Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

सुनसरी गोलीकाण्डपछि गृहमन्त्री गुरुङको सुरक्षा प्रमुखसँग आकस्मिक छलफल

खबरडबली संवाददाता

काठमाडौं । सुनसरीको देवानगञ्जमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएपछि गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीसँग आकस्मिक छलफल सुरु गरेका छन्।

सिंहदरबारस्थित गृह मन्त्रालयमा भइरहेको छलफलमा गृहमन्त्री गुरुङ, गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेललगायत सुरक्षा निकायका उच्च अधिकारी सहभागी छन्। घटनाको वस्तुस्थिति, सुरक्षा अवस्था तथा पछिल्ला परिस्थितिबारे छलफल भइरहेको स्रोतले जनाएको छ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच उत्पन्न विवाद नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो। गोली लागेर गम्भीर घाइते भएका मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा आइतबार राति निधन भएको प्रहरीले जनाएको छ।

घटनापछि क्षेत्रमा तनाव बढेपछि स्थानीय प्रशासनले कप्तानगञ्ज क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

प्रहरीका अनुसार साउने सोमबारको बोलबम यात्राका लागि राति डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारी गरिरहेको एक समूह र रातिको समयमा होहल्ला भएको भन्दै विरोध जनाउने अर्को समूहबीच विवाद सुरु भएको थियो। विवाद उग्र बनेपछि सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले प्रारम्भमा अश्रुग्यास प्रहार र हवाई फायर गरेर अवस्था नियन्त्रणमा लिन प्रयास गरेको दाबी गरेको छ। त्यसबाट पनि भीड नियन्त्रणमा नआएपछि गोली चलाउनुपरेको प्रहरीको भनाइ छ।

घटनामा घाइते भएका आठ जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये अधिकांशलाई गोली लागेको जनाइएको छ। झडपका क्रममा प्रहरी निरीक्षक राकेश राईसहित आठ जना सुरक्षाकर्मी पनि घाइते भएका छन्।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरीमा कर्फ्यु उल्लंघनपछि नेपाली सेना परिचालन

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन, आगजनी र तोडफोड हुन थालेपछि नेपाली सेना परिचालन गरिएको छ। ...

ग्लोबल आइएमई बैंकमा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँग सहकार्य गर्दै एपमार्फत नै बैंक खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सञ्चालनमा ल्याएको छ। लिङ्कः ht...

सिरहामा मागअनुसार डिएपी मल पुग्न अझै १० दिन लाग्ने

लहान। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानले सिरहामा मागअनुसार डिएपी मल सहज रूपमा वितरण गर्न अझै १० दिन लाग्ने जनाएको छ । धान खेतीका लागि...

सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन पेश गर्न निर्देशन

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्डको सत्यतथ्य छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको स...

सुनसरी गोलीकाण्डपछि गृहमन्त्री गुरुङको सुरक्षा प्रमुखसँग आकस्मिक छलफल

काठमाडौं । सुनसरीको देवानगञ्जमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएपछि गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीस...

नागढुङ्गा सुरुङमार्गको हराएको शिलालेख पुनर्स्थापना गरिनेछ: मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा सुरुङमार्गको शिलान्यासका क्रममा राखिएको शिलालेख पुन: स्थापना गरिने बताएका छन्। उद्घाटन समा...

चन्द्रागिरिमा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ। काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५ तीनथाना सडकखण्डमा स्कुटर र मिनी ट्रक आपसमा ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ। सोमबार बि...

म्याग्दी पहिरोमा परि वृद्धको मृत्यु, एक महिलाको उद्धार

म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका–७, धारापानीमा पहिरोमा पुरिएकी एक महिलाको सकुशल उद्धार गरिएको छ। मुना र ताकम प्रहरी चौकीबाट खटिएको उद्धार ट...

गुल्मीमा बोलेरो दुर्घटना, चार जना घाइते

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसिथोक खहरेस्थित तम्घास–पुर्कोटदह सडकखण्डमा एलपीजी ग्यास सिलिन्डर बोकेको बोलेरो जीप दुर्घटना हुँदा चार जना घाइ...

मधेसमा तीन दलीय गठबन्धनकै सरकार निरन्तर रहने मुख्यमन्त्री यादवको दाबी

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित वर्तमान सत्ता गठबन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending