Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

रौतहट प्रहरी कार्यालयमा ६ महिनामा अढाई करोड राजश्व संकलन, ६६ तस्कर पक्राउ

खबरडबली संवाददाता

रौतहट। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले गरी ६ महिनामा झण्डै अढाई करोड रुपैयाँ बराबरको अबैध सामान सहीत ६६ जना तस्करलाई पक्राउ गरेको छ।

रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको सक्रियताले बिगतको तुलनामा राजस्व संकलन देखी आपराधिक क्रियाकलाप लगायत चौतर्फी सुधार आएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटले बिहीवार सार्वजनिक गरेको ६ महीने प्रगती विवरणमा गत आर्थिक वर्षको  ६ महिनाको तुलनामा यस आर्थिक वर्षको सोही अवधिमा चौतर्फी प्रगति देखिएको छ। 

गत साउन देखी पुस मसान्त सम्म भारतीय बजारबाट तस्करीको माध्यमले भित्र्याएको २ करोड ४२ लाख ७७ हजार ४ सय ४३ रुपैयाँ बराबरको बिभिन्न प्रकारको सामान बरामद गरी भन्सारमा बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ। तस्करीमा प्रयोग गरिएको २ थान स्कार्पियो, २ थान पिकअप भ्यान, ४ थान ई रिक्सा, १०८ थान मोटरसाईकल, साइकिल १४ थान बरामद गर्नुका साथै तस्करीमा संलग्न ६६ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याईएको एसपी घिमिरेले बताएका छन्।

हुण्डी कारोबारबाट १५ लाख रुपैयाँसहित ३ जना मानिसलाइ पक्राउ गरेको छ। प्रहरीले चोरीको २ थान स्कार्पियो, २१ वटा मोटरसाइकिल र चोरीमा संलग्न २४ जना मानिसलाइ पक्राउ गरी कारबाहीको दायरामा ल्याएको हो।

सोही अवधिमा कर्तव्य ज्यानको ९ वटा मुद्धा दर्ता भएको मध्ये ५ वटा फर्छौट भएको छ । गत आवको सोही अवधिमा ४ वटा कर्तब्य ज्यान सम्बन्धि मुुद्धा दर्ता भएकोमा २ वटा फर्छौट भएको थियो।

त्यस्तै, जबरजस्ती करणीको १३ वटा मुद्दा दर्ता भएकोमा ६ वटा फर्छ्यौट भएको छ। गत आवको सोही अवधिमा २१ वटा मुद्धा दर्ता भएको र १६ वटा फर्छौट भएको थियो । लागूऔषध तर्फ १५ मुद्दा दर्ता १४ फर्छ्यौट, गत आवको सोही अवधीमा ११ वटा मुद्धा दर्ता भएकोमा १० वटा फर्छौट भएको थियो ।

यसैगरी हात हतियार खरखजाना सम्बन्धि ६ वटा मुद्धा दर्ता भएकोमा ५ वटा फर्छौट भएको छ । चालू आवको ६ महिनामा चोरी सम्बन्धि ३८ मुद्धा दर्ता र सबै फर्छ्यौट गत आवको सोही अवधिमा  ३५ वटा मुद्धा दर्ता तथा फर्छौट भएको थियो । 

मुद्रा सम्बन्धि ४ वटा मुद्धा दर्ता र सबै फर्छौट भएको छ । एसपी दिलीप घिमिरेको निर्देशनमा संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत ६ महिनामा २ सय ६४ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले बताएका छन्।

राष्ट्रिय तथा सामुदायिक वन बाट तस्करले अबैध रुपमा कटान गरी ल्याएको करीब ११८ क्यूफिट सालको गुलिया काठ, ३ ट्रली बालुवासँगै नदी जन्य पदार्थ ढुवानीमा प्रयोग गरिएको २३ वटा सवारीसाधन प्रहरीले नियन्त्रमा लिएको थियो। उक्त कारवाहीबाट ८२ लाख ८ हजार ७ सय रुपैयाँ राजश्व संकलन गरिएको  थियो।

उता, रौतहटस्थीत ट्राफिक प्रहरीले ६ महिनाको अवधिमा नियम बिपरित चलेका सवारी साधनलाई गरेको कारवाहीबाट ६८ लाख २४ हजार ५ सय राजस्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको तथ्यांक उल्लेख छ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यूएईमा इरानको ड्रोन आक्रमणमा १५ नेपाली घाइते, अधिकांश काममा फर्किए

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणमा परेर हालसम्म १५ जना नेपाली घाइते भएका छन्। तीमध्ये १४ जना उपचारपछि आफ...

टी–२० विश्वकप : नेपाललाई तीन करोड ७७ लाख पुरस्कार

काठमाडौं। भारत र श्रीलङ्कामा हालै सम्पन्न आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आइसिसी० बाट दुई लाख ५...

गण्डकी प्रदेशकी एक्ली सांसद महिला

लेखनाथ। छ दिनअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । यो निर्वाचनमा प्रत्यक्षतर्फका ...

प्रतिनिधि सभा निर्वाचनको परिणाम अप्रत्याशित देखियो : कृष्णप्रसाद सिटौला

काठमाडौं । कृष्णप्रसाद सिटौला ले प्रतिनिधि सभा निर्वाचनको परिणाम अपेक्षाभन्दा फरक आएको बताएका छन्। बुधबार नेपाली कांग्रेस बाट राष्ट्रिय सभामा नवनिर...

यात्रु उद्धार गर्न निगमको जहाज दुबई जाँदै

काठमाडौँ। नेपाल वायु सेवा निगमले आज राति विशेष उडानमार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ । निगमले मङ्गलबार एक उडान सूचना...

रक्तपातविहीन ऐतिहासिक निर्वाचन : गृहमन्त्री अर्याल

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न भएको बताउँदै केन्द्रीय सुरक्षा समिति, प्रदेश ...

इलाममा समानुपातिकतर्फ श्रम संस्कृति पार्टी पहिलो

इलाम। दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा यस पटक नयाँ दलका रूपमा रहेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो बनेको छ । इलाम क्षेत्र नम्बर १ म...

समानुपातिकतर्फ दलले प्राप्त गरेको मत सिटमा कसरी बदलिन्छ ? यस्तो छ 'सेन्ट लग' सूत्र

काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको १ सय ६५ सिटकै नतिजा ...

यस वर्ष मलखादको अभाव हुँदैन - कृषिमन्त्री डा. परियार

टीकापुर। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले यस वर्ष मुलुकमा मलखादको अभाव नहुने बताएको छन्। बुधबार कैलालीमा चारपाङ्ग्रे मेसिनद्वारा ...

सप्तरीमा समानुपातिकतर्फ १६ हजारभन्दा बढी मत बदर

सप्तरी। प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणामअनुसार सप्तरीमा १६ हजार १ सय २५ मत बदर भएको ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE