चितवन । १५औं संस्करणको चितवन महोत्सव २०८१ को नवौं दिनसम्म आइपुग्दा ३ लाख ५० हजारले अवलोकन गरेका छन्। उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारमा पुष २५ बाट सुरु भएको महोत्सव माघ १० गतेसम्म चल्ने छ।
उवासंघ चितवनका कार्यकारी निर्देशक निल केसीले माघ ४ गतेसम्म ३ लाख ५० हजारले महोत्सव अवलोकन गरेको जानकारी दिए।
महोत्सवमा उल्लासमय सहभागिता देख्न सकिन्छ। पैदल यात्रा गर्ने ठाउँमा कार्पेट बिछ्याएर निकै आकर्षक पारिएको चितवन महोत्सव परिसर धुलोरहित बनेको छ।
महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन्। स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका महोत्सव सांस्कृतिक कार्यक्रम संयोजक नारायण प्रधानले जानकारी दिए।
त्यसैगरी महोत्सव परिसरमा विविधि खेलकुदका गतिविधिहरु समेत भइरहेको खेलकुद समिति संयोजक शंकर प्रसाद घिमिरेले जानकारी दिए।
महोत्सवमा मनोरञ्जन गर्नका लागि विभिन्न मनोरञ्जनात्मक खेलहरु समेत रहेका छन्। मनोरम नारायणीको दृश्य अवलोकन गर्दै विविध परिकार खान पाइने व्यवस्था समेत महोत्सवमा रहेको छ। महोत्सवमा चितवनका स्थानीयसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शकहरुको स्टल रहेका छन्। चिनिया प्रदर्शकहरुको पनि स्टल रहेको चितवन महोत्सवले चितवनलाई अन्तर्राष्ट्रियरुपमा चिनाइरहेको छ। महोत्सवमा विदेशी पर्यटकहरुको पनि आगमन भइरहेको महोत्सव प्रवद्र्धन समितिका संयोजक राजेन्द्र ओलीले बताए।
महोत्सव मुल समिति संयोजक एवम् उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले जस्तो सोचेर महोत्सव आयोजना गरिएको थियो त्यसरी नै महोत्सव चलिरहेको भन्दै खुसी व्यक्त गरे। महोत्सवमा सहभागिता जनाएकाहरुलाई एकमुष्ट धन्यवाद दिँदै अध्यक्ष श्रेष्ठले महोत्सवमा नआएकाहरुलाई एक पटक महोत्सव अवलोकन गरिदिन आह्वान समेत गरेका छन्।
महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ। महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ।
चितवन महोत्सव अन्तर्गत नै नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल चलिरहेको छ। फुड फेस्टिबल माघ ७ गतेसम्म चल्ने छ भने बिहान ८ बजेबाट राति १० बजेसम्म सञ्चालन हुने छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ४ गते, २०८१ - १४:२१
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यसवर्ष पनि ‘डबल ए प्लस’ रेटिङ पाएको छ । इक्रा नेपाल लिमिटेडले प्राधिकरणले ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प...
फाल्गुन ४ गते, २०८१ - १४:०९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद बिन्दवासिनी कंसाकारले नेपालमा आगलागीको घटना बढिरहेको बताएको छिन । आइतबार प्रतिनिधि सभामा आक...
फाल्गुन ४ गते, २०८१ - १३:४१
काठमाडौँ । कीर्तिपुर अस्पतालले जलनको उपचार गराइरनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यसँगको भेटघा...
फाल्गुन ४ गते, २०८१ - १३:३४
घोराही । स्वर्गद्वारी गुठी पीडित किसानले घोराहीमा रहेको मालपोत कार्यालयमा धर्ना दिएका छन् । सरकारसँग विगतमा भएको सहमती कार्यान्वयन हुनुपर्ने माग राख्द...
फाल्गुन ४ गते, २०८१ - १३:२०
काठमाडौँ । अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित अमेरिकी नागरिक ४६ वर्षीया नि यानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरे...
फाल्गुन ४ गते, २०८१ - १२:५५
तम्घास । गुल्मीमा डोजरले बाटो खन्दैगर्दा माथिबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएकी बालिकाको मृत्यु भएको छ । जिल्लाको इश्मा गाउँपालिका –२ हस्तिचौर ज...
फाल्गुन ४ गते, २०८१ - १२:४५
काठमाडौँ । सत्तारुढ दलका संसदीय दलका प्रमुख सचेतकहरूको बैठकले संसद्मा विचाराधीन विधेयकलाई दुवै सदनबाट अघि बढाउन पहल लिने निर्णय गरेको छ । सिंहदरबर...
फाल्गुन ४ गते, २०८१ - १२:०६
काठमाडौँ । बजारमा जथाभाबी अखाद्य बस्तुको विक्री वितरण हुँदै आएको गुनासो पछि काठमाडौँ महानगरपालिकाले खानेकुराको गुणस्तर परीक्षण फिल्डमा तत्काल गर्ने भ...
फाल्गुन ४ गते, २०८१ - ११:१५
काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले उठेका प्रश्नको जवाफ दिने भएको छन । बैठकमा प्रत्यक्ष प्रश्नोत्तर हु...
फाल्गुन ३ गते, २०८१ - १७:२९
झापा । जसपा नेपाल कोशी प्रदेशका पूर्व अध्यक्ष एवं सामाजिक अभियन्तान प्रविन चाम्लिङसहित विभिन्न पार्टी परित्याग गरी सयौं नेता कार्यकर्ता नेकपा माओवादी ...
प्रतिकृया लेख्नुहोस्: