Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय रंगशाला छिटो सम्पन्न गर्न सरकारले ध्यान देओस्ः प्रचण्ड

खबरडबली संवाददाता

विराटनगर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगरमा रहेको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको जानकारी दिंदै यसलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न सरकारले ध्यान दिनुपर्ने बताएका छन । 

आज विहान रंगशालाको अनुगमन गर्दै उनले यस्तो आग्रह गरेका हुन  । अध्यक्ष प्रचण्डले नेपाली राजनीतिका ऐतिहासिक व्यक्तित्व एवं शान्ति सम्झौताका हस्ताक्षरकर्ता पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाम जोडिएको यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजना बनाउन आफ्नो प्रधानमन्त्रीत्वकालमा सुरु गरिएको जानकारी पनि दिए ।

‘पहिले यो रंगशालाको नाम झापा वैजनाथ खेलमैदान थियो, म प्रधानमन्त्री भएकाले बेलामा विस्तृत शान्ति सम्झौताका एक हस्ताक्षरकर्ता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रको एउटा प्रमुख नेताको नामबाट यसलाई अघि बढाइएको छ’ अध्यक्ष प्रचण्डले भने,  ‘यो राष्ट्रिय गौरवको आयोजना हुनु पूर्वी नेपालकै खेल क्षेत्र र समग्र विकासका लागि महत्वपूर्ण छ । यसलाई छिटोभन्दा छिटो निर्माण गरियोस्, म प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा पनि यसलाई अघि बढाउन सहयोग गर्नेछु ।’

‘मैले आफ्नो प्रधानमन्त्रीत्वकालमा यो रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने निर्णय गरेको थिएँ, त्यसको डिपिआर बनेर अहिले इआईए पनि भसकेको राष्ट्रिय खेलकुद परिषद्बवाट जानकारी पाएको छु’– उनले भने, ‘यसलाई अघि बढाउन सरकारले बजेट व्यवस्था लगायतका काममा सहजीकरण गर्न आवश्यक छ ।’

आफूले यसलाई मात्र राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने नभएर सबै प्रदेशका रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने निर्णय गरिएको जानकारी दिंदै अध्यक्ष प्रचण्डले बहुआयामिक प्रकृतिको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई थप प्राथमिकताका साथ अघि बढाउन आवश्यक रहेको बताए ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उद्योग वाणिज्य संघ दोलखामा थापा प्यानलको पूर्ण विजय

दोलखा। उद्योग वाणिज्य संघ दोलखा को १६औँ अधिवेशनबाट सनत थापा नेतृत्वको प्यानल पूर्ण रूपमा विजयी भएको छ । बिहीबार सदरमुकाम चरीकोटमा सम्पन्न अधिवेशनमा दि...

मुसिकोटको झेदी क्षेत्रको सडकखण्ड नौ दिन बन्द

गुल्मी। गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर– ७, झेदी क्षेत्रको सडक खण्ड नौ दिन बन्द हुने भएको छ । शुक्रबारदेखि जेठ ९ गतेसम्म यस सडक खण्ड सडक बन्द हुन...

पुतलीबजार–३ का वडा अध्यक्ष श्रेष्ठ तीन दिनदेखि बेपत्ता

स्याङ्जा। स्याङ्जाको पुतलीबजार नगरपालिका–३ का वडा अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ बेपत्ता भएको छन् । ६८ वर्षीय वडाअध्यक्ष श्रेष्ठ बुधबार बिहान १० बजे...

पुतलीबजार–३ का वडा अध्यक्ष श्रेष्ठ तीन दिनदेखि बेपत्ता

स्याङ्जा। स्याङ्जाको पुतलीबजार नगरपालिका–३ का वडा अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ बेपत्ता भएको छन् । ६८ वर्षीय वडाअध्यक्ष श्रेष्ठ बुधबार बिहान १० बजे...

मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न नागरिक समाजको माग

काठमाडौँ । गैरसरकारी संस्था महासङ्घ नेपालले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । महासङ्घको ३१ औँ वार्षिक साधारण स...

विश्वकपअघि अमेरिकाको भिसा नियममा आंशिक सहजता

वासिङ्टन। आगामी फिफा विश्वकपलाई लक्षित गर्दै संयुक्त राज्य अमेरिकाले केही विदेशी फुटबल समर्थकका लागि लागु गरिएको कडा भिसा बन्ड व्यवस्थामा आंशिक सहजता ...

बेइजिङमा सी र ट्रम्पबीच वार्ता : द्वन्द्व होइन, साझेदार बनेर अघि बढ्नुपर्नेमा जोड

बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङ र चीनको राजकीय भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बिहीबार बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा द्विप...

संसद् बहुमतले होइन, विवेक र चेतनाले चल्नुपर्छ : सांसद केसी

काठमाडौँ। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई ६ घण्टामा सीमित गरिनु संसद्को अपमान भएको बताएको छन्। ...

कानुन निर्माणको ‘ड्राइभिङ सिट’मा सांसद हुनुपर्छ - सांसद आचार्य

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिन आचार्यले देशको नीति तथा कानुन निर्माणको नेतृत्वदायी भूमिकामा सांसद नै रहनुपर्नेमा जोड दिए...

भारतमा मौसमी प्रकोपका कारण ८० जनाको मृत्यु

नयाँदिल्ली। भारतको उत्तर प्रदेश राज्यमा विगत २४ घण्टामा भारी वर्षा र तीव्र हावासहित असिना पानी पर्दा ८० भन्दा बढी मानिसकोे मृत्यु भएको र एक सय भन्दा ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending