Ntc summer Offer
Khabar Dabali ३० फाल्गुन २०८१ शुक्रबार | 14th March, 2025 Fri
Investment bank

अजिरकोटमा ‘एक सहकारी, एक उत्पादन’ अभियान सुरू

खबरडबली संवाददाता

गोरखा। जिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले ‘एक सहकारी, एक उत्पादन’ अभियानमार्फत स्थानीय विकास र आत्मनिर्भरतालाई नयाँ गति दिने योजना अघि सारेका छन्।

आदर्श बहुउद्देश्यीय सामुदायिक विकास सहकारी संस्थाको १९औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशन उद्घाटन गर्दै उनले सहकारीलाई ग्रामीण विकासको आधार बनाउँदै उत्पादनमूलक व्यवसाय र स्थानीय रोजगारी सिर्जनामा केन्द्रित गरिने बताए।

अध्यक्ष देवकोटाले सहकारीलाई जनताको साझा संस्था भन्दै यसलाई उत्पादनका माध्यमबाट आर्थिक उन्नति गर्ने अभियानका रूपमा अघि बढाउन गाउँपालिका प्रतिबद्ध रहेको बताए। उनले भने, ‘सहकारीलाई नमुना रूपमा विकास गर्दै, स्थानीय उत्पादनहरूको ब्रान्डिङ र बजारीकरणमा जोड दिनेछौँ।’

गाउँपालिकाले स्थानीय उत्पादनमा आधारित कार्यक्रमहरू जस्तै कोदाको रक्सी, किवी खेती, ओलाङमा तत्काल होमस्टे सञ्चालन, र उत्पादनमूलक व्यवसाय प्रवर्द्धन गर्न सहकारीमार्फत अनुदान उपलब्ध गराउने योजना अघि सारेकाे बताए। ‘यसले न केवल रोजगारी सिर्जना गर्छ, उत्पादित सामग्रीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन मद्दत गर्दछ,’ उनले थपे।

अध्यक्ष देवकोटाले सहकारीप्रति जनतामा रहेको नकारात्मक धारणा बदल्ने आवश्यकता औँल्याए। गाउँपालिकाले सहकारी व्यवस्थापन सुधार्न कडा नीति अवलम्बन गरेको दाबी गर्दै उनले खराब कर्जा भएका सहकारीलाई अनुशासनमा ल्याउने, ऋण नतिर्नेहरूको पालिकाबाट प्रवाह हुने सेवा रोक्ने, र, पुस महिनाभित्र सबै सहकारीलाई अद्यावधिक गर्न निर्देशन दिएको दाबी गरे।

कार्यक्रममा अध्यक्ष देवकोटाले नम्कि-भिरकुना-खरिबोट-वडा कार्यालय सडक तत्काल पिच गर्ने प्रतिबद्धता जनाए।

गाउँपालिकाका सबै टाेल तथा गाउँमा केन्द्रीय प्रसारण लाइन पुग्ने भन्दै स्थानीय स्तरमा उत्पादित हाइड्रोलाई केन्द्रीय प्रसारण लाइनमा जोड्न सहजीकरण गर्न आफू तयार रहेको बताए । उनले भने-‘आगामी केही समयभित्र अजिरकाेटका हरेक टोल र गाउँमा केन्द्रीय प्रसारण लाइन पुग्छ। तर, यहाँ तपाइहरूले उत्पादन गर्नु भएको हाइड्रोलाई केन्द्रीय प्रसारण लाइनमा जोड्न चाहनुहुन्छ भने स्थानीय सरकारले त्यसलाई सहजीकरण गर्न तयार छ ।’

स्थानीय सरकारलाई एक मेगावाट क्षमताका हाइड्रो पावरको अनुमति प्रदान गर्ने कानुनी व्यवस्था छ ।

२०६३ सालमा स्थापना भएको आदर्श बहुउद्देश्यीय सामुदायिक विकास सहकारी संस्थाले ११ वटा साना सहकारी संस्थालाई मातहतमा राख्दै, हालसम्म करिब ३ करोड रुपैयाँ लगानी गरेका स्थानीय शेयर सदस्यहरूलाई प्रत्यक्ष फाइदा पुर्‍याएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धनकुटाका ६ क्याम्पसमा सर्वसंवत नेतृत्व चयन

हिले । धनकुटाका ६ वटा क्याम्पसमा तीन वटा विद्यार्थी सङ्गठनहरुले सर्वसम्मत रुपमा स्ववियुको नेतृत्व चयन हुने सहमति गरेका छन् । सहमति अनुसार धनकुटा बहुमु...

मन्त्रिपरिषद् बैठकका २५ निर्णय सार्वजनिक (सूचीसहित)

जग्गा प्रशासन निर्देशिका, २०५८ र भू–सूचना प्रणाली सञ्चालन निर्देशिका, २०७१ खारेज गर्ने निर्णय

सेन्सरले फिल्म ‘राजागंज’ रोकेपछि दीपकराज र निश्चलको विरोध

आर्ट नबुझ्नेहरु फिल्म सेन्सर गर्न बसेका छन् हाम्रो नेपालमा

स्थानीय र प्रदेशको काम संघले गर्नु संविधानको मर्म विपरित- अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम संघले गर्नु संविधान र संघीयताको मर्म र भावना विपरित हु...

चार देशीय सिरिजमा नेपालको तेस्रो हार

काठमाडौँ । नेपालले युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिजमा तेस्रो हार बेहोरेको छ । बुधबार सम्पन्न नामिबियासँगको खेलमा नेपाल २३ ...

दोहोरो अंकले बढ्यो नेप्से, ८ अर्ब २३ करोडको करोडको कारोबार

काठमाडौँ । लगातार ७ दिनको गिरावटपछि सेयर बजार परिसूचक (नेप्से)आज बढेको छ । साताको चौथो दिन बुधबार बजार परिसूचक १७.२८ अंकले घटेको हो । योसँगै बजार परिस...

पीएम कप: सुदूरपश्चिममाथि आर्मीको सहज जित

काठमाडौँ । जारी पीएम कप अन्तर्गत त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । बुधबार सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा आर्मीले सुदूरपश्च...

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

काठमाडौँ । नेपाल बाहिर प्रदर्शन भइसकेको फिल्म ‘राजागंज’ लाई सेन्सर बोर्डले रोकेको छ । आगामी चैत १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्मलाई केन...

बजेट निर्माण र बाँडफाँटको अधिकार प्रदेश र स्थानीय तहलाई दिन सकिँदैन : अर्थमन्त्री

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट निर्माण र बाँडफाँटको अधिकार प्रदेश तथा स्थानीय सरकारलाई दिन नसकिने बताएको छन । बुधबा...

गलत रकम लेखिएकै आधारमा चेक अनादर मुद्दा दर्ता हुँदैनः उपाध्यक्ष श्रेष्ठ

काटमाठौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चेकमा गलत रकम लेखेकै आधारमा चेक अनादरको मुद्दा दर्ता नहुने बताएको छन । बुधबार ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy