Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

गोरखा हुँदै चीन जोड्ने सडक कालोपत्रे गर्न ६० करोड बजेट

खबरडबली संवाददाता

सुलीकोट । गोरखा हुँदै चीन जोड्ने सडक अन्तर्गत बेनीघाट – आरुघाट – लार्के सडक खण्ड कालोपत्रेको लागि ६० करोड बजेट स्रोत सुनिस्चित भएको छ । आर्खेत देखि हाबाडाँडा सम्मको १० किलोमिटर सडक कालोपत्रे तथा स्तरोन्नतिको लागि अर्थ मन्त्रालयले बहुबर्षिय ठेक्का स्रोत सहमति दिएको गोरखा सडक योजना कार्यालय गोरखाका प्रमुख अमिन्द्र खड्काले जानकारी दिए। 

उनका अनुसार अर्थ मन्त्रालयबाट बजेटको स्रोत सुनिश्चितता भएपछि अबको केही दिनमा ठेक्का निकाल्ने काम अघि बढाएर वैशाख सम्म सम्झौता हुने उनले बताए। उक्त सडक खण्डको लागि यो वर्ष नेपाल सरकारले जम्मा ७ करोड बजेट विनियोजन भएकोमा चुमनुब्री गाउँपालिका अध्यक्ष र जिल्लाको जनप्रतिनिधि कम बजेट विनियोजन गरेको भन्दै बजेट थप गरिदिन भन्दै अर्थ मन्त्रालयमा धर्ना दिएका थिए । 

भर्खरै मात्र अर्थ मन्त्रालयले सडक कालोपत्रे गर्न ६० करोड बजेट स्रोत सुनिश्चित गरेको हो । स्रोत सुनिश्चित भयसँगै यो वर्ष आर्खेत देखि हाबाडाडाँ सम्मको सडक कालोपत्रे हुने भएको छ । बेनीघाट देखि लार्केसम्मको कुल १ सय ५४ किलोमिटर मध्ये ९७ किलोमिटर सडक खण्डमा चार पाङग्रे गाडी गुड्न थालिसकेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए। 

अहिले उक्त सडक खण्डलाई चार खण्डमा विभाजन गरी काम भइरहेको नेपाली सेनाको सडक निर्माण कार्यदलले जनाएको छ । पाङसिङभीर, न्याक फेदी, रुबीनाला र पेबाभीरमा ब्लाष्टिङको काम भइरहेको छ । 

गोरखा देखि चीन जोड्ने सडकले सडक पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत र पर्यटन धार्मिक स्थलको विकासको लागि महत्त्वपूर्ण योगदान पुग्ने चुमनुब्री गाउँपालिकाले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न नागरिक समाजको माग

काठमाडौँ । गैरसरकारी संस्था महासङ्घ नेपालले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । महासङ्घको ३१ औँ वार्षिक साधारण स...

विश्वकपअघि अमेरिकाको भिसा नियममा आंशिक सहजता

वासिङ्टन। आगामी फिफा विश्वकपलाई लक्षित गर्दै संयुक्त राज्य अमेरिकाले केही विदेशी फुटबल समर्थकका लागि लागु गरिएको कडा भिसा बन्ड व्यवस्थामा आंशिक सहजता ...

बेइजिङमा सी र ट्रम्पबीच वार्ता : द्वन्द्व होइन, साझेदार बनेर अघि बढ्नुपर्नेमा जोड

बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङ र चीनको राजकीय भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा द्विप...

संसद् बहुमतले होइन, विवेक र चेतनाले चल्नुपर्छ : सांसद केसी

काठमाडौँ। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई ६ घण्टामा सीमित गरिनु संसद्को अपमान भएको बताएको छन्। ...

कानुन निर्माणको ‘ड्राइभिङ सिट’मा सांसद हुनुपर्छ - सांसद आचार्य

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिन आचार्यले देशको नीति तथा कानुन निर्माणको नेतृत्वदायी भूमिकामा सांसद नै रहनुपर्नेमा जोड दिए...

भारतमा मौसमी प्रकोपका कारण ८० जनाको मृत्यु

नयाँदिल्ली। भारतको उत्तर प्रदेश राज्यमा विगत २४ घण्टामा भारी वर्षा र तीव्र हावासहित असिना पानी पर्दा ८० भन्दा बढी मानिसकोे मृत्यु भएको र एक सय भन्दा ब...

प्रधानमन्त्रीले नै जवाफ दिनुपर्छ, आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर हुँदैन: हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने अडान राखे...

सरकारको प्राथमिकता के हो भन्ने कुरा नीति तथा कार्यक्रममा स्पष्ट देखिँदैन: वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम स्पष्ट मार्गचित्रविही...

प्रधानमन्त्री अनुपस्थित हुनु अस्वाभाविक हैन, परम्परागत अभ्यासको निरन्तरतामा क्रमभंगता: रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले प्रतिनिधिसभामा प्रधानमन्त्री अनुपस्थित भएको विष...

कांग्रेसभित्रको गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य गर्न विश्वप्रकाश शर्माको आह्वान

काठमाडौँ । विश्वप्रकाश शर्माले नेपाली कांग्रेसभित्रको गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य गरेर पूर्ण एकताका साथ अघि बढ्नुपर्ने बताएका छन्। पोखरामा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending