Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन पेश गर्न निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्डको सत्यतथ्य छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा गठन गरिएको समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन समयसीमा तोकिएको छ।

प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि घटनाबारे उच्चस्तरीय छलफल गरी सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो। घटनापछि गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल भएको थियो।

छलफलमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेल तथा गृह मन्त्रालयका उच्च अधिकारी सहभागी थिए। सोही बैठकबाट छानबिन समिति गठन गर्ने निर्णय गरिएको जनाइएको छ।

यता, घटनापछि विकसित सुरक्षा अवस्थाबारे समीक्षा गर्न सरकारले आज साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक पनि बोलाएको छ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको विवाद नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो। घटनापछि क्षेत्रको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

सरकारले घटनाको वास्तविक कारण, सुरक्षा निकायको भूमिकालगायत सम्पूर्ण पक्षको अध्ययन गरी आवश्यक सुझावसहित प्रतिवेदन पेश गर्न छानबिन समितिलाई जिम्मेवारी दिएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मेची राजमार्ग अवरुद्ध कायमै, सर्वसाधारण समस्यामा

इलाम। करिब २२ दिन यता अवरुद्ध मेची राजमार्गको माइखोलास्थित राजदुवाली सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । माइखोला माथिपट्टिको भागमा जमिननै बग्ने र स...

सुनसरीमा कर्फ्यु उल्लंघनपछि नेपाली सेना परिचालन

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन, आगजनी र तोडफोड हुन थालेपछि नेपाली सेना परिचालन गरिएको छ। ...

ग्लोबल आइएमई बैंकमा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँग सहकार्य गर्दै एपमार्फत नै बैंक खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सञ्चालनमा ल्याएको छ। लिङ्कः ht...

सिरहामा मागअनुसार डिएपी मल पुग्न अझै १० दिन लाग्ने

लहान। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानले सिरहामा मागअनुसार डिएपी मल सहज रूपमा वितरण गर्न अझै १० दिन लाग्ने जनाएको छ । धान खेतीका लागि...

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन पेश गर्न निर्देशन

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्डको सत्यतथ्य छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको स...

सुनसरी गोलीकाण्डपछि गृहमन्त्री गुरुङको सुरक्षा प्रमुखसँग आकस्मिक छलफल

काठमाडौं । सुनसरीको देवानगञ्जमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएपछि गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीस...

नागढुङ्गा सुरुङमार्गको हराएको शिलालेख पुनर्स्थापना गरिनेछ: मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा सुरुङमार्गको शिलान्यासका क्रममा राखिएको शिलालेख पुन: स्थापना गरिने बताएका छन्। उद्घाटन समा...

चन्द्रागिरिमा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ। काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५ तीनथाना सडकखण्डमा स्कुटर र मिनी ट्रक आपसमा ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ। सोमबार बि...

म्याग्दी पहिरोमा परि वृद्धको मृत्यु, एक महिलाको उद्धार

म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका–७, धारापानीमा पहिरोमा पुरिएकी एक महिलाको सकुशल उद्धार गरिएको छ। मुना र ताकम प्रहरी चौकीबाट खटिएको उद्धार ट...

गुल्मीमा बोलेरो दुर्घटना, चार जना घाइते

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसिथोक खहरेस्थित तम्घास–पुर्कोटदह सडकखण्डमा एलपीजी ग्यास सिलिन्डर बोकेको बोलेरो जीप दुर्घटना हुँदा चार जना घाइ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending