

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै

काठमाडौँ । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुँदैछ छ ...

कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा विभिन्न कार्यक्रम गर्दै

काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तय...

विश्व बैंकको सहयोगमा मुलपानी-तितौरे सडक कालोपत्र हुँदै

बागलुङ । विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मुलपानी–तितौरे नौ किलोमिटर खण्डमा कालोपत्र थालिएको छ । पहिलो चरणमा ति...

गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्य: बेवास्ताले बढ्दै जोखिम, समस्या कसरी थाहा पाउने ?

काठमाडौँ । गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्रा...

स्वदेशी चलचित्र डिजिटाइजेशनका लागि चलचित्र विकास बोर्डद्वारा आवेदन आह्वान

काठमाडौं । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रको डिजिटाइजेशन कार्यका लागि आवेदन आह्वान गरे...

निर्वाचन ६४ दिन बाँकी- ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरिसकेका...

आजको मौसमको : तराईमा हुस्सु, हिमाल-पहाडमा आंशिक बदली

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू–भागका अधिकांश स्थानमा...

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending