Ntc summer Offer
Khabar Dabali ४ फाल्गुन २०८१ आईतवार | 16th February, 2025 Sun
Investment bank

कैलालीमा हिउँदे बाली जोगाउन किसानकाे खेतमै बास

खबरडबली संवाददाता

कैलाली । कैलालीका किसानलाई छाडा चौपायाबाट हिउँदे बाली जोगाउन सकस भएको छ । दिनभरि वनक्षेत्रमा बस्ने छाडा चौपायाले राति आएर खेतीपाती नोक्सान गर्न थालेपछि किसानलाई बाली जोगाउन आपत परेको हो ।

गहुँ, मसुरो, आलु, तरकारी जोगाउन लागि उनीहरु खेतमै बास बस्नुका साथै रातभरि गस्ती गर्नुपर्ने बाध्यता छ । छाडा चौपायाले किसानलाई ठुलो समस्यामा पारेको कैलारी गाउँपालिका–३ भर्रीका किसान मक्कुराम चौधरीले बताए । “हामी सीमा क्षेत्रका किसान छाडा चौपायाबाट धेरै पीडित छौं” उनले भने, “हाम्रै यहाँ रहेका र भारततिरबाट पनि आएर छाडा चौपायाले खेतीपातीमा नोक्सान गरिहेका छन् ।”

कृषक चौधरीकाअनुसार गहुँ, मसुरो जोगाउन किसान खेतमै बास बस्ने गरेका छन् । आ–आफ्ना खेतमा स–साना झुपडी बनाएर राति त्यतै बास बस्ने र गस्ती गर्ने गरेका उनको भनाइ छ । “खेतमा जाग्राम बसेर गस्ती गरिएन भने सखाप पार्छन्” कृषक चौधरीले भने । कैलारी गाउँपालिका, भजनी नगरपालिका लगायतको क्षेत्रमा रहेका वनजङ्गलमा धेरै छाडा चौपाया बस्दै आएका छन् । त्यसैगरी, भारततिरबाट पनि अत्यधिक चौपाया खेतसम्म आउने गरेको किसानको भनाइ छ । भारततिरबाट आउने चौपाया धपाउन लागि उनीहरु विभिन्न नाकामा रातभरि बसेर गस्ती गर्ने गरेका छन् ।

छाडा चौपायाको समस्याले विकराल रुप लिए पनि रोकथाममा स्थानीय सरकारले चासो नदेखाएको किसानको गुनासो छ । “स्थानीय सरकारले छाडा चौपायाले गरेको नोक्सानको न क्षतिपूर्ति दिन्छ न त चौपाया व्यवस्थापन गर्छ” लालपुरका कृषक गुरीलाल चौधरीले भने, “जताबाट पनि हामी किसान नै मर्कामा छौं ।”

कैलालीमा बर्खे बालीलाई बाढीले नोक्सान गर्दै आएको छ । बाढीपीडित धेरैजसो किसान परिवार हिउँदे बालीमा निर्भर छन् । हिउँदे बालीलाई छाडा चौपायाले नोक्सान गर्न थालेपछि समस्यामा परेको उनीहरुको भनाइ छ । छाडा चौपाया व्यवस्थापनको नाममा विभिन्न स्थानीय तहले अत्यधिक बजेट खर्च गरिसकेका छन् । तर समस्या अझै ज्युँको त्युँ रहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा नेपाली शान्ति सेनामाथि आक्रमण गर्ने २५ जना पक्राउ

लेबनान । लेबनानी अधिकारीहरूले शनिबार संयुक्त राष्ट्र सङ्घको काफिलेमा आक्रमण गरेको आरोपमा २५ जनाभन्दा बढी व्यक्तिलाई गिरफ्तार गरिएको जनाएको छ । उक्त आक...

कांग्रेस र एमाले भ्रष्ट, दलाल र विचौलियाले चाहेजस्तो गणतन्त्रलाई आफूअनुकूल बनाउन खोज्दै छन्ः प्रचण्ड

माेरङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र जनताको गणतन्त्र बनाउने या वुर्जुवाको भन्ने संघर्ष सुरु भएको बताएका छन् । पार...

रसुवामा ३० वर्षीया महिला बलात्कृत

रसुवा । रसुवामा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका गाउँपालिका-१ राम्चे बस्ने मीन लामा...

अध्यादेश थन्क्याउने काम एकीकृत समाजवादीले गर्छ: नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले ल्याएको अध्यादेश नेकपा (एकीकृत समाजवादी) ले पारित गर्न नदिएको दाबी गरेका छन् ।...

‘सबैको सहमतिमा संविधान संशोधन आवश्यक छ’

ललितपुर । प्रमुख राजनीतिक दलका नेताहरू संविधान संशोधन गर्नुपर्नेमा एकमत देखिएका छन् ।  आज यहाँ आयोजित संविधान संशोधनमा सार्वजनिक संवाद कार्यक्रममा ...

गाँजा र चरेससहित रुपन्देहीबाट सातजना पक्राउ

रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठूलो परिणामको गाँजा र चरेससहित सातजना व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र ला...

केन्याका बिल्सनलाई पोखरा म्याराथनको उपाधि

कास्की । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका धावक धावक बिल्सन चेरुयोटले जितेका छन् ।  भूतपूर्व खेलाडी मञ्चले शनिबार पोखरामा आयोजना ...

सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिमा सभापति निर्विरोध

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिका सभापति निर्विरोध भएका छन् । सभापतिको मनोनयनका लागि शनिबार दिउँसो चार बजेसम्म निर्धारित अवधिभित्र...

बागमती गोल्डकप : बागमती युवा क्लबको विजयी सुरुवात

हेटौँडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिका–४, झुरझुरे स्थित नवनिर्मित सहिद स्मृति रङ्गशालामा शनिवारदेखि सुरु भएको सातौँ संस्करणको बागमती गोल्डकप रा...

प्रेस चौतारी नेपाल महोत्तरीको अध्यक्षमा महतो निर्वाचित

महाेत्तरी । प्रेस चौतारी नेपाल महोत्तरीको दोश्रो अधिवेशनवाट रामनारायण महताे अध्यक्षमा निर्वाचित भएका छन् । गौतम होटलमा भएको अधिबेशनले महतोको अध्यक्...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy