Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

चितवन महोत्सव ९ दिनसम्म ३ लाख ५० हजारले अवलोकन गरे

खबरडबली संवाददाता

चितवन । १५औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन्। उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारमा पुष २५ बाट सुरु भएको महोत्सव माघ १० गतेसम्म चल्ने छ।

उवासंघ चितवनका कार्यकारी निर्देशक निल केसीले माघ ४ गतेसम्म ३ लाख ५० हजारले महोत्सव अवलोकन गरेको जानकारी दिए।

महोत्सवमा उल्लासमय सहभागिता देख्न सकिन्छ। पैदल यात्रा गर्ने ठाउँमा कार्पेट बिछ्याएर निकै आकर्षक पारिएको चितवन महोत्सव परिसर धुलोरहित बनेको छ।

महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन्। स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका महोत्सव सांस्कृतिक कार्यक्रम संयोजक नारायण प्रधानले जानकारी दिए।

त्यसैगरी महोत्सव परिसरमा विविधि खेलकुदका गतिविधिहरु समेत भइरहेको खेलकुद समिति संयोजक शंकर प्रसाद घिमिरेले जानकारी दिए।

महोत्सवमा मनोरञ्जन गर्नका लागि विभिन्न मनोरञ्जनात्मक खेलहरु समेत रहेका छन्। मनोरम नारायणीको दृश्य अवलोकन गर्दै विविध परिकार खान पाइने व्यवस्था समेत महोत्सवमा रहेको छ। महोत्सवमा चितवनका स्थानीयसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शकहरुको स्टल रहेका छन्। चिनिया प्रदर्शकहरुको पनि स्टल रहेको चितवन महोत्सवले चितवनलाई अन्तर्राष्ट्रियरुपमा चिनाइरहेको छ। महोत्सवमा विदेशी पर्यटकहरुको पनि आगमन भइरहेको महोत्सव प्रवद्र्धन समितिका संयोजक राजेन्द्र ओलीले बताए।

महोत्सव मुल समिति संयोजक एवम् उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले जस्तो सोचेर महोत्सव आयोजना गरिएको थियो त्यसरी नै महोत्सव चलिरहेको भन्दै खुसी व्यक्त गरे। महोत्सवमा सहभागिता जनाएकाहरुलाई एकमुष्ट धन्यवाद दिँदै अध्यक्ष श्रेष्ठले महोत्सवमा नआएकाहरुलाई एक पटक महोत्सव अवलोकन गरिदिन आह्वान समेत गरेका छन्।

महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ। महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ।

चितवन महोत्सव अन्तर्गत नै नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल चलिरहेको छ। फुड फेस्टिबल माघ ७ गतेसम्म चल्ने छ भने बिहान ८ बजेबाट राति १० बजेसम्म सञ्चालन हुने छ। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेविरुद्धको संगठित अपराध अभियोग हटाउन पर्सा अदालतको अनुमति

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध पर्सा जिल्ला अदालतमा दायर गरिएको मुद्दामा लगाइएको संगठित अपराधसम्बन्धी ...

एमालेले असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन गर्ने

काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी रूपमा सुझाव सङ्कलन कार्यक्रम सञ्च...

सुधन गुरुङ र महावीर पुनले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सुधन गुरुङले गृहमन्त्री तथा महावीर पुनले व...

कार दुर्घटनामा भारतीय पर्यटक घाइते

तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, देउरालीमा मङ्गलबार दिउँसो कार दुर्घटना हुँदा तीन जना भारतीय पर्यटक घाइते भएका छन् ।  डुम...

पृथ्वी राजमार्गको गल्छीमा पर्यटक माइक्रो र कार ठोक्किँदा सात जना घाइते

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–७, गल्छी बजारमा पर्यटक माइक्रो र कार आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। मङ्गलबार दिउँ...

विपक्षी दलको बैठक जारी, को कोे सहभागी भए ?

काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएलगत्तै नेपाली कांग्रेसले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक अहिले जारी ...

सुधन गुरुङ र महावीर पुनले शपथ लिँदै

काठमाडौं । मन्त्रिपरिषद् विस्तारअन्तर्गत गृह मन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले आज पद तथा गोपनीयताको शपथ लि...

मन्त्रिपरिषद् बैठकमा डीडीसीका उत्पादन वितरण, स्वदेशी वस्तु प्रवर्द्धनमा सरकारको जोड

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)का उत्पादन वितरण गर्दै स्वदेशी वस्तुको प्रवर्द्धन र किसान...

बागमतीबाट रास्वपाको प्रदेश अधिवेशन सुरु

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेशस्तरीय अधिवेशनको सुरुवात बागमती प्रदेशबाट गरेको छ। हेटौंडा उपमहानगरपालिका–१ स्थित हिमालयन दरबा...

कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक मंगलबार दिउँसो सवा ३ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending