काठमाडौं । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता नवीकरणका लागि तल्लो तहका समितिलाई समय सीमा नै तोकेर परिपत्र गरेको छ । पार्टीका महामन्त्री गगनकुमार थापाले सदस्यता व्यवस्थापन केन्द्रीय समितिले वडा, प्रदेश सभा क्षेत्र, क्षेत्रीय समितिलाई क्रियाशील सदस्यता नवीकरणका लागि समय तोकेर निर्देशन जारी गरेका हुन् ।
परिपत्रमा एकभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएको जिल्लाको हकमा सभापतिले माघ १२ गते ५ बजेसम्म क्षेत्रीय सभापतिलाई क्रियाशील सदस्यको फारम र नामावली बुझाइ सक्नुपर्नेछ । यस्तै एक मात्र प्रतिनिधिसभा भएको जिल्लाका सभापतिले माघ १३ गते ५ बजेभित्र फारम र नामावली बुझाउनु पर्ने उल्लेख गरिएको छ ।
यस्तै प्रदेशसभा क्षेत्रीय समितिले माघ १४ गते ५ बजे पालिका समितिलाई र गाउँ नगरले माघ १५ गते वडा तहमा क्रियाशील सदस्यताको नामावली अनिवार्य बुझाउनुपर्ने गरी परिपत्रमा उल्लेख गरेको छ । यसैगरी वडामा क्रियाशील सदस्यताका लागि वडाले फागुन १ गते पालिका तहमा २ सय शुल्कसहित नामावली बुझाउनुपर्ने परिपत्रमा उल्लेख गरिएको छ ।
यस्तै पालिकाले प्रदेश सभा क्षेत्रीय समितिमा फागुन १० गतेभित्र बुझाउनु पर्नेछ भने फागुन २० भित्र क्षेत्रीय समितिले प्रदेश सभा क्षेत्रमा तथा प्रदेश सभाले फागुन मसान्त भित्र क्षेत्रीय कार्यसमितिमा पठाइसक्नु पर्ने समितिले परिपत्र जारी गरेको छ ।
एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समितिले चैत १५ र जिल्लाले चैत २९ गते दिउँसो ३ बजेभित्र केन्द्रीय कार्यालयमा शुल्कसहित पठाइसक्न समितिले निर्देशन दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३ गते, २०८१ - २१:०३
लेबनान । लेबनानी अधिकारीहरूले शनिबार संयुक्त राष्ट्र सङ्घको काफिलेमा आक्रमण गरेको आरोपमा २५ जनाभन्दा बढी व्यक्तिलाई गिरफ्तार गरिएको जनाएको छ । उक्त आक...
फाल्गुन ३ गते, २०८१ - २०:४९
माेरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र जनताको गणतन्त्र बनाउने या वुर्जुवाको भन्ने संघर्ष सुरु भएको बताएका छन् । पार...
फाल्गुन ३ गते, २०८१ - २०:३०
रसुवा । रसुवामा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका गाउँपालिका-१ राम्चे बस्ने मीन लामा...
फाल्गुन ३ गते, २०८१ - २०:१५
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले ल्याएको अध्यादेश नेकपा (एकीकृत समाजवादी) ले पारित गर्न नदिएको दाबी गरेका छन् ।...
फाल्गुन ३ गते, २०८१ - २०:०२
ललितपुर । प्रमुख राजनीतिक दलका नेताहरू संविधान संशोधन गर्नुपर्नेमा एकमत देखिएका छन् । आज यहाँ आयोजित संविधान संशोधनमा सार्वजनिक संवाद कार्यक्रममा ...
फाल्गुन ३ गते, २०८१ - १९:५२
रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठूलो परिणामको गाँजा र चरेससहित सातजना व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र ला...
फाल्गुन ३ गते, २०८१ - १९:४७
कास्की । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका धावक धावक बिल्सन चेरुयोटले जितेका छन् । भूतपूर्व खेलाडी मञ्चले शनिबार पोखरामा आयोजना ...
फाल्गुन ३ गते, २०८१ - १९:४३
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिका सभापति निर्विरोध भएका छन् । सभापतिको मनोनयनका लागि शनिबार दिउँसो चार बजेसम्म निर्धारित अवधिभित्र...
फाल्गुन ३ गते, २०८१ - १९:३८
हेटौँडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिका–४, झुरझुरे स्थित नवनिर्मित सहिद स्मृति रङ्गशालामा शनिवारदेखि सुरु भएको सातौँ संस्करणको बागमती गोल्डकप रा...
फाल्गुन ३ गते, २०८१ - १९:३२
महाेत्तरी । प्रेस चौतारी नेपाल महोत्तरीको दोश्रो अधिवेशनवाट रामनारायण महताे अध्यक्षमा निर्वाचित भएका छन् । गौतम होटलमा भएको अधिबेशनले महतोको अध्यक्...
प्रतिकृया लेख्नुहोस्: